SKIP TO MAIN CONTENT

सोभियत सङ्घका अन्तिम नेता मिखाइल गोर्बाचोभ र उनको विरासत

Gorbachev in New York
Mikhail Gorbachev in 1988. He has died at the age of 91 Source: AAP / CNP/Sipa USA

सोभियत सङ्घका अन्तिम नेता एवम् नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचोभको केही दिन अघि निधन भएको छ।


Published

Updated

By Allan Lee

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

सोभियत सङ्घका अन्तिम नेता एवम् नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचोभको केही दिन अघि निधन भएको छ।


२० औ शताब्दीका महत्त्वपूर्ण र चर्चित नेताको परिचय बनाएका मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा मृत्यु भएको हो।

गोर्बाचोभलाई शीत युद्धको अन्त्य र सोभियत सङ्घ विघटनको श्रेय जान्छ।

सात वर्ष भन्दा कम समयका लागि सत्तामा रहँदा परिवर्तनका रोमाञ्चक श्रृखंलाहरु प्रस्तुत गरेपछि सन् १९९१ मा उनी विरुद्ध कू काे प्रयास भएको थियो।

उनी माथिको कू को प्रयासका विरोधमा मस्कोका सडकहरू प्रर्दशनहरु भए र प्रयास असफल भयाे।

तत्कालीन समयमा मस्कोमा रहेका आइटीएनका पत्रकार रोर्वट मुर्रे त्यस दिनको सम्झना गदै, मस्कोका मूल सडकमा सेनाका रातो रङ्गका ट्याङ्कहरू आएको स्मरण गर्छन्।

कू प्रयास असफल भएपछि भने सोभियत सङ्घको अन्त्यको सुरुवात भएकाे मानिन्छ।

Former Soviet Union president Mikhail Gorbachev has died.jpg
Former Soviet Union president Mikhail Gorbachev has died.

गोर्बाचोभले अर्थतन्त्रको अत्यास लाग्दो अवस्थाबाट बाहिर निकाल्नका लागि बनाइएको परेस्ट्रोइका, अर्थात् पुनः संरचनाको योजना नै उनी माथिको कू गर्ने प्रयासको कारण थियो।

परिवर्तनको अर्को पक्ष भनेको दशकौँको शीतयुद्धपछि पश्चिमाहरूसँगको सहकार्यको भावना र मानवता माथिको आणविक विनाशको डरलाई हटाउनु थियो।

वार्ताको सुरुवातसँगै उनले तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरसँग राम्रो सम्बन्ध स्थापना गरेका थिए।

भेटको सम्झना गर्दै मार्गरेट थ्याचर भन्छिन् कि उनले पहिलो भेटमै राम्रो छवि बनाए।

पहिलो भेटपछि मलाई लाग्यो कि मैले यो मानिसलाई भेटे भनेर राष्ट्रपति रेगनलाई भन्नु जरुरी छ, उनी फरक थिए र उनीसँग सहकार्य गर्न सकिन्थ्यो
मार्गरेट थ्याचर

आणविक हतियारहरू फिर्ता सम्बन्धी सम्झौता गर्दा, रेगन र गोर्बाचोभबीचको आत्मीयता स्पष्ट देखिन्थ्यो।

सन् १९८७ मा राष्ट्रपति रेगनले पूर्व र पश्चिमी बर्लिनलाई छुटाउने पर्खाल भत्काउनका लागि गोर्वाचोभलाई आग्रह गरे।

एक दूरदर्शी नेताका रूपमा परिचय बनाएका गोर्बाचोभले सन् १९९० मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

विश्वका अन्य कुनामा दूरदर्शी नेताको परिचय बनाएको भए पनि सोभियत सङ्घ भित्र भने उनी अलोकप्रिय थिए।

पश्चिमा देशहरूमा शान्तिपूर्ण सर्घषहरुबाट कम्युनिस्ट शासन ढल्दै जान थालेपछि सोभियत सङ्घ भित्र पनि स्वतन्त्रताका लागि मागहरू हुन थालेका थिए।

युक्रेन लगायतका केहीले स्वतन्त्रताका पक्षमा भोट गरेसँगै सोभियत युनियन ढल्यो।

गोर्बाचोभले सन् १९९१ को डिसेम्बर महिनामा आफ्नो पद परित्याग गरे।

गोर्बाचोभसँग थुप्रै पटक अन्तर्वार्ता लिएकी सिएनएनका लागि मस्कोकी तत्कालीन ब्युरो चिफ जिल डहोर्टी उनलाई उल्लेखनीय व्यक्तित्वका रूपमा स्मरण गर्छिन्।

“गोर्बाचोभ, मलाई लाग्छ कि अघिल्ला सोभियत नेता भन्दा विपरीत थिए,” पत्रकार डहोर्टीले भनिन्।

देश र विदेशमा उनको विरासत देखिएको र उनको प्रभाव पार्ने क्षमतामा भने कुनै शङ्का नभएको उनी स्मरण गर्छिन्।

“उनी मेरा लागि यस्ता नेता हुन् जसको व्यक्तित्वले इतिहासलाई पूर्णतया बदल्यो,” उनले भनिन्।

यद्यपि गोर्बाचोभको हालका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध भने जटिल मानिन्छ।

सन् २०१६ मा टाइम म्यागजिनसँगको कुराकानीमा उनले भ्लादिमिर पुटिनले राष्ट्रपतिको तेस्रो कार्यकालका लागि गरेको उम्मेदवारी चर्को आलोचना गरेका थिए।

उनले भ्यादिमिर पुटिनका योजना प्रगतिको बाधक भएको प्रतिक्रिया दिएका थिए।

र यो असहमति दुबै तर्फ़ थियो, राष्ट्रपति पुटिनले सोभियत सङ्घको अन्त्यलाई शताब्दीकै सबैभन्दा ठुलो भू-राजनीतिक प्रकोप भएको उल्लेख गरेका छन्।

गोर्वाचोभको निधन प्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली दिएका छन्।

पूर्व अमेरिकी विदेश मन्त्री कोन्डोलिजा राइसले ट्विट मार्फत शीत युद्धको अन्त्य उनका लागि दिगो विरासत हुने बताएकी छन्।

“मिखाइल गोर्बाचोभको निधनको खबर सुनेर म स्तब्ध छु, उनले आफ्ना जनताको राम्रो जीवनका लागि प्रयास गरे, उनको जीवन परिणामकारी थियो, उनको साहस बिना त्यो अन्त्य सम्भव थिएन,” उनले टुईटरमा लेखेकी छन्।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले ट्विटरमा ठुलो कदका नेताका रूपमा व्याख्या गरे।

मिखाइल गोर्बाचोभको पार्थिव शरीरलाई मस्को स्थित नोवोदिवेची सिमेट्रीमा सन् १९९९ मृत्यु भएकी श्रीमती रइसाको छेउमै गाडिने छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now