चिनियाँ राष्ट्रपति सी जिन्पिङ्गको पहिलो नेपाल भ्रमणले उक्त राष्ट्रको प्रभाव नेपालमा बढ्दै गएको देखाउने अमेरिकी अधिकारीहरूको भनाइ नेपाल सरकारले खण्डन गरेको छ।
चीनका राष्ट्रपति सी जिन्पिङ्गको भ्रमणले नेपाल र चीनबिचको सम्बन्ध प्रगाढ पारेको दुवै देशका अधिकारीहरूले बताएका छन्।
भारत भ्रमण सके लगत्तै उनी नेपाल आएका हुन् र त्यस क्रममा दुई देशबिच विभिन्न सम्झौताहरू भएका छन्।
यी सम्झौताले नेपाल भारत र चीनबिचको सम्बन्धमा कस्तो असर पार्छ र यसले अन्य एसियाली मुलुकमा पार्न सक्ने प्रभाव बारे हामीले नेपाल, भारत, चीन मामिलाका जानकार तथा प्राध्यापक प्रमोद जैयसवलासँग कुराकानी गरेका छौँ।
Share





