अप्रत्याशित घोषणा भएको सार्वजनिक बिदा: कसलाई नाफा, कसलाई घाटा?

Events like this one at the 2019 AFL Grand Final Event are going to cost a lot more (Supplied).jpg

Events like this one at the 2019 AFL Grand Final Event are going to cost a lot more Source: Supplied

२२ सेप्टेम्बरका दिन महारानी एलिजाबेथ द्वितीयाको निधन प्रति शोक मनाउन दिइएको छुट्टीले व्यवसायीहरूलाई आफ्नो व्यवसाय बन्द गर्ने कि कर्मचारीहरूलाई पब्लिक होलिडे लोडिङ्ग सहितको तलब दिएर काम लगाउने भन्ने दोधार परेको छ।


सङ्घीय सरकारले अप्रत्याशित रूपमा घोषणा गरेको सार्वजनिक बिदाका कारण अभिभावक, विद्यालय, अत्यावश्यक कामदार एवम् व्यसायीहरु अन्यौलमा परेका छन्।

तर प्रधानमन्त्री एन्थोनि एल्बनिजी भने व्यवसायीहरूको आलोचनाकाबीच आफ्नो निर्णयको बचाउ गरेका छन्।

“यो अस्ट्रेलियाले देखाउने एकताको प्रतीक हो, ७० वर्ष अस्ट्रेलियाको राज्य प्रमुखको भूमिकामा रहेकी महारानी एलिजाबेथ द्धितियाको निधन र उनको योगदानको कदर गर्ने समय हो,” प्रधानमन्त्रीले भने।

महारानी एलिजाबेथ द्धितियाको निधन प्रति सेप्टेम्बर २२ तारिखका दिन राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदाको घोषणा गरिएपछि कतिपय अस्ट्रेलियालीहरुले प्रधानमन्त्रीको भावना प्रति पनि आशङ्का जताएका छन्।

यो पेनाल्टी रेट लाग्ने दिन भए पनि एक पटकको अवसर र ऐतिहासिक रहेको पनि प्रधानमन्त्रीले स्मरण गराए।

तर सबै मानिसहरू बिदाका लागी छनोट गरिएको दिनका बारेमा भने खुसी छैनन्, मेलबर्नमा एएफएलको फाइनल खेलकाबिचमा सार्वजनिक बिदा परेको छ।

शुक्रवार भिक्टोरियामा सार्वजनिक बिदा हुँदै गर्दा त्यसको एक दिन अघि बिहीबार शोकका लागि सार्वजनिक बिदा हुदैछ।

AFL
AFL Credit: gobet.com.au

ब्रुस किबु, द बिग ग्रुप नामक एएफएलका खेलहरू विभिन्न स्थानमा देखाउने जिम्मेवारी लिएको कम्पनीका संस्थापक हुन् , उनका अनुसार कम्पनीका लागि सबैभन्दा खराब समयमा सार्वजनिक बिदा तय भएको छ।

“बिहीबार, फाइनलका लागि दिइएको बिदाको एक दिन अघि, जहाँ हामी खेलको पर्दशनका लागि सबैकुराहरु निश्चित गर्नका लागि काम गर्छौ, ती सबै कामहरू अब पब्लिक होलिडेको पे दिएर हुन्छन्, सबै रेस्टुरेन्ट,क्याफे, बार, होटेल एयरलाइन्स सबैमा पब्लिक होलिडे पे रेट लागु हुन्छ,” उनले भने।

यसै गरी स्टेफेन कोकुलास लगायतका केही अर्थशास्त्रीले पनि शोक दिवसमा सार्वजनिक बिदा दिँदा अस्ट्रेलियाली अर्थतन्त्रलाई १.५ अर्ब डलरको घाटा लाग्ने बताउँछन्।

यसमा व्यवसायीहरूले कर्मचारीलाई दिनु पर्ने पब्लिक होलिडे लोडिङ्ग अतिरिक्त रहेको कोकुलासको भनाई छ।

काउन्सिल अफ स्मल बिजनेस अस्ट्रेलियाकी कार्यकारी प्रमुख एलेक्सि बोयड भने केही व्यवसायलाई यसले फाइदा पुग्ने भए पनि ग्राहकले अपोइन्टमेन्ट लिएर सञ्चालन हुने हेयर ड्रेसर, व्याटी पार्लर जस्ता व्यवसाय भने घाटामा जाने बताउँछिन्।

“हामीले विभिन्न व्यवसाय गरिरहेका हाम्रा सदस्यहरूसँग सोधेका थियौ, मानिसहरू भिडभाड हुने स्थानका व्यसायीहरु व्यापार बढ्न सक्ने कारणले उत्साहित छन्, तर कतिपय ग्राहकको अपोइन्टमेन्टहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुराल चिन्तित छन्,” बोयडले भनिन्।

यता अस्ट्रेलियाली खुद्रा व्यापार सङ्घकी चिफ इन्डस्ट्री अफिसर फ्लेर ब्राउन सबै राज्यहरूमा एकरूपता ल्याउनका लागि सङ्घीय सरकारले पहल गर्नु पर्ने बताउँछिन्।

व्यवसाय खोल्ने समय, ट्याक्स जस्ता कुराहरूमा एकरूपता नहुँदा व्यवसायीलाई घाटा लाग्ने उनको भनाई छ।

ब्रुस किबु जस्ता व्यवसायीहरू भने सार्वजनिक बिदा दिने कुरामा, कर्मचारीहरूले आफूले रोजेको दिन बिदा दिने पहल थालिनु पर्ने बताउँछन्।

“यसलाई बिरामी बिदा जस्तै बनाइन पहल गर्नु पर्दछ, जहाँ कामदारले कुन दिन बिदा लिने भनेर छान्न पाउँछन्, अस्ट्रेलियालीहरुले आफ्ना लागि उपयुक्त बिदा छान्न पाउनु पर्छ।”


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now