Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलिया बुझ्नुहोस्: नयाँ ठाउँमा निन्द्रा नलाग्ने समस्या आए के गर्ने?

Australia Explained - Migration and Sleep

Lack of sleep can cause mood changes and loss of concentration. Credit: Filmstax/Getty Images

विभिन्न किसिमका तनावका कारण धेरै मानिसहरूको निन्द्रामा असर पुग्ने हुन्छ। भर्खर अस्ट्रेलियामा बसोबास गर्न थालेकाहरूमा यो समस्या देखिने गरे पनि विज्ञहरूले छोटो समयका लागि यस्तो हुनु सामान्य मान्छन्। तर कहिले चाहिँ यसलाई क्रोनिक मानिन्छ र कहिले सहयोग लिन जरुरी हुन्छ त, अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा बुझ्ने प्रयास गर्ने छौँ।


Published

By Zoe Thomaidou

Presented by Sunita Pokharel

Source: SBS




Share this with family and friends


विभिन्न किसिमका तनावका कारण धेरै मानिसहरूको निन्द्रामा असर पुग्ने हुन्छ। भर्खर अस्ट्रेलियामा बसोबास गर्न थालेकाहरूमा यो समस्या देखिने गरे पनि विज्ञहरूले छोटो समयका लागि यस्तो हुनु सामान्य मान्छन्। तर कहिले चाहिँ यसलाई क्रोनिक मानिन्छ र कहिले सहयोग लिन जरुरी हुन्छ त, अस्ट्रेलिया बुझ्नुहोस्को यो भागमा बुझ्ने प्रयास गर्ने छौँ।


Key Points

  • निन्द्रा सम्बन्धी वैज्ञानिकहरूले राम्रो गुणस्तरको निन्द्रा भन्नाले सुताईको अवधि, सुरुवात कसरी हुन्छ र निबार्ध कति समय सुतिन्छ भन्ने  आधारमा परिभाषित गरे पनि निन्द्रा व्यक्तिपरक हुन्छ। 
  • पहिलेका आघात, बसाइँसराइको अनुभव र बसोबास चुनौतीहरूले तपाईँको निद्रालाई असर गर्न सक्छन्।
  • वयस्क र बालबालिका दुवैमा, यदि निन्द्राको समस्या निरन्तर रहन्छ र यसले दैनिकीलाई असर गर्छ भने, चिकित्सा सहायता लिन आवश्यक हुन्छ।

 निद्राको महत्त्व छ।

यसले हामीलाई शारीरिक रूपमा ताजगी त दिन्छ नै साथमा जानकारीहरूलाई व्यवस्थित गर्न र प्रशोधन गर्न मद्दत गरेर मानसिक रूपमा चुस्त राख्छ।

कसैलाई कम सुते पनि धेरै प्रभाव पर्दैन भने कतिलाई यसले अलि बढी असर पुर्‍याउँछ।

वैज्ञानिकहरूले पनि पर्याप्त मात्रामा नसुते हामी सबैलाई शारीरिक र मानसिक रूपमा असर गर्ने कुरालाई मानेका छन्।

तपाईँको सर्कलमा भएका जो कोहीलाई सोध्नुभयो भने प्राय: तपाईँको भन्दा उसको सुत्ने तौर तरिका फरक भएको पाउनुहुनेछ।

निन्द्रा सम्बन्धी वैज्ञानिक र एपिडेमियोलोजिस्ट क्वीन्सल्यान्ड विश्वविद्यालयकी असोसिएट प्रोफेसर फातिमा याकूट भन्छिन् कि निन्द्रा व्यक्तिपिच्छे फरक पर्ने कुरा हो।

निन्द्रा स्वास्थ्य अनुसन्धानमा, राम्रो गुणस्तरको निन्द्राको रूपमा परिभाषित हुन धेरै कारकहरूलाई ध्यानमा राखिन्छ।

जसमा कति समय सुतेको हो, रातभर नबिउँझी निधाउने क्षमता, र ओछ्यानमा गएको १५ देखि २० मिनेट भित्र निदाउने क्षमता समावेश हुन्छन्।

तर यसमा तपाईँलाई सुतेर उठ्दा कस्तो अनुभव भएको छ भन्ने कुरा सबैभन्दा धेरै महत्त्वपूर्ण हुने फातिमा बताउँछिन्।

"सात देखि नौ घण्टा सुत्नुलाई राम्रो मानिन्छ, तर यो व्यक्तिपिच्छे फरक हुन सक्छ, र तपाईँलाई सात घण्टा, नौ घण्टा चाहिन्छ वा चाहिँदैन भनेर निर्णय गर्ने उत्तम व्यक्ति तपाईँ नै हुनुहुन्छ।"

निधाउनु अघि लामो समयसम्म ओछ्यानमा यता उति पल्टिनेलाई राम्रो निन्द्रा नमानिने फातिमा बताउँछिन्।

साथै निन्द्राको बिचबिचमा बिउँझिनु हुन्छ भने पनि त्यसलाई राम्रो निन्द्रा मानिँदैन।

