भिक्टोरियामा गम्भीर बिरामीहरुले स्वेच्छिक जीवन अन्त्य गर्न पाउने

Victoria legalises voluntary euthanasia

Victoria legalises voluntary euthanasia Source: Pixabay Public Domain

जुन १९ देखि भिक्टोरियामा जीवन अन्त्यका लागी सहयोग गर्न पाइने भएको छ। तर त्यसकालागि केहि मापदण्डहरु भने पूरा गर्नुपर्ने कानून रहेको छ।


भिक्टोरियामा गम्भीर शारीरिक पिडामा रहेका कारण आफ्नो जीवन अन्त्य गर्न चाहने बिरामीहरू लाई सहयोग गर्न पाइने भएपछि उक्त कार्यक्रम अन्तर्गत वार्षिक १ सय ५० जनाले त्यस्तो निर्णय लिन सक्ने अनुमान गरिएको छ।

केही सीमित राष्ट्रहरूमा मात्र विशेष परिस्थितिमा रहेका व्यक्तिहरूले स्वेच्छाले आफ्नो जीवन अन्त्य गर्न पाउने व्यवस्था रहेको छ।

स्विजरल्याण्ड, लक्जेम्बर्ग, नेदरल्याण्ड्स, क्यानडा, कोलम्बिया, बेल्जियम तथा अमेरिकाका केही स्थानहरूमा मात्र स्वेच्छाले आफ्नो जीवन अन्त्य गर्न पाउने गरिएकोमा अब अस्ट्रेलिको भिक्टोरीया राज्य पनि यो सुचीमा परेको छ।

مشروع قانون القتل الرحيم يمرعبر برلمان جنوب أستراليا في طريقه لأن يصبح قانونا
from June 19 assisted dying will be available in Victoria. Source: SBS

तर यस व्यवस्था अन्तर्गत इच्छुक व्यक्तिले केही मापदण्ड पुरा गर्ने पर्ने हुन्छ।

निको नहुने रोगबाट ग्रसित, निर्णय लिन सक्ने मानसिक अवस्थामा रहेको र स्वेच्छाले आफ्नो जीवन अन्त्य गर्ने चाहना राख्नेहरू यो व्यवस्था अन्तर्गत पर्दछन्।

सहज मृत्युको इच्छा अनुरूप बिरामीले चिकित्सकको सहयोगमा जीवन अन्त्य गर्ने युथोनेजिया अन्तर्गत स्विजरल्याण्डको एक क्लिनिकमा क्रिस्टिन थर्न्टनका श्रीमानले पनि आफ्नो जीवन अन्त्य गरेका थिए।

क्रिस्टिनले आफ्ना श्रीमान् ट्रोएले आफ्नो मृत्यु पूर्व धेरै जतन र मेहनत ले बनाएको फोटो एल्बमबारे यसरी सम्झन्छिन्।

"ट्रोएलाई आफ्नो दिनहरू बिताउनु थियो र उनले आफ्नो दिनहरू हाम्रा सम्पूर्ण तस्बिरहरूलाई हेरेर बिताउँथे, नयाँ तस्बिरहरू लिएर अनलाइनमा फोटो एल्बम बनाएका थिए। यही तस्बिरहरू सधैँको लागी उनका प्रिय यादहरू हुन्। "

Christine Thornton treasures the photo albums her husband Troy created before his death at a Swiss euthanasia clinic (SBS)
Christine Thornton treasures the photo albums her husband Troy created before his death at a Swiss euthanasia clinic (SBS) Source: SBS

भिक्टोरियाको समुन्द्री सहर माउन्ट मार्थामा बसोबास गर्ने दुई बच्चाका पिता ट्रोए नसासम्बन्धी दुर्लभ रोग मल्टिपल सिस्टम एट्रोफीबाट पीडित थिए।

नसा कमजोर हुँदै जाने यो रोगले बिस्तारै उनलाई हिँडडुल गर्न नसक्ने बनायो, बोली र दृष्टिमा असर पुर्‍यायो जसले गर्दा अग्नि नियन्त्रक सेवामा कार्यरत उनी समय अगावै अवकाश लिन बाध्य बने।

फेब्रुअरीमा ५४ वर्षीय ट्रोए कानुनी मान्यता प्राप्त जीवन अन्त्य गर्ने सहयोगका लागी स्विजरल्याण्ड गए। र उनकी श्रीमती पनि यो सम्पूर्ण यात्रामा साथमै थिइन।

र अस्ट्रेलियामा नै पहिलो पटक जीवन अन्त्य गर्ने निर्णय लिन पाउने व्यवस्था भिक्तोरियाले जुन १९ देखि लागु गर्दै छ।

अन्तर्राष्ट्रिय तथ्याङ्कलाई हेर्दा बर्सेनि एक सय देखि १ सय ५० जनाले जीवन अन्त्य गर्न सहयोग लिने आकलन गरिएको भिक्टोरियाका स्वास्थ्य मन्त्री जेनी मिकाकोसले बताएका छन्।

"हाम्रो अनुमानमा धेरै जनाले आफ्नो जीवन अन्त्यसम्म कुरेर प्यालिएटिभ स्याहार अन्तर्गत रहने छन्। र सानो सङ्ख्यामा रहेका मानिसहरूले भने आफ्नो दुखाइ र पिडा सहन नसक्दा त्यति लामो समय पर्खन सक्दैनन्।"

