एक-बिहानै काममा जाँदा फुर्ति ल्याउन वा दिउसोको थकान मेटाउन, कफीको सहारा लिनेमा धेरै अस्ट्रेलियालीहरु पर्छन्। यसमा खुसु-खुसु पैसा गएको हामीलाई पत्तै हुँदैन।
तर एक नयाँ तथ्यांकका अनुसार – सन् २०१८ को तुलनामा - यो बर्ष अस्ट्रेलियामा बेचिने कफीको औषत मूल्यमा कमि आएको छ। जसको अर्थ तपाईको अम्मलको खर्च पहिलेभन्दा कमनै भएको हुन सक्छ। अस्ट्रेलियामा ८ अर्ब डलर बराबरको कफी बजार रहेको छ।
राष्ट्रियव्यापी कफीको मूल्यमा केहि कमी आए पनि देशको कतिपय भाग भने यसको मूल्यमा वृदि देखिएको छ।
एक व्यावसायी कलिन बर्नेका अनुसार, नर्दन टेरिटोरिमा- शायद कम प्रतिस्पर्धाका कारण यस्को मूल्यमा केहि बढोत्तरी भएको छ।
अस्ट्रेलियामा सबैभन्दा लोकप्रिय कफीको रुपमा भने, लाट्टे र फ्ल्याट वाईट रहेका छन्।

विक्टोरिया, तस्मानिया र दक्षिण अस्ट्रेलियामा लाट्टे सबैभन्दा लोकप्रिय रहेको छ भने पश्चिम अस्ट्रेलिया, नर्दन टेरिटोरि, क्विनस्सल्याण्ड र ए सि टिमा भने फ्ल्याट वाईट सबैभन्दा बढी विक्री हुन्छ।
न्यु साउथ वेल्समा भने क्यापाचिनोले प्रभाव जमाएको छ।
सिड्नीको उत्तरी भेगमा रहेको एक कफी पसले डेभिड डोङ्गले विगतका बर्षहरुमा कफी पिउने आदतमा केहि परिवर्तनहरु देखेको बताउछन्।
कफी बनाउन वातावरणले निकै बिहोर्नु पर्छ र यस सम्बन्धमा केहि जागरुक्ता ग्राहकहरुमा आफूले देखेको उनी बताउछन्।
अहिलेका धेरै ग्रहकहरु, आफै कफीको कप बोकेर आउनाले प्लास्टिकका कपहरुको प्रयोगमा कमी आउने र यसले वातावरणमा साकारात्मक प्रभाव पार्ने उनी बताउछन्।
त्यस्तै यस सम्बन्धका बर्नेले कफीलाई दुग्ध-रहित बनाउने माग पनि निकै बढेर गएको बताउछन्।
बदामबाट बनेको दूधले तयार गरिएको कफीको माग झण्डै दोब्बरले बढेको उनको भनाई छ।
पछिल्ला तथ्यांकहरुका अनुसार सन् २०१६ मा ८५ प्रतिशत ग्राहकहरु नगद प्रयोग गरी कफी किन्थे।
अहिले त्यो ३३ प्रतिशतमा झरेको छ। त्यस्तै- सन् २०१८ मा ४ डलर १८ सेन्ट पर्ने लाट्टेलाई अहिले ४ डलरबन्दा सस्तोमा पाईन्छ। अनि फ्लयाट वाईट र क्यापाचिनोको दाम पनि झरेको छ।





