दक्षिण अस्ट्रेलियामा नेपालीहरुले औपचारिक रुपमा व्यावसायिक कृषि खेती सुरु गरेका छन् । नेपाली कृषकको छोरो भएर त्यही पेशालाई निरन्तरता दिन पाएकोमा उनीहरु निकै खुशी छन् । ९ जनाको सेयर रहेको कृषी कम्पनी भर्सटायल इन्भेस्मेन्ट को फार्म मै पुग्दा ती मध्येका २ जना लगानीकर्ता दीपक घिसिङ र दीपक बिष्ट काममा व्यास्त थिए । व्यावसायिक खेतीलाई विस्तार गर्ने निकै ठूलो सपना बोकेका यी नेपाली कृषकहरुसितको छोटो कुराकानी ।