मापदण्डहरू :

यो व्यवस्था अन्तर्गत निकै कडा मापदण्डहरू पुरा गर्नु पर्दछ।

त्यसका लागी मृत्यु इच्छा राख्ने व्यक्ति उमेर १८ वा सो भन्दा बढी भएको, ६ देखि १२ महिना भित्रमा ज्यान लिने नसा कमजोर हुँदै जाने रोगबाट ग्रसित भएको हुनु पर्दछ।

Strict conditions govern Voluntary Assisted Dying in Victoria.
Strict conditions govern Voluntary Assisted Dying in Victoria. Source: SBS

उनीहरूले जीवन अन्त्यका लागी सहयोग लिने बारे स्पष्टसँग निर्णय लिन सक्नु पर्दछ र त्यसका लागी औपचारिक निवेदन प्रक्रिया हुन्छ। साथै सो व्यक्ति अस्ट्रेलियाको नागरिक वा स्थाई वासस्थान भिसा प्राप्त हुनुका साथै भिक्टोरिया राज्यमा कम्तीमा एक वर्ष देखि बसोबास गर्दै आएको हुनु पर्ने छ।

यो कार्यक्रमको सुरुवातका लागी एक कार्यबलले स्वास्थ्य सेवा, अस्पतालहरू र चिकित्सकहरू लाई तयार पार्न थालेको छ।

स्वयंसेवी मृत्यु सहयोग कार्यान्वयन कार्यबलका एक सदस्य तथा सहायक प्रशिक्षक पिटर हन्टरले ८० भन्दा बढी चिकित्सकहरूलाई यसमा संलग्न हुन दर्ता गरिएको छ।

"हाम्रा आफ्नै राम्रा र नराम्रा दिनहरू हुन्छन्, तर मनमा शान्ति किन छ भने हामीले उनको (श्रीमान्) इच्छा पुरा गर्न पायौँ। र उनले आत्मसम्मानका साथ आफ्नो जीवन अन्त्य गरे, आफूले नै सोचे अनुरूप। "

सम्मानका साथ जीवन अन्त्य गर्न पाउनु पर्ने वकालत गर्ने डाइङ्ग विथ डिग्निटी भिक्टोरियाले सुरुवातमा मानिसहरूलाई स्थानीय स्तरमा नै जीवन अन्त्यका लागी सहयोग पुर्‍याउने चिकित्सकहरू भेट्टाउन केही समस्या पर्न सक्छ।

उक्त समूहका अध्यक्ष ह्यू सर्जेन्टले आफ्नो सङ्गठन त्यस्ता व्यक्तिहरूलाई सहयोग गर्न तत्पर रहेको बताउँछन्।

एक व्यक्तिले यो कार्यक्रम अन्तर्गत चिकित्सक मार्फत तिन पटक इच्छा मृत्यु निवेदन आएको हुनु पर्दछ, उक्त कार्यक्रमका लागी सम्पूर्ण कानुनी प्रक्रिया र मापदण्ड पुरा गरेको दुई चिकित्सकले पाएको हुनुपर्दछ।

त्यस पश्चात् मात्र सो व्यक्तिले ज्यान लिने औषधि प्राप्त गर्ने स्वीकृति पाउन सक्नेछन्।

यो सम्पूर्ण प्रक्रियाका लागी कम्तीमा १० दिन लाग्छ - तर यदि बिरामीले त्यो समयावधि भन्दा अगाडी नै ज्यान गुमाउने अनुमान गरिए १० दिन भन्दा कम पनि लाग्न सक्छ।

उपभोक्ता तथा अपाङ्गता सम्बन्धी परामर्श कर्ता ट्रिसिया मालोनी भन्छिन् अङ्ग्रेजी भाषामा दख्खल नभएका हरूका लागी दोभासेहरूले सहयोग गर्नेछन्।

यो कार्यक्रमका लागी विभिन्न सुरक्षा प्रबन्धहरू राखिएको छ र यी सम्पूर्णलाई निरीक्षण गर्न एक समीक्षा टोली रहनेछ।

Australian David Goodall
Scientist David Goodall in the room in Switzerland where he later ended his life, aged 104. (AAP) Source: AAP

भिक्टोरिया राज्यको अस्ट्रेलियाली स्वास्थ्य सङ्गठनका पूर्व अध्यक्ष डा. स्टेफन पार्निस केही मानिसहरूले अनावश्यक रूपमा आफ्नो जीवन अन्त्य गर्न सक्ने प्रति चिन्ता व्यक्त गरेका छन्।

भिक्टोरिया राज्यको मृत्यु इच्छालाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत ट्रोए थोर्टन पर्दैन थिए।

उनकी श्रीमती भन्छिन् त्यस्ता बाधाहरूलाई अलि खुकुलो पारिनु पर्दछ ताकि आफ्नो श्रीमान् जस्तो पिडामा रहेकाहरूले कहाँ र कसरी जीवन अन्त्य गर्ने भन्ने बारे आफैँले निर्णय लिन सकुन्।

"हाम्रा आफ्नै राम्रा र नराम्रा दिनहरू हुन्छन्, तर मनमा शान्ति किन छ भने हामीले उनको (श्रीमान्) इच्छा पुरा गर्न पायौँ। र उनले आत्मसम्मानका साथ आफ्नो जीवन अन्त्य गरे, आफूले नै सोचे अनुरूप। "


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now