सन् २०१३ मा आफूले काम गरेको अमेरिकी संस्थाले घरेलु र बाहिरी मुलुकहरूमा गरिरहेको निगरानीका बारेमा खुलासा गरेपछि एड्वार्ड स्नोडनको चर्चा संसारभर हुन पुगेको थियो।
एड्वार्ड स्नोडन अमेरिकी राजनीतिमा चासो राख्नेका लागि नयाँ नाम होइन।
सन् २०१३ मा अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीले घरेलु र बाहिरी मुलुकहरूमा गरिरहेको निगरानीका बारेमा खुलासा गरेपछि उनको चर्चा भएको थियो।
तत्कालीन समयमा २९ वर्ष मात्र पुगेका स्नोडेनले आफूले किन यस्तो गर्नु पर्यो भनेर गार्डियन पत्रिकासँग खुलासा गरेका थिए।
उक्त कुराकानीका क्रममा उनले जनताले यी संस्थाहरूले सही काम गरी रहेका छन् कि छैनन् भन्ने कुराको जानकारी पाउनु पर्ने बताएका थिए।
“म अरू भन्दा भिन्न छैन, सामान्य मानिस नै हु, तर जनताले यी संस्थाले सही काम गरी रहेका छन् कि छैनन् भनेर जान्न र विचार गर्न भने जरुरी छ,” उनले भनेका थिए।
उक्त संस्थाले आतंकबादसँग सम्बन्धित थुप्रै टेलिफोन रेकर्डहरू राखेको उनले खुलासा गरेका थिए।
उक्त खुलासा पश्चात् अमेरिकी अधिकारीहरूले उनलाई जासुसीको आरोपमा विभिन्न मुद्दा चलाएपछि ९ वर्ष अघि उनी हंङ्गकङ्ग हुँदै भागेर रू पुगेका थिए।

उक्त समयमा स्टेट डिपार्टमेन्टका प्याट्रीक भेन्टेलले पत्रकारहरूसँग कुरा गर्दै , स्नोडेनलाई पक्रन सक्ने कुरामा आशावादी रहेको बताएका थिए।
तर स्नोडनलाई सुपुदुगी गर्नका लागि अमेरिकाले धेरै पटक आग्रह गरेको भए पनि, रुसी राष्ट्रपति पुटिनले यसलाई अस्वीकार गर्दै आइरहेका थिए।
“सुपुर्दगी सम्झौता भएका मुलुकसँग मात्र यो सम्भव हुन्छ, अमेरिकासँग हाम्रो कुनै सम्झौता छैन।”
यद्यपि स्नोडनको कार्यलाई लिएर केहीले आशङ्का जताएका छन्। पश्चिमा मुलुक प्रति रसियाको यो कुनै षडयन्त्र त हैन भन्ने आशङ्का पनि देखिएका छन्।
तर यसलाई रुसी राष्ट्रपतिले बारम्बार अस्वीकार गदै आइरहेका छन्।
मस्कोले सन् २०२० मा स्नोडनलाई स्थायी बसोबासको अनुमति दिएर,नागरिकता लिने बाटो खोलिदिएको थियो ।
र हालै आएर उनलाई रुसी नागरिकता प्रदान गरिएको छ।
रुसी नागरिकता लिएका ७२ जना विदेशमा जन्मिएका मानिसको नाममा स्नोडनको पनि नाम छ।
स्नोडन आफैले पनि यो कुरालाई पुष्टि गरेका छन्।
उनले आफ्ना अभिभावकसँग लामो समय छुट्टीएपनि आफ्नो सन्तानसँग भने छुट्टिने चाहना नरहेको उनले ट्वीटरमा लेखेका छन्।
“थोरै स्थिरताले पनि परिवारलाई खुसी दिन्छ,” उनले लेखेका छन्।
ह्वाईट हाउसले उनको नागरिकताका सम्बन्धमा कुनै प्रतिक्रिया नजनाएता पनि, अमेरिका फर्किएर आफू विरुद्धको मुद्दा लड्नुमा पर्नेमा अमेरिकाले जोड दिइरहेको छ।
स्टेट रिर्पाटमेन्टका प्रवक्ता नेड प्राइस, समाचार आउनुको मतलब उनले अमेरिकी नागरिकता त्यागेकै हुन भनेर भन्न नमिल्ने बताउँछन्।
“मलाई उनको नागरिकताका सम्बन्धमा कुनै पनि परिवर्तन आएको जानकारी छैन, मलाई थाहा भएसम्म उनले अमेरिकी नागरिकता त्यागेका थिए, र पछि उनले फिर्ता गरे की के गरे, तर जे भए पनि अन्य अमेरिकी नागरिक सरह अमेरिका फर्किएर आफू विरुद्धको मुद्दा लड्नुपर्छ,” उनले भने।
कतिपयले भने स्नोडेन रुसी फौजमा आबद्ध भएको आशङ्का जताइरहेका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक हप्ता अघि मात्र युक्रेनमा थप सैन्य बल पठाउने घोषणा गरेका थिए।
तर स्नोडनका वकिलले भने उनले पहिला रुसी सेनाका लागि काम नगरेकाले त्यसो नभएको बताएका छन्।





