Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: के साँच्चै अस्ट्रेलियनहरूसँग बोल्न पाउने अधिकार छ त?

Alt-Right Groups Hold "Demand Free Speech" Rally At Freedom Plaza In Washington

Unlike Australia, the United States explicitly protects freedom of speech through the First Amendment. Source: Getty / Stephanie Keith

हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।


Published

Updated

By Olivia Di Iorio

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


हामीले ‘वाक स्वतन्त्रता’ वा बोल्न पाउने अधिकारका बारेमा धेरै सुन्ने गर्छौँ। केही मानिसहरूका अनुसार यो स्वतन्त्रता खतरामा छ। अरू भने, हामीसँग यस्तो अधिकार कहिले पनि नभएको बताउँछन्। एसबीएस एक्जामिन्सको यो अङ्कमा हामी ‘फ्रिडम अफ स्पिच’ वा वाक स्वतन्त्रता के हो भनेर जान्ने कोसिस गर्नेछौँ।


वाक स्वतन्त्रता एक आधारभूत मानव अधिकार हुनुका साथै एउटा स्वतन्त्र र प्रजातान्त्रिक समाजको स्तम्भ पनि हो।

यो आवाज थियो, अस्ट्रेलियन ह्युमन राइट्स कमिस्नर वा मानव अधिकार आयुक्त लोरेएन फिन्लेको, जो बताउँदै थिए, बोल्न पाउने अधिकारको महत्त्व र यसको संरक्षणका लागि दायित्व बारे।

तर अस्ट्रेलियाको सन्दर्भमा फ्रिडम अफ स्पिच सोचे जति सजिलो मुद्दा होइन।

किनकि अस्ट्रेलियामा यस प्रकारको स्वतन्त्रतालाई संरक्षण गर्ने कुनै स्पष्ट कानूनी व्यवस्था नै छैन।

फिन्ले भन्छिन् कि अस्ट्रेलियामा फ्रिडम अप स्पिचको संरक्षणका लागि थुप्रै कुराहरूको साथ चाहिन्छ।

कुरा बुझिहाल्नुभयो होला, यो एकदमै जटिल छ।

तर कमिस्नर फिन्ले यसो हुनुका पछाडि रहेका कारणहरू बारे भन्छिन् कि अस्ट्रेलियाको संविधान बनाउने क्रममा यसका मस्यौदाकारहरूले मानिसहरूको बोल्न पाउने अधिकारलाई खासै महत्त्व दिएका थिएनन्।

उनीहरूको विचारमा बलियो संसदीय प्रजातान्त्रिक व्यवस्था मानव अधिकारको संरक्षणका लागि सबैभन्दा उत्तम उपाय थियो।

ती मस्यौदाकारहरूले वाक स्वतन्त्रताको संरक्षणको जिम्मा संसद्लाई र अस्ट्रेलियन जनतालाई नै दिएका थिए भन्छिन् आयुक्त लोरेएन फिन्ले।

के, त्यसो हो भने, आफूले बोलेको कुराको केही दोष नलाग्ने गरी तपाईँको मनमा जे आयो, त्यही बोल्न पाउने अधिकार अस्ट्रेलियामा तपाईँसँग हुन्छ त?

अहँ, हुँदैन।

आफू विरुद्ध कसैको डर, त्रास, धम्की, प्रतिशोधको भावना बिना वा अरूले मन पराउनै पर्छ भन्ने सोच भन्दा बाहिर रहेर, आफ्नो विचार वा मान्यता व्यक्त गर्न पाउनुलाई नै फ्रिडम अफ स्पिचको रूपमा परिभाषित गरिएता पनि, यो निरपेक्ष भने छैन।

घृणायुक्त बोली, मानहानि, भेदभाव वा अतिवादीको तारो बन्न सक्ने मानिस तथा समुदायहरूलाई संरक्षण दिने कानूनहरू छन्।

कमिस्नर फिन्ले भन्छिन् कि मानिसहरूलाई यस्ता अवस्थाहरूबाट बचाउन र अभिव्यक्तिको स्वतन्त्रता दुवै किसिमका सुविधाहरू दिन विभिन्न कानूनहरूले मिलेर काम गर्छन्।

उनी भन्छिन् कि वाक स्वतन्त्रता माथि अङ्कुश लगाउने काम चुनौतीपूर्ण छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now