आगामी महिना विश्वभर रहेका २० लाख बढी मुस्लिम समुदाय हजका लागी साउदीको मक्का सहरमा जम्मा हुने अनुमान गरिरहँदा अस्ट्रेलियाली लगायत अन्य धेरै मुस्लिमहरूले भने यसलाई बहिष्कार गर्ने भएका छन्।
मुस्लिम धर्मावलम्बीहरूको प्रमुख 'धरोहर' मानिने साउदी अरबको मक्का सहरमा हज तिर्थ यात्रा गरिने प्रचलनलाई बहिष्कार गर्नेहरूको सङ्ख्या बढ्दो छ।
उक्त सहर यो समुदायको तिर्थ स्थल हो।
प्रत्येक वर्ष २० लाख बढी मुस्लिमहरू साउदी अरबको मक्का सहरमा रहेको काबामा जाने गर्दछन्।

जीवनभरमा कम्तीमा एक पटक हज यात्रा गर्नु आर्थिक रूपमा सबल मुसलमानहरूको लागी धार्मिक दायित्व मानिन्छ।
तर यो वर्ष भने मुस्लिम धर्मको सम्पूर्ण शिराको प्रतिनिधित्व गर्ने अभियन्ताहरूले यो कार्यलाई बहिष्कार गर्न आह्वान गरिरहेका छन्।
१० हजार सदस्यहरू रहेको विकासशील मान्यताका लागी मुसलमानहरू नामक अमेरिकामा रहेको संस्थाका अध्यक्ष एनी ज़ोंनीवल्ड पनि बहिष्कार आव्ह्वान गर्ने मध्ये रहेकी छन्।
"मुसलमानहरू हज जाने भनेको आत्मा शुद्धीकरण र भगवानसँग जोडिनका लागी हो… तर त्यसो गर्दा उनीहरूले यस्तो शासनलाई समर्थन गरिरहेका छन् जसले अरूलाई दमन गर्ने बाहेकको काम गरेको छैन उदाहरणका लागी यमन।"
यमनमा भएको युद्धका कारणले नै लिबियाका मुफ्ती ( मुस्लिम धर्मका शास्त्रबेत्ता) लगायतका सुन्नी समुदायका धर्म गुरुहरूले पहिलो पटक हज यात्रालाई बहिष्कार गर्न आव्ह्वान गरेका थिए।

सुन्नी मुसलमानद्वारा नेतृत्व गरिएको साउदी सरकारले यमनमा भएको गृह युद्धमा अन्तर्राष्ट्रिय गठबन्धनको संलग्नताका लागी प्रमुख भूमिका खेलेको छ।
राष्ट्र सङ्घ ले उक्त अवस्थालाई विश्वमा देखिएको मानव निर्मित मानवीय सङ्कट भनी व्याख्या गरेको छ।
ट्विटरभर ह्यास्ट्याग 'बोइकट-हज' चर्चित भएको छ।
सिड्नीमा रहेका चलचित्र निर्माता बन्ने आकाङ्क्षी फराज़ रहमानले पनि यो आव्ह्वानलाई समर्थन गरेका छन्।
पहिले कहीँ कतै साना तिना समूहहरू रहेका हुन सक्छन्। … तर अहिले प्रमुख नेताहरूले नै यो (बहिष्कार) आव्ह्वान गरिरहेका छन्। मा आशा गर्छु कि अन्य धार्मिक अधिकारीहरूले पनि यसलाई पछ्याउँछन् र यस्तै आव्ह्वान गर्छन्।"

भिक्टोरियाको इस्लामिक परिषद्का अध्यक्ष एडेल सलमान पनि व्यक्तिगत रूपमा यो आव्ह्वानको समर्थन गर्दैनन् तर उनले किन अस्ट्रेलियाका मुसलमान समुदायले यसलाई लिएर कडा समर्थन गरेका हुन् भन्ने बारेमा भने बुझेका छन्।
"हज गर्दा निश्चित रूपमा साउदी अरब जानु पर्छ, तपाईँ धार्मिक स्थलहरूमा जानुहुन्छ, र प्रस्टै छ कि यसको मतलब तपाइले साउदी अरबमा पैसा खर्च गर्नु हुन्छ। तर प्राय मुसलमानहरूले यसलाई धार्मिक दायित्व पुरा गर्ने हिसाबले हेर्छन् र उनीहरूले राजनीतिक वा साउदी सरकारसँग सम्बन्धित समस्याहरूलाई धार्मिक दायित्वसँग जोड्दैनन्।"
मलेसियाका विश्वविद्यालयका प्रशिक्षक मुख्रिज़ मत रस तिर्थ यात्राका लागी सरकारको प्रतीक्षा गरिरहेकाहरूको सुचीमा परेका छ, तर उनी अहिले आफू त्यहाँ नजाने बताउँछन्।
उनी भन्छन् मानव अधिकारको पक्षमा रहनु पनि आस्था अन्तर्गत पर्दछ।
राजनीतिलाई छुट्टै राखौँ , तर मलाई लाग्दैन यसबाट कुराहरू मिल्छन्।"





