चीन सीमा विवाद र पुस्तकमा आयात कर नलाग्ने: गत ७ दिन नेपालमा

in Kathmandu, Nepal, Sunday, Oct. 13, 2019. Nepal and China signed 20 agreements on Sunday, including one on a trans-Himalayan railway, as Chinese President Xi Jinping wrapped up a two-day visit to the Himalayan nation. ()

Chinese President Xi Jinping, center left waves with Nepal President Bidhya Devi Bhandari, as he bids farewell, wrapping up his two-day visit to Nepal Source: Prakash Mathema/Pool Photo via AAP/AFP

चीनले नेपालको सीमा मिचेको गलत हल्ला फैलाएको एक चिनियाँ संचार संस्थाको आरोप र विदेशबाट आयातीत पुस्तकमा लाग्ने कर हटाइएको लगायत गत ७ दिनका प्रमुख नेपाल समाचार।


कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या २ लाख ८ हजार भन्दा बढी पुगेको छ भने मृतकको संख्या १२०० भन्दा बढी छ। हाल सकृय संक्रमितको संख्या ३६ हजार भन्दा बढी रहेको छ।

यस हप्ता कोरोनाको संक्रमण पुष्टि हुनेमा डाक्टर गोविन्द केसी पनि रहेका छन।

सर्वसुलभ स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाका लागि बारम्बार आन्दोलन गर्ने डा. केसीलाई श्वास प्रश्वासमा समस्या देखिएपछि शिक्षण अस्पतालमा राखिएको छ।

प्रधानमन्त्री केपी ओलीले सरकारले डा. केसीको सम्पूर्ण उपचार खर्च व्यहोर्ने बताएका थिए, तर डा. केसीले भने आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन्।

सरकारले व्यक्ति विशेषको उपचारमा भन्दा पनि आम जनताको स्वास्थ्यप्रति उत्तरदायी हुनुपर्ने डा. केसीको भनाई छ।

Dr Govinda KC.
Dr Govinda KC. Source: Supplied

चीन सीमा विवाद

चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले मुख्य विपक्षी दल नेपाली कांग्रेसले चीनले नेपालको सीमा मिचेको गलत हल्ला फैलाएको आरोप लगाएपछि नेपाली कांग्रेसले त्यसको कडा विरोध गरेको छ।

गत सेप्टेम्बर महिनामा नेपालको हुम्ला जिल्लामा नेपाल - चीन सीमानामा बनेका केही भवन नेपाली सीमाना भित्र पर्छन् भन्ने खबर थुप्रै पत्रिकाले प्रकाशित गरेका थिए।

नेपाली कांग्रेसका कर्णालीका सांसद जीवन बहादुर शाहीको स्थलगत प्रतिवेदनका आधारमा त्यस्तो बताइएको थियो।

नेपाल सरकारले त्यसको प्रतिकृया दिँदै ती भवन चीनकै भूमीभित्र भएको बताएको थियो। त्यसको झण्डै दुई महिनापछि यस हप्ता ग्लोबल टाइम्सले एउटा खबर प्रकाशित गर्दै भारत, र भारत परस्त नेपाली राजनीतिक दल नेपाली कांग्रसले चीनका विरुद्धमा अफवाह फैलाइरहेको दावी गरेको छ।

यसको प्रतिउत्तरमा नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशसरण महत भन्छन्, "नेपाली कांग्रेस पार्टी चीन सरकारसँग राम्रो सम्बन्ध राख्दै आएको छ, सम्बन्धलाई उच्च महत्व दिन्छ। तर हामी आफ्नो राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता प्रति समर्पित छौं। यस बारेमा सरकारसँग माग गरेका छौं कि दुई पक्षीय टोलीले यसको निर्क्यौल गरोस्।"

ग्लोबल टाइम्सको उक्त समाचारले सांसद जीवन शाहीमाथि थुप्रै किसिमका आरोप पनि लगाएको छ।

शाहीले त्यसबारेमा प्रतिकृया दिँदै चीनले सीमा मिचेको भन्ने आफ्नो अडान कायम राख्दै चीनलाई सीमा अतिक्रमण नगरेको प्रमाण प्रस्तुत गर्न चुनौती दिएका छन्।

, in Kathmandu, Nepal, 13 October 2019. Xi was on a two-day visit to Nepal.  EPA/PRAKASH MATHEMA / POOL
Children wearing traditional clothes pose as they arrive at Tribhuvan International Airport to bid farewell to China's President Xi Jinping. Source: EPA/PRAKASH MATHEMA/AFP POOL via AAP

विद्यालय खुल्ने

कोरोनाको संक्रमणका कारण गत मार्च महिनादेखि बन्द विद्यालयहरुलाई आगामी डिसेम्बर महिनादेखि खोल्ने सरकारले तयारी गरिरहेको छ।

कोरोनाको संक्रमण नभएको वा कम भएका ठाउँमा अवस्था हेरेर विद्यालय खोल्न सकिने शिक्षा मन्त्रालयले बताएको छ। त्यस्ता विद्यालयले स्वास्थ्यका मापदण्ड पुरा गर्नुपर्ने छ।

विभिन्न स्थानीय तहले, र खासगरी कोरोनाको संक्रमण नदेखिएका दुर्गम क्षेत्रमा विद्यालय खोलिसकेका छन्।

