SKIP TO MAIN CONTENT

ज्येष्ठ नागरिक माथिको दुर्व्यवहारलाई कम गर्न अभियानको सुरुवात

An elderly woman's hands (AAP).jpg

ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर मानव अधिकार आयोगले नयाँ भिडियो अभियान सुरु गरेको छ।


Published

Updated

By Francesca De Nuccio, Gareth Boreham

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर मानव अधिकार आयोगले नयाँ भिडियो अभियान सुरु गरेको छ।


अस्ट्रेलियाली मानव अधिकार आयोगले सुरु गरेको एक अभियानमा वृद्ध दुर्व्यवहारले कस्ता रूप लिन सक्छन् भनेर देखाउने प्रयास गरिएको छ।

उक्त भिडियो अभियान मार्फत बृद्धहरुको दुर्व्यवहारमा संलग्न मानिसहरूलाई आफ्ना कार्यहरूको परिणामहरूमा ध्यान दिन चेतावनी दिइएको छ।

वृद्धहरू माथि हुने दुर्व्यवहारलाई हेर्ने संस्था एज डिस्क्रीमिनेसनकी कमिस्नर के पिटरसन् दुर्व्यवहारमा संलग्न मानिसहरूको सोचाइलाई परिवर्तन गर्नेका लागि अभियानले सहयोग पुर्‍याउने आशा गर्छिन्।

“केही मानिसहरूलाई आफूले के गरिरहेको छु भने पनि पत्तो हुँदैन, त्यसैले यो अभियानले उनीहरूले बृद्धहरुलाई के गरी रहेका छन् भनेर चनाखो राख्ने छ,” उनले भनिन्।

तर कोभिड–१९ महामारी सुरु भए पनि आइसोलेसनमा रहेका धेरै वृद्धहरूले दुर्व्यवहार भोग्नु परेको तथ्याङ्कले देखाएको छ।

दि अस्ट्रेलियन इन्टीच्यूट अफ फ्यामिली स्टडीजका अनुसार विगत १२ महिनामा प्रत्येक ६ मध्ये एक वृद्धले दुर्व्यवहारको सामना गरेका छन्।

तर सहयोग खोज्दै जाने बृद्धहरुको सङ्ख्या भने एक तिहाइ मात्र भएको पिटरसन् बताउँछिन्।

“मेरा छोरा वा छोरीले किन यस्तो गरी रहेका छन् भनेर उनीहरूलाई लाज लाग्छ, उनीहरूले आफूले पाइरहेको सहयोग पनि नपाउने पो हो कि भनेर चिन्ता मान्छन्,” उनले भनिन्।

मानवअधिकार आयोगले सांस्कृतिक र भाषिक विविधतामा रहेका मानिसहरूलाई पनि सचेतना उत्तिकै आवश्यक रहेको बताएको छ।

A woman uses a walker to assist her mobility in Canberra, Friday, May 24, 2013.
Source: AAP

आयोगले विभिन्न २० भाषामा जानकारी सहितको पुस्तक र पोस्टर सहितका श्रोतहरू जारी गरेको छ।

उक्त अभियान १ अक्टोबरका दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पारेर सार्वजनिक गरिएको हो।

न्यु साउथ वेल्सका लागि ज्येष्ठ नागरिक मन्त्री मार्क कुरेले समाजमा ज्येष्ठ नागरिकलाई पूर्ण रूपमा घुलमिल हुनबाट रोक्ने पुरातन वादी सोच विरुद्ध लड्न प्रोत्साहित गरिरहेको बताएका छन्।

यता संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटेरसले पनि समावेशी र उमेर अनुकूल समाज सिर्जना लागि आग्रह गरेका छन्।

ज्येष्ठ नागरिकलाई भएको दुर्व्यवहार घटनाहरू रिपोट गर्न १८०० ३५३ ३७४ मा सम्पर्क गर्न सकिन्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now