एक पछि अर्को: क्रिकेटमय बन्दै मेलबर्नको नेपाली समुदाय

Sagarmatha Cricket Club became the first Nepali Cricket Cub in Victoria to win grade championship in 2019.

Sagarmatha Cricket Club became the first Nepali Cricket Cub in Victoria to win grade championship in 2019. Source: Nepalese Association of Victoria.

गर्मी मौसमको आगमनसँगै अस्ट्रेलियामा क्रिकेट सिजन पनि सुरु भएको छ र विशेषतः भिक्टोरियामा बस्ने नेपालीहरूका लागि अबका केही महिना क्रिकेटमय हुँदैछन्।


मेलबर्नको रोयल राइनोज क्रिकेट क्लबद्वारा आयोजना गरिएको टी-२० कप आजदेखि सुरु हुँदा आगामी हप्ता भिक्टोरियाली पेशागत क्लब मेलबर्न रेनेगेड्सले ‘पारिवारिक कार्यक्रम’ आयोजना गर्दैछ भने जनवरीमा नेपलिज एसोसिएसन अफ भिक्टोरियाको १५ औँ ‘न्याभ कप’ मा बिभिन्न नेपाली क्लबहरु सहभागी हुनेछन्।

भिक्टोरियाको क्रिकेट सर्किटमा लामो समय बिताएका र हाल एडिलेडमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान कार्ल हूपरद्वारा प्रशिक्षित टोलीमा आबद्ध सुनाम गौतम भिक्टोरियामा बस्ने नेपाली पृष्ठभूमिका क्रिकेट खेलाडी र प्रशंसक सबैका लागि सुनौलो समय रहेको बताउँछन्।

“मेलबर्नमा क्रिकेट खेल्ने धरै छन् र पहिले भन्दा (हाल) टफ छ तर राम्रो मौका छ” साउथ अस्ट्रेलियन क्रिकेट लीग अन्तरगतको साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लबबाट यो सिजनमा भाग लिँदै गरेका गौतमले एसबीएस नेपालीसँग भने।

Sunam Gautam (standing 4th on left) with his Nepali community cricket team members.
Sunam Gautam (standing 4th on left) with his Nepali community cricket team members. Source: Supplied

गौतमको आकलनसँग सहमत देखिन्छन् न्याभका उपाध्यक्ष सन्तोष बस्ताकोटी। 

१५ औँ संस्करणसम्म आइपुगेको न्याभ कपले अब हरेक भाग लिने टोलीलाई एक-दुई जना नेपाली बाहेक अन्य पृष्ठभूमिका खेलाडीलाई पनि समावेश गर्न दिएर आफ्नो प्रतियोगिताको स्तरोन्नति गर्नेकी भन्ने बारे आन्तरिक छलफल भइरहेको बताए।

“हामीले बिस्तारै बिस्तारै यो (नेपाली नै खेलाडी हुनुपर्ने) नियम पनि चेन्ज गर्नेकी हामीले अरू समुदायका एक दूईजनालाई पनि टिममा सहभागिता गराउन दिने कि भन्ने हाम्रो सोच छ…,” उनले भने।

त्यस्तै धारणा छ रोयल राइनोज क्रिकेट क्लबका एक पदाधिकारी प्रसिद्धराज तुलाधरको पनि।

“(अन्य समुदायका खेलाडी विरुद्ध) खेल्दा अलिकति गाह्रो भनौँ न, किनभने अलिकति स्लेजिंगहरू चल्छ, अब हामी नेपालीहरू खेल्दा साथी साथी हुन्छौँ,” उनले भने।

“अस्ट्रेलियनहरूको हाइटले गर्दा बल अलिकति बाउन्स हुने...उनीहरूको ब्याट राम्रो हुने...तर जसले  राम्रो खेल्छ खेल उसैले जित्छ…यहाँको नेपाली क्रिकेट क्लबहरू पनि कम्पिटेटिभ हुन थालिसके, नेपालबाट राम्रो कोही आयो कि आफ्नो तर्फ तानी हाल्छन्।”

Royal Rhinos Cricket club, Melbourne
Royal Rhinos Cricket club, Melbourne Source: Supplied

हरेक  संस्करणसँगै परिमार्जित हुँदै व्यावसायिक हुँदै गएको न्याभ कपमा भाग लिन भने१५ जनाको समूह भएको एक टोली हुनुपर्ने बस्ताकोटीले जानकारी दिए।

“…जस्तो सुकै पनि युनिफर्ममा पनि आउने खेल्ने…कुनै प्रोफेस्न्यालिसम जस्तो केही पनि थिएन…एउटा प्रपर ड्रेस कोड राखियो, प्रपर ग्राउन्ड एलोकेट गरियो…पुरस्कार राशि बढाइयो…अहिलेसम्म आइपुग्दा धेरै भिन्नता छ,” उनले एसबीएस नेपालीलाई बताए।

उता, आजदेखि सुरु भएको टी-२० प्रतियोगितामा यस वर्ष थपिएका दुई नयाँ टिम सहित आठ टोलीले भाग लिइरहेको आयोजकका तर्फबाट तुलाधरले भने।

“अघिल्लो वर्ष भाग लिने प्रत्येक टोलीले दुई भिन्दा-भिन्दै टिमहरू खेलाएका थिए, यसपालि भने फर्म्याट अलि चेन्ज छ, सबै आठव टोलीका एक-एक टिम छन्।”

उहाँहरूसँग गरिएको हाम्रो कुराकानी सुन्न माथिको प्लेयरमा थिच्नुहोस्


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand