Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

‘गोली र अन्नले दमन अनि त्यसपछिको नयाँ जीवनको झलक दिन्छ’

Lavkant Chaudhary

कलाकार लवकान्त चौधरीको एकल कला प्रदर्शनी काठमाण्डुको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ र ९ जनवरीसम्म रहनेछ। चौधरीले आफ्नो कलाकृतिमा थारू समुदायका ईतिहास र वर्तमान अवस्था झल्किने कलाकृति बनाएका छन्।


Published

Updated

By Sewa Bhattarai

Presented by SBS Nepali

Source: SBS



Share this with family and friends


कलाकार लवकान्त चौधरीको एकल कला प्रदर्शनी काठमाण्डुको सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ र ९ जनवरीसम्म रहनेछ। चौधरीले आफ्नो कलाकृतिमा थारू समुदायका ईतिहास र वर्तमान अवस्था झल्किने कलाकृति बनाएका छन्।


त्यसका साथै उनले कलाकृतिमा चित्रकला मात्रै नभएर विभिन्न वस्तुहरू राखेर इन्स्टलेशन पनि बनाएका छन् र थारू संस्कृतिमा भित्तामा कोरिने कला र माटोको घैलामा बनाइने कलाकृति पनि बनाएर थुप्रै प्रयोगहरू गरेका छन्।

उनीसंग सेवा भट्टरार्इले उनको कलाले दिन खोजेको सन्देश र समसामयिक कलामाहुन थालेका प्रयोगका बारेमा कुराकानी गरेकी छिन्। 

एसबीएस नेपाली: प्रदर्शनीमा कस्तो कस्तो कलाकृति राख्नुभएको छछोटो परिचय दिनुस् न। 

लवकान्तः शुरूमा त म मेरो शीर्षक 'मासिन्या दस्तूर'को बारेमा भन्छु। मासिन्या भनेको मास्न मिल्ने, काट्न मिल्ने। मासिन्या काटिन्या भनिन्थ्यो। त्यो चाहिँ जंगबहादुरले मुलुकी ऐनमा लागु गरेका थिए। जात विभाजन गर्दा मासिन्या भनेर थारू, कुमाल,हायु, शेर्पा,तामाङहरूलार्इ त्यसरी वर्गीकरण गरेको थियो। दस्तूर चाहिँ एक किसिमको कानुन हो। त्यसले गर्दा मैले मासिन्या दस्तूर नाम राखेको हुँ। त्यस्तै खालको कामहरू छन्। 

यहाँ इन्स्टलेशन पनि छ जहाँ तपार्इले दाल,चामल र विभिन्न अनाजहरूमा बन्दुकको गोलीहरू राख्नुभएको छ। त्यो इन्स्टलेशनको के अर्थ छ?

हाम्रो कृषि प्रधान देशमा तरार्इका मुसहर,थारू, मधेसीहरूले यी अनाजको खेती गरेर राष्ट्रनिर्माणमा पहिल्यै देखि सहयोग गरिरहेका थिए। गोली जीविन लिने चीज भयो भने अन्न जीवन दिने चीज हो। जतिसुकै दमन गरे पनि त्योसंगै नयाँ सघर्ष र नयाँ जीवन भइराहन्छ भन्ने मेरो कामले देखाएको छ।

Lavkant Chaudhary
Source: SBS Nepali

'डिडिटि'भन्ने तस्वीरमा मानिसहरू मलेरिया हटाउने औषधी छर्किरहेका छन्,र पृष्ठभूमीमा थारू चित्रकला देखिन्छ….

सन् १९५० र १९६० को बीचको दशकमा नेपाल सरकारले विश्व स्वास्थ्य संगठन र अमेरिकी सहयोग निकाय (युएस एड)को सहयोगमा तरार्इमा डिडिटि भन्ने रसायन छरेर मलेरिया उन्मूलन कार्यक्रम चलायो। त्यो भन्दा अगाडि औलोको कारणले देशभित्र आन्तरिक बसार्इं सराइ भएको थिएन। औलो उन्मूलनपछि ठुलो संख्यामा मानिसहरू तरार्इमा बस्न आउँछन्। बसार्इं सराइका कारणले थारू, मुसहर, र अरू मधेसीहरूको जीवनचक्र नै तहसनहस भयो। मैले यो कुरालार्इ थारू कलाशैलीमा देखाएको छु। थारू घरमा भित्तामा अलिकति माटोलार्इ उठाएर आकृतिहरू बनाइन्छ। मैले त्यही शैलीमा जीवनचक्र बनाएको छु। डिडिटिले जनावरहरूलार्इ पनि असर गरेको थियो। शुरूमा धेरै मात्राका कारण कुकुर बिरालोहरू नै मरेको र्इतिहास छ। विभिन्न देशमा प्रतिबन्धित गरिसक्दा पनि नेपालमा त्यो छर्किएको थियो। त्यसले पर्यावरणलार्इ नै विनाश गर्दा समेत किन ती पक्षप्रति ध्यान दिइएन? भन्ने मेरो काम हो। 

तपार्इंले आफ्नो काममा थारू समुदायप्रति भएका विभेदहरू देखाउनुभएको छ। तपार्इंको कामलार्इ कला भन्ने कि अभियान भन्ने?

कला भनेको घर सजाउनका लागि मात्रै हो भन्ने एउटा सोच छ। तर कला त्यतिमा मात्रै सीमित हुँदैन होला जस्तो लाग्छ मलार्इ। आफ्नोकुराहरूअभिवयक्ति गर्ने माध्यम पनि हो। जस्तै, टिकापुरको घटना घटेपछि मूलधारका सञ्चार माