SKIP TO MAIN CONTENT

चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन: नेपाली समुदायमा मानसिक स्वास्थ्य समस्या र चुनौतीहरू

Participants of the Fourth Global Nepali Health Conference
Participants of the Fourth Global Nepali Health Conference Source: SBS / Sunita Pokharel

सिड्नीमा आयोजना गरिएको चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन आइतबार १८ सेप्टेम्बरमा सम्पन्न भएको छ। तिन दिनसम्म चलेको सो सम्मेलनको शनिवारको कार्यक्रममा उपस्थित भएकाहरूले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।


Published

Updated

By Sunita Pokharel

Source: SBS



Skip to podcast episode content

सिड्नीमा आयोजना गरिएको चौथो नेपाली विश्व स्वास्थ्य सम्मेलन आइतबार १८ सेप्टेम्बरमा सम्पन्न भएको छ। तिन दिनसम्म चलेको सो सम्मेलनको शनिवारको कार्यक्रममा उपस्थित भएकाहरूले एसबीएस नेपालीसँग कुराकानी गरेका छन्।


सबल स्वास्थ्य प्रणालीलाईद्वारा सबैका लागि मानसिक स्वास्थ्य नाम दिइएको सत्रमा आफ्नो प्रस्तुतिमार्फत उपस्थितहरूलाई हाँसो लगाउन सफल भएका खोजकर्ता तथा युनिभर्सिटी अफ क्यानबेरामा आबद्ध रहेका किशोर वैद्यले हाँसोले मानसिक तनाव कम गर्ने बताए।

नेपालमा नै रहेका नेपाली र विश्वभर रहेका नेपालीहरूको स्वास्थ्य सम्बन्धी विषयहरूमा छलफल गर्ने उद्देश्यले आयोजित उक्त सम्मेलनले मानसिक स्वास्थ्यको विषयलाई पनि प्राथमिकतामा राखेको थियो।

स्वास्थ्य क्षेत्र र यससँग सरोकार राख्ने व्यक्तिहरूको उपस्थिति रहेको सम्मेलनमा अस्ट्रेलियामा रहेको नेपाली समुदायमा स्वास्थ्य सेवाहरू लिन नै हिचकिचाउने प्रवृत्ति रहेको बताइएको थियो।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now