SKIP TO MAIN CONTENT

स्वर्ण पदक: थाइल्यान्डको चाङमाइमा रचे महेश्वर महर्जनले इतिहास

World champion Nepali bodybuilder Maheshwar Maharjan
विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण जित्दै इतिहास रचेका महेश्वर महर्जन आफ्नो पदक तथा ट्रफीका साथ Source: Facebook

Published

Updated

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

महर्जनसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्

कुराकानीको एक झलक:

नेपालमा शारीरिक सुगठनको माध्मबाट विश्वमा चिनाउने मेरै सानै देखिको सपना हो। यसका लागि मैले केही समय घरपरिवार साथीभाइ सबैलाई त्यागेर निकै कडा परिश्रम गरेँ ।

कस्तो परिश्रम गर्नु भयो?

यस पटक मैले तयारीको लागि राम्रो समय पाएँ ६ महिनाभन्दा धेरै समय पाएँ कटअफका लागि। यो चाहिँ सबैभन्दा गाह्रो पक्ष हो। मिस्टर ओर्ल्ड प्रतियोगिताका लागि मात्र ६ महिना तयारी गरेँ तर यस पटक त्यो भन्दा अघि राष्ट्रिय प्रतियोगिता पनि परेको थियो। त्यसैले मैले साढे सात महिना पुरा तयारीका लागि पूर्ण रूपमा खर्च गरेँ।

तपाईँले ज्यान बनाउन दिनको ३० वटा अण्डा खाने गर्नु हुन्छ भन्ने सुनेको थिएँ, के यो साँचो हो?

हामीले चार महिनासम्म सोडियमकम गर्न अघि चाहिने प्रोटिनका लागि दिनको २० देखि २५वटासम्म अण्डा खान सकिन्छ। त्यसपछि अन्तिमको दुई महिनामा चाहिँ प्रोटिनको मात्र बढाउँछौँ त्यसमा २५ देखि ३०वटासम्म पुग्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now