विद्यालय खोल्ने अवस्था नरहेको खण्डमा वैकल्पिक शिक्षा विधिलाई मान्यता दिने पनि सरकारको तयारी रहेको छ। त्यस अन्तर्गत रेडियो, टेलिभिजन र इन्टर्नेटबाट पठनपाठन गर्न सकिने मन्त्रालयले बताएको छ।

हाल मन्त्रालयले विद्यालय फेरी खोल्नका लागि कार्यढाँचा तयार गरिरहेको बताएको छ। 

A man wearing facial mask walks in front of Corona School during a emergency nationwide lock down in Kathmandu, Nepal, 24 March 2020.
A man wearing facial mask walks in front of Corona School during a emergency nationwide lock down in Kathmandu, Nepal, 24 March 2020. Source: EPA

नेपाली कांग्रेस

सोमबार बसेको नेपाली कांग्रेसको कार्य समितिको बैठकले सुनील थापालाई सह महामन्त्री बनाउने निर्णय गरेको छ।

थापाले केही महिनाअघि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा छोडेर २१ जना अरु सहित नेपाली कांग्रेस प्रवेश गरेका थिए। त्यस समयमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले थापाको स्वागत गरेका थिएः

"सुनिल थापाजी लगायत अरु सबै नेताहरुलाई म हाम्रो पार्टी नेपाली कांग्रेसमा हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। वहाँहरुलाई हामीले के दिएका छौं भन्दा खेरी, यसरी प्रवेश गर्नुभएको छ, वहाँलाई सह महामन्त्रीको पद दिएका छौं। भोलीका दिनमा वहाँले काम गर्दै जानु हुनेछ।"

थापाका बुवा सूर्यबहादुर थापा पनि पहिले नेपाली कांग्रेस सँगै आबद्ध थिए, र पछि नेपाली कांग्रेस छोडेर राप्रपा स्थापना गरेका थिए।

सुनील थापाले राप्रपा छोडेपछि पार्टी केही कमजोर भएको आँकलन गरिएको छ। संसदमा राप्रपाको एक मात्र सीट छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको झण्डै एक तिहाइ सीट रहेका छन्।

Former RPP politicians who joined Nepali Congress being officially welcomed by leader Sher Bahadur Deuba
Former RPP politicians who joined Nepali Congress being officially welcomed by leader Sher Bahadur Deuba. Source: RSS

पुस्तक कर

विदेशबाट आयातीत पुस्तकमा लाग्ने कर हटाइएपछि पाठक र विक्रेता उत्साहित बनेका छन् भने नेपाल मुद्रण उद्योग महासंघले त्यसको विरोध गरेको छ।

गत वर्ष सरकारले विदेशमा प्रकाशित हुने पुस्तकमा १० प्रतिशत थप कर लगाएको थियो। यसका कारण पुस्तकको आयात र बिक्री निकै घटेको थियो, तर सरकारको राजस्व भने मात्र साढे चार करोड रुपैँयाले बढेको थियो। 

पाठक र विक्रेताले सरकारको यो निर्णयको निकै आलोचना गरेका थिए र थुप्रै विरोध प्रदर्शन पनि गरेका थिए।

यो निर्णय अर्थमन्त्री युवराज खतिवडाको अलोकप्रियताको एउटा कारण पनि बनेको थियो। स्वदेशी मुद्रण व्यवसायीले भने यसले स्वदेशी उत्पादन बढ्ने भन्दै यस निर्णयको स्वागत गरेका थिए।

सोमबार बसेको मन्त्रीमण्डलको बैठकले यो निर्णय खारेज गरेको छ।

अब विदेशमा प्रकाशित पुस्तकमा साबिकझैं कर लाग्नेछ। मुद्रण व्यवसायीले भने नेपालमै प्रकाशित गरिने पुस्तकले यस्ता विदेशी पुस्तकसँग प्रतिस्पर्धा गर्न नसक्ने भन्दै यसको विरोध गरिरहेका छन्। 

तिहार

यस वर्षको तिहार चाड अरु वर्ष भन्दा निकै कम उल्लासका साथ मनाइँदै छ। सामान्यतया तिहारमा घरघरमा दीपावली गरेर, आफन्तजन भेटघाट गरेर, र दाजुभाई दिदीबहिनीले एक अर्कालाई टिका लगाएर मनाउने गरिन्छ।

घरघरमा गएर देउसी भैलो गीत गाउँदै मनोरञ्जन गर्ने र पैसा वा दक्षिणा लिने पनि प्रचलन रहेको छ।

यस वर्ष भने थुप्रै स्थानीय तहले देउसी भैलोमाथि प्रतिबन्ध लगाएका छन्। यस्तै, आफन्त भेटघाट पनि निकै कम रहेको छ भने सोमबार हुने भाइटिकामा साबिक भन्दा कम मानिस यात्रा गर्ने अनुमान गरिएको छ।

गृह मन्त्रालयले देउसी भैलो कार्यक्रम गर्नेलाई कारवाही गर्ने बताएको छ र पटका र आतेसबाजी गर्न पनि मनाही गरेको छ।

साबिकको भन्दा फूलको माग निकै कम भएपछि नेपालको फ्लोरिकल्चर एसोशिएसनले यस वर्ष फूल आयात नगर्ने निर्णय गरेको छ। यस निर्णयबाट स्वदेशी फूल उत्पादक उत्साहित भएका छन्।

Tihar in Nepal.
A boy wearing a Spider-Man costume plays with firecrackers on the occasion of Tihar Festival, in Kathmandu, Nepal, 14 November 2020. Source: AAP/EPA/ Narendra Shrestha

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now