स्वास्थ्यकर्मी माथि दुर्व्यवहार र होम डेलिभरी बन्द: गत ७ दिन नेपालमा

Home delivery of items purchased online have banned in Nepal amid claims of delivery drivers spreading coronavirus.

Home delivery of items purchased online have banned in Nepal amid claims of delivery drivers spreading coronavirus. Source: EPA

कोरोनाभाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि दुर्व्यवहार भएको भन्दै दोषीहरु माथि कारवाही हुने सरकारी भनाइ र अनलाइन विक्रेता बाट सामान डेलिभरी गर्नेहरुले सङ्क्रमण फैलाउने बन्दै डेलिभरी सेवा भन्दा गर्ने निर्णय लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार।


कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसको संख्या ३७ हजार भन्दा बढी पुगेको छ, र मृतकको संख्या २०० भन्दा बढी पुगेको छ।

कोरोनाको संक्रमण सरकारको सर्वोच्च तहमा पनि पुग्न थालेको छ। सम्पर्कमा आएका एकजना सैनिकमा कोरोनाको संक्रमण देखिएपछि तीनजना मन्त्रीहरु, उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री राम बहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल घरमै एकान्तवासमा बसिरहेका छन् भने ९ जना अंगरक्षकमा कोरोना देखिएपछि नेकपा नेता माधव नेपाल पनि घरमै एकान्तवासमा छन्।

उद्योगपति विनोद चौधरीले पनि आफुमा कोरोना संक्रमण देखिएको बताएका छन्।

तर यस्तो अवस्थामा पनि खोप र बाल स्वास्थ्यका कार्यक्रम भने नरोकिएको स्वास्थ्य मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख झलक गौतमले बताएका छन्।

"यही लकडाउनकै अवधीमा स्थगित भएको दादुरा रुबेला खोप अभियानलाई पनि हामीले सम्पन्न गर्यौं। यसै वर्ष हामीले पुर्ण खोपयुक्त देश घोषणा गर्ने कार्यक्रम रहेको छ। र त्यो अभियानमा हामी अहिले लागेका छौं।"

कोरोना संक्रमितको संख्या बढेसँगै काठमाण्डुमा निषेधाज्ञा थपिएको छ। अगस्ट २६ सम्मको निषेधाज्ञा अब सेप्टेम्बर २ सम्म जारी रहनेछ। निषेधाज्ञापछि खानेकुरा र विशेषगरी तरकारीको बजारभाउ अचानक बढेर जनजीवन कष्टकर बनेको छ।
Nepal police and community members join in to urge people to wear mask to protect from coronavirus
Nepal police and community members join in to urge people to wear mask to protect from coronavirus Source: RSS

स्वास्थ्यकर्मी माथि दुर्व्यवहार

कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई दुर्व्यवहार गर्ने मानिसहरुलाई तुरुन्तै कारवाही गर्ने गृह मन्त्रालयले जनाएको छ।

काठमाण्डु लगायत देशका विभिन्न ठाउँमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने, घर / डेरामा आउन जान नदिने, कुटपीट गर्ने, घेराउ गर्ने जस्ता घटनाहरु भएको खबर पाएपछि त्यस्तो निर्णय गरेको मन्त्रालयले बताएको छ।

स्वास्थ्यकर्मीबाट कोरोना सर्ने डरले यस हप्ता धेरै ठाउँमा त्यस्ता घटना भएका छन्। 

हालको जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभावमा विरामीको उपचारमा खटेका वा महामारी नियन्त्रणमा लागेका जोकोहीलाई सम्मान तथा उत्प्रेरित गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ।
Health workers treating coronavirus patients in Nepal have been subject to abusive behaviour say authorities
Health workers treating coronavirus patients in Nepal have been subject to abusive behaviour say authorities Source: RSS

बाढीपहिरो

सरकारले बाढी पहिरो लगायत प्राकृतिक प्रकोपबाट हुने क्षतिको आर्थिक स्रोत व्यवस्थापन र पीडित परिवारको आवास निर्माणमा सहजता ल्याउन विपद जोखिम वित्तीय लगानी रणनीति ल्याउने तयारी गरेको छ।

नेपालमा मनसुनी वर्षा र त्यसका कारण जाने बाढी पहिरो अझै रोकिएको छैन।

पछिल्लो हप्ता पश्चिम नेपालका बाग्लुङ, सल्यान, बझाङ, बाजुरा जस्ता ठाउँमा यसको धेरै असर परेको छ। क्षतिको निरीक्षण गर्नका लागि बाजुरा पुगेका गृहमन्त्री रामबहादुर थापाले सरकारका योजनाका बारेमा थप जानकारी दिएका छन्।

"जुन परिवारमा बाढी पहिरोको प्रकोपका कारणले निधन भएको छ, उनीहरुलाई राहत स्वरुप दिँदै आएको रकम दुइ गुणा बढाएको छ। अन्य राहत रकमलाई पनि दुइ गुणा बढाएको छ। र जो घाइते हुनुभएको छ, उनीहरुलाई निःशुल्क उपचार गर्ने नीति सरकारले लिएको छ।"

साबिकभन्दा धेरै वर्षा भएको यो वर्षमा पहाडका ठुला खण्ड खस्ने र धेरै जनधनको क्षति हुने प्रवृत्ती देखिएको छ। अचानक भारी वर्षा हुने, एकै ठाउँमा धेरै वर्षा हुने जस्ता अप्रत्याशित घटनाक्रम पनि बढेका छन्।

एका तर्फ जलवायु परिवर्तनको असर र अर्कोतर्फ पहाडहरुमा सडक र कंक्रिट घर निर्माण गर्ने क्रम बढेकाले वर्षाको पानी बग्ने बाटोमा अवरोध भएर समस्या बढेको अनुमान गरिएको छ।

यो वर्ष बाढी पहिरोका ७०० भन्दा बढी घटना भएका छन्, जसमा २५० जना भन्दा बढीको मृत्यु भएको छ र हजारौं विस्थापित भएका छन्। 

Landslides in Nepal
Landslides in Nepal Source: RSS

विप्रेषण

नेपालमा आप्रवासी कामदारले पठाउने विप्रेषण धेरै घट्ने अनुमान गरिएतापनि यो आर्थिक वर्षको विप्रेषण गत वर्षको भन्दा आधा प्रतिशत मात्रै कम देखिएको छ।

जुलाइ महिनामा अन्त्य भएको आर्थिक वर्षमा विप्रेषणको रकम ८ खर्ब ७५ अर्ब पुगेको छ।विभिन्न आर्थिक संस्थाहरुले विप्रेषण १४ देखि ३० प्रतिशतसम्म घट्ने प्रक्षेपण गरेका थिए, तर विप्रेषणले ती अनुमानहरुलाई गलत साबित गरेको छ।

अनुमान गरेजति संख्यामा आप्रवासी कामदारहरु नेपाल नफर्केको हुनाले त्यस्तो हुन पुगेको बताइएको छ।

भारत बाहेकका अरु देशमा र विशेषगरी खाडी मुलुकहरु र मलेशियामा गरेर ५० लाखसम्म नेपाली आप्रवासी कामदार रहेको अनुमान गरिएको छ भने ती मध्ये ५० हजार मात्रै कोरोनाको संकटका क्रममा नेपाल फर्किएका छन्।

कतिपय निर्माण कामहरु र उद्योगहरु सञ्चालन भइरहेका हुनाले विप्रेषण धेरै नघटेको बताइएको छ।

त्रिभुवन विश्वविद्यालय

कोरोना संकटका कारणले रोकिएको त्रिभुवन विश्वविद्यालयको वार्षिक परीक्षा दशैँ पछाडि मात्र हुने भएको छ।परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि बन्दाबन्दी खुलेसँगै सवारी साधन सञ्चालन भएपछि सो निकायले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो।

तर संक्रमण बढेसँगै सार्वजनिक यातायात फेरी बन्द भएका छन् र पढाइ छोडेर गाउँघर फर्किएका विद्यार्थीहरु परीक्षा दिन आउन नसक्ने पनि भएको छ।

होम डेलिभरी बन्द

सरकारले अनलाइन डेलिभरी सेवाहरु बन्द गरेसँगै काठमाण्डुमा जनजीवन झन् कष्टकर बनेको छ।

काठमाण्डुमा बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएको समयमा पनि केही ई–कमर्श कम्पनीहरुले अनलाइन अर्डरहरु लिएर सामानहरु घरमै पुर्याइदिने कामहरु गरिरहेका थिए।

तर, धेरै ठाउँमा घुम्ने यस्ता डेलिभरी गर्ने व्यक्तिहरुले संक्रमण फैलाउने भन्दै जिल्ला प्रशासनले यस्तो सेवामा कडाइ गर्न थालेको छ।

प्रहरीले बिहीबारदेखि यस्ता सेवा दिनेहरुमाथि धरपकड पनि गरिरहेको छ।

यस्तो धरपकडको विरोधमा व्यवसायीहरुको एक समूहले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ र विभिन्न व्यक्ति र समूहहरुले पनि यसको विरोध गरिरहेका छन्। तर सरकारले भने यसलाई सम्बोधन गरेको छैन।
A man wears a mask as he cleans his money exchange shop at Thamel, a major tourist hub, after government ended the COVID-19 coronavirus lockdown in Kathmandu, Nepal, 22 July 2020.
A man wears a mask as he cleans his money exchange shop at Thamel, a major tourist hub, after government ended the COVID-19 coronavirus lockdown in Kathmandu. Source: AAP, EPA

Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand