गैर आवासीय नेपाली सङ्घको अस्ट्रेलिया शाखा अन्तर्गतको न्यु साउथ वेल्स संयोजन समिति द्वारा विभिन्न सामुदायिक संस्थाहरू बिच अन्तरक्रिया गराउने उद्देश्यले एक कार्यक्रमको आयोजना गरिएको छ।
कार्यक्रमले अस्ट्रेलियामा क्रियाशील नेपाली सामुदायिक संस्थाहरू एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न प्रोत्साहित गर्ने काम गरेको सहभागीहरूले बताएका छन्।
विभिन्न क्षेत्र समेट्ने सङ्घ संस्थाको उपस्थितिका माझ खेलकुद क्षेत्रको प्रतिनिधित्व गरेको नेपाल रिक्रिएश्नल क्लबका अध्यक्ष विष्णु हमालसँग आगामी दिनमा खेलकुद क्षेत्रमा के कस्ता कार्यक्रम आयोजना हुँदै छन् भन्ने सम्बन्धमा कुराकानी गरेका छौँ।
हमाल साथै गैर आवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय संयोजन समितिमा ओसेनिया क्षेत्र संयोजक रहेका होमनाथ पाण्डेले कार्यक्रमका महत्वका बारेमा गरेको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।





