कोरोनाभाइरस महामारीका रूपमा फैलँदै गर्दा, केही साथीहरू बिच भएको सामान्य कुराकानीबाट आइसोलेसन हटाउन र साथी बनाउन भनी सुरु भएको "जूमबाट जुम्बा"मा, हाल उत्तरी मेलबर्न स्थित व्हिट्टलसी काउन्सिल क्षेत्रमा बसोबास गर्दै आइरहेका आप्रवासी एवं शरणार्थी पृष्ठभूमिका महिलाहरूसमेतले भाग लिई रहेको प्रयासबारे सम्वाददाता शिखा बस्नेत खड्काको रिपोर्ट।
मेलबर्नमा नेपाली पृष्ठभूमिका केही महिलाहरू अहिले अनलाइन मार्फत जुम्बा क्लास लिइरहेका छन्।
विशेष गरी महिलाहरूमा एक्लोपनाको समस्या कम गर्न र नयाँ साथीहरू बनाउन सहयोग गर्न पनि उक्त क्लास आयोजना गरिएको उक्त कार्यक्रमकी एक जना सञ्चालिका बबी लामा बताउँछिन्।
साथी श्वेता बोहरासँग एक दिन बसेर कोरोनाभाइरसका बखत आइसोलेसन हटाउन के गर्न सकिन्छ भन्नेबारे गफ्फिन्दै गर्दा - व्हिट्टलसी काउन्सिलद्वारा आप्रवासी र शरणार्थी पृष्ठभूमिका महिलाहरूको सहयोगका लागि भन्दै प्रदान गरिने आर्थिक सहयोगको लागि आवेदन हाल्ने निर्णय उनीहरूले गरे।
आवेदन स्वीकृत भयो र अहिले "जूममा जुम्बा" परियोजना हप्तामा एक दिन सञ्चालन हुँदै छ।
हाल १७ जना महिला सहभागीहरू उक्त क्लासमा उपस्थिति रहने बबी लामा बताउँछिन्।
"जूममा जुम्बा" बारे आफ्नो योजनाको लक्ष्यबारे, क्लास सुरु गर्दा आफूले सामना गर्नु परेका केही समस्या र आफ्नो जुम्बा सेसनको भविष्यबारे लामाले हामीसँग गरेको कुराकानी सुन्न माथि रहेको स्पिकर आइकन थिच्नुहोस्





