SKIP TO MAIN CONTENT

सङ्गीत क्षेत्रमा आउनेहरूका लागी ठुलो अवसर बिग म्युजिक छात्रवृत्ति

Australian communities's musical instruments
Source: SBS Hmong

साङ्गीतिक क्षेत्र र सङ्गीतको व्यवसाय जसले हजारौँ युवा अस्ट्रेलियालीहरूको जीवन परिवर्तन गरिदिएको छ, अब यही क्षेत्रमा ६ जना किशोर किशोरीहरूले जीवन कै सबैभन्दा ठुलो अवसर प्राप्त गर्ने छन्।


Published

Updated

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

साङ्गीतिक क्षेत्र र सङ्गीतको व्यवसाय जसले हजारौँ युवा अस्ट्रेलियालीहरूको जीवन परिवर्तन गरिदिएको छ, अब यही क्षेत्रमा ६ जना किशोर किशोरीहरूले जीवन कै सबैभन्दा ठुलो अवसर प्राप्त गर्ने छन्।


यो वर्ष एक ठुलो सङ्गीत विद्यालयका रूपमा चिनिएको बिग म्युजिक स्टोरमा पहिलो पटक अप्ठ्यारो परिस्थितिबाट गुज्रिएका विद्यार्थीहरूलाई निःशुल्क पढाइ र एक ब्यान्डमा आफ्नो प्रस्तुति दिन पाउने अवसर प्रदान गर्ने छ।

ओली नगलस्ट अस्ट्रेलियाको साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका तारा हुन्।

८ वर्षको हुँदा सङ्गीतको कक्षा लिन सुरु गरेका ओली एक संगीतकर्मी र आफ्नो टोलीको नेतृत्व कर्ताका रूपमा हुर्कँदै गए।

र उनी भन्छन् आफ्नो जस्तै जोस भएका लुइस जस्ता अरूसँग प्रस्तुति दिन पाउनु नै प्रमुख कुरा हो।

लुइस भन्छन्, "म सङ्गीतलाई माया गर्छु, यो सम्भवतः मेरो जीवनको सबै भन्दा उत्तम कुरा हो।"

र लुइसका बुवा पनि आफ्नो छोराको सङ्गीत प्रतिको लगावलाई प्रोत्साहन गर्छन्।

लुइस र ओलीले सिड्नीको पचिमी क्षेत्रमा रहेको बिग म्युजिकबाट पढाई सकाएका छन्।

The Big Music store in Crows Nest, Sydney
The Big Music store in Crows Nest, Sydney Source: Google

बिग म्युजिक एक व्यवसाय हो जहाँ सङ्गीतको बृहद कक्षा सञ्चालन गरिन्छ। 

यसका संस्थापक मध्येका एक हुन् रिचार्ड बर्कम्यान। उनी आफ्नो व्यवसायबारे यस्तो बताउँछन्।

"माथिल्लो तलामा हाम्रो २२ वटा स्टुडियो छ र त्यहाँ ब्यान्डको लागी अभ्यास गर्ने कक्ष पनि छ। एक रेकर्डिङ स्टुडियो छ र हामी कहाँ प्रत्यक्ष प्रस्तुति दिने स्थान पनि छ जहाँ २०० जना मानिसहरू अटाउन सक्छन्। र त्यसलाई हामी ब्यान्डहरूको प्रस्तुति देखाउँछौँ साथै अन्य विविध कार्यक्रम हरू पनि सञ्चालन गर्छौँ।"

उनका अनुसार ३५ जना प्रशिक्षकहरू रहेको सो स्थानमा उनीहरू सबै साङ्गीतिक क्षेत्रमा सक्रिय छन्।

बिग म्युजिक ब्यान्ड कार्यक्रमले पनि यो व्यवसायलाई अन्य भन्दा भिन्न बनाएको छ।

बर्कम्यानले यसले युवा सङ्गीत कर्मीहरूलाई मञ्चमा गएर अन्तर्राष्ट्रिय श्रोताहरूको अगाडी प्रस्तुति दिन प्रोत्साहित गराउने बताउँछन्। र यसको परिणाम पनि उत्कृष्ट आउने गरेको उनको भनाइ छ।

यो व्यवसायलाई दस वर्ष अगाडी रिचार्ड बर्कम्यानले आफ्नो भाइ डेभिड सँग मिलेर स्थापित गरेका थिए। तर रहरै रहरमा सुरु भएको व्यवसाय एक संस्थामा नै परिणत भएको छ।

Brothers  Richard and David Berkman sell musical instruments and provide training at Big Music in Sydney.
Brothers Richard and David Berkman sell musical instruments and provide training at Big Music in Sydney. Source: SBS

शिक्षकहरूले विद्यार्थीहरूमा आएको परिवर्तन प्रत्यक्ष र धेरै नजिक बाट नियाल्ने गर्दछन्। तर बर्कम्यान भन्छन् यो एक शैक्षिक सफलतामा मात्र सीमित छैन।

यो वर्ष, पहिलो पटक अभावमा रहेका विद्यार्थीहरूले पनि बिग म्युजिक ब्यान्डमा प्रस्तुति दिन पाउने छात्रवृत्तिको व्यवस्था गरिएको छ।

यो पूर्व ओलम्पियन क्लिन्टन हिल र व्यवसाय साझेदार गरेथ पाइकको सहयोगमा हुन गई रहेको छ। र उनीहरूको मेन्टल ह्विल फाउन्डेसनले विभिन्न असल कामहरूको लागी आर्थिक सहयोग दिँदै आएको छ।

बर्कम्यान दाजुभाइ नयाँ कक्षा वर्षका लागी योजना बनाउँदै गर्दा रक फेस्टमा प्रस्तुति दिने पनि तयारी गरी रहेका छन्। रक फेस्ट उनीहरूले प्रत्येक वर्ष न्यु साउथ वेल्सको लर्ड होवे आइल्याण्डमा आयोजना गर्ने साङ्गीतिक महोत्सव हो।

Music festival
Source: Pixabay

यी दुई जना सङ्गीतले मानिसको जीवनमा कति परिवर्तन ल्याउन सक्छ भन्ने कुराको जीवन्त उदाहरण हुन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now