न्यु साउथ वेल्समा कोभिड–१९ का मामिला बढ्दै जाँदा सरकारले नयाँ वर्षमा हुने जमघटमा प्रतिबन्ध लगाएको छ । न्यु यर्स ईभमा हुने आतिशबाजीका कार्यक्रममा पनि हेरफेर भएका छन् । सरकारले यस पटकको नयाँ वर्षको फायरवोर्क्स घरमै बसेर टेलिभिजन मार्फत हेर्न अनुरोध गरेको छ । यो अवस्थामा सरकारको पछिल्लो निर्णय र न्यु यर्स ईभको योजनाका बारेमा नेपाली समुदायका सदस्यहरूले हामीसँग आफ्ना बिचार बाँडेका छन् । समुदायका सदस्यहरूसँग गरिएको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा थिच्नुहोस्।
Share