याकूट भन्छिन् सुतेर उठ्दा आफूलाई आराम पुगेको जस्तो र ताजा अनुभव हुन्छ भने तपाईँलाई राम्रोसँग निन्द्रा पर्‍यो भन्न सकिन्छ।

Australia Explained - Migration and Sleep
The biggest indicator of healthy sleep is the way you feel when you wake up. Credit: miodrag ignjatovic/Getty Images

सुत्ने बानीहरू र आराम गर्ने अभ्यासहरू विभिन्न संस्कृतिहरूमा भिन्न हुन्छन्।

सेन्ट्रल तथा साउथ अमेरिका र भूमध्य सागर लगायतका परम्परागत रूपमा तातो मौसम हुने स्थानबाट आएका मानिसहरूका लागि सिएस्टा वा दिउँसो आराम गर्नु असामान्य होइन।

याकूट भन्छिन् कि दिउँसोको निन्द्रा स्वस्थ हुन सक्छन्, तर यो ३० मिनेट भन्दा लामो भने हुनु हुँदैन।

"तर दिउँसो ढल्किनु वा न्याप लिनु पनि सानोतिनो निन्द्रा जस्तो आधा घण्टा वा २० मिनेट भन्दा बढी भयो भने यसले तपाईँको रातको निद्रालाई असर गर्छ।"

बसाइँसराइको तनाव र निन्द्राको सम्बन्ध

निन्द्राको गुणस्तर पनि व्यक्तिको जिम्मेवारी, कार्य तालिका र भूमिकाले निर्धारण गर्छ।

नयाँ देशमा सर्नु ठुलो परिवर्तन हो, जसले प्रायः कम्तीमा केही समयको लागि निन्द्रामा गडबड ल्याउँछ, याकूट बताउँछिन्।

आफ्नो देश, परिवार, आफ्नो परिवेश छोडेर नयाँ ठाउँमा आउँदा कामको ठेगान नहुने, नयाँ संस्कृति र समाज हुँदा यसले तपाईँको निन्द्राको लयलाई बिगार्न सक्छ।

"र यदि ती तनावहरू हटाइएन भने, यसले अन्ततः निन्द्राको समस्या क्रोनिक वा दीर्घकालीन बन्न सक्छ।"

अस्ट्रेलियामा भएका निन्द्रा स्वास्थ्य सम्बन्धी अनुसन्धानहरूमा आप्रवासी जनसङ्ख्यालाई लक्षित गरेर गरिएको पर्याप्त अध्ययन पाइँदैन।

सन् २०१९ मा मोन्यास युनिभर्सिटीमा गरिएको एक अध्ययनले शरणार्थी र शरणको खोजीमा रहेकाहरूमा देखिने मानसिक स्वास्थ्य र मनोसामाजिक समस्याहरूसँग निन्द्रामा हुने गडबडीलाई जोडेर हेरेको थियो।

जसमा अधिकांश सहभागी चाहे ती वयस्क हुन् वा बालबालिका, उनीहरूमा मध्यमदेखि गम्भीर निन्द्राको समस्या रहेको पाइन्छ।

सामाजिक कार्यकर्ता क्रिस्टा सेन्डन, मेलबर्नमा रहेको शरणार्थी ट्रमा एजेन्सी फाउन्डेसन हाउसमा प्राक्टिस लिडर हुन्, र उनी आफ्नो दृष्टिकोण राख्छिन्।

"सन् २०१९ मा गरिएको एक अध्ययनमा, ७५ % भन्दा बढी शरणार्थी र शरणको खोजीमा रहेकाहरूले मध्यमदेखि गम्भीर निन्द्रामा समस्या रहेको रिपोर्ट गरेका थिए।"

त्यसैले आघातको लागि कुनै न कुनै प्रकारको उपचार पाएका लगभग ५० % मानिसहरूले निन्द्रामा गडबड हुने क्रम जारी रहेको रिपोर्ट गर्छन्।
क्रिस्टा सेन्डन, प्राक्टिस लिडर, फाउन्डेसन हाउस

तर यहाँ आइपुग्नु अगाडी रहेको ट्रमा वा आघातका कारणले मात्र तपाईँ वा तपाईँको प्रियजनको निन्द्रामा समस्या भएको होइन।

यसमा त बसाइसराइले पनि भूमिका खेल्ने सेन्डन बताउँछिन्।

क्रिस सेटन पश्चिमी सिड्नीको वेस्टमीडमा रहेको बाल अस्पतालमा बाल रोग र किशोर निन्द्रा सम्बन्धी चिकित्सक हुन्।

उनी नवजात शिशुदेखि १८ वर्षकाको सुताइको समस्याको जाँच र निदान गर्ने गर्छन्।

र उनी भन्छन् निन्द्राको गडबडी समस्या तब बन्छ जब यसलाई आमाबाबु वा जीपी (जनरल प्र्याक्टिसनर) ले समस्या वा असामान्य भएको मान्छन्।

किशोर किशोरीहरूका लागि, निन्द्रा समस्याहरूको सबैभन्दा सामान्य कारण भनेको 'इन्सम्निया' वा निन्द्रा नै नपर्ने हो।

यस्तो अवस्थाको कारक तनावहरू भनेको प्रायः दैनिक तालिकाहरू, आमाबाबुको अपेक्षाहरू, र रातमा स्क्रिनमा समय बिताउने लगायत पर्छन्।

नयाँ देशमा सर्नु, नयाँ संस्कृति र भाषामा घुलमिल हुनु र बाल्यकालका साथीहरू र परिवारबाट टाढा रहनु सम्बन्धी थप तनावका कारण आप्रवासी किशोर किशोरीहरू अझ बढी जोखिममा हुन्छन्।

कम निन्द्रा पर्ने समस्याको उपचार गरियो भने तनाव दिने कारकहरू यथावत् भए पनि निन्द्रा पुगेपछि उनीहरूले राम्रोसँग तिनीहरूको सामना गर्न सक्ने सेटनको भनाइ छ।

अनिन्द्रा वा अन्य निन्द्रा सम्बन्धी समस्याहरूको सामना गरिरहेका वयस्कहरूको लागि पनि यही कुरा लागू हुन्छ।

Australia Explained - Migration and Sleep
Teenage insomnia is fuelled by stressors such as daily schedules, parental expectations and screen use at night. Credit: Alihan Usullu/Getty Images

सहयोग लिन ढिलो नगर्नुहोस्

आफ्नो बच्चालाई निधाउन गाह्रो हुन्छ, बेलाबेलामा बिउँझिन्छन् र समग्रमा भोलिपल्ट उठ्दा थकित भएको जस्तो लाग्छ भने सहयोग लिन उत्तम हुने उनको भनाइ छ।

"अनि निन्द्राको समस्याले पनि युवाहरूको मानसिक स्वास्थ्यलाई असर गर्छ र धेरै तनाव निम्त्याउँछ।"

तनाव र निन्द्रा एक आपसमा सम्बन्धित रहेको भन्दै सेटन तनावले निन्द्रामा असर पार्ने वा निन्द्रा खराब हुँदा मानसिक तनाव हुने दुवै अवस्था देखिन सक्ने बताउँछन्।

डा सेटन भन्छन् कि परिवार सँगै सुत्दा अनिवार्य रूपमा निद्राको समस्या आउँछ भन्ने अनुमान गर्नु गलत हो। सँगै सुत्दा समस्या तब आउँछ जब यसले निन्द्रा लाग्न दिँदैन।

"हामी बच्चालाई सँगै सुताउनुलाई मेडिकल वा स्वास्थ्य समस्याको रूपमा हेर्दैनौँ। यसलाई हामी बाबुआमाको छनौटका रूपमा हेर्छौँ। र यो तबसम्म ठिक हुन्छ जबसम्म यो नराम्रो हुँदैन।"

जब एक परिवार निन्द्रा सम्बन्धी जाँच गर्ने स्लीप क्लिनिकमा पुग्छ, डाक्टरले बच्चाको लागि स्वस्थ सुत्ने बानीहरूलाई बलियो पार्न रणनीतिहरू अपनाउँछन्।

सेटन सँगै सुत्ने बानीलाई व्यवहारका रूपमा हेर्ने बताउँछन्।

Australia Explained - Migration and Sleep
Sleep clinics can diagnose sleep problems even in infancy. Credit: SolStock/Getty Images

र यदि अभिभावकले सँगै सुत्ने बानिलाई उल्टाउन चाहन्छन् भने त्यसको उपचार आफूहरूले गर्ने उनको भनाइ छ।

"र हामीले यसलाई कसरी उपचार गर्छौँ भन्ने कुरा त्यो बच्चाको उमेरमा धेरै निर्भर हुन्छ।"

डा सेटन भन्छन् कि सँगै सुत्ने वा को-स्लीपिङ बानी र बारम्बार खराब सपना आउनु मध्य बाल्यकालमा सामान्य हो त्यो पनि विशेष गरि छदेखि र १० वर्षको बिचमा बढी हुन्छन्।

फातिमा याकूट तपाईँको निन्द्राका समस्याहरू दोहोरिएर तपाईँको कार्य र फोकस गर्ने क्षमतालाई असर गरिरहेको देख्ने बित्तिकै मद्दतको लागि जान सल्लाह दिन्छिन्।

"यदि यो उनीहरूको निन्द्रामा छोटो अवधिका लागि आएको परिवर्तन जस्तै हो भने, त्यो ठिक छ, तर धेरै हप्ता सम्म हप्ताको तीन दिन पटक जस्तो निश्चित घण्टा सुत्न वा नबिउँझी सुत्न समस्या देखिए आफ्नो जीपीकहाँ गएर कुरा गर्न आवश्यक छ।"

  • निन्द्रामा देखिने समस्या र स्वस्थ निन्द्रा बारे थप जानकारीका लागि Sleep Health Foundation को वेबसाइटमा जानुहोस्।
  • निन्द्रा सम्बन्धी क्लिनिकका चिकित्सकलाई भेट्नका लागि आफ्नो जीपी वा बाल रोग विशेषज्ञसँग कुरा गर्नुहोस्।

तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au 

मा इमेल पठाउनु होस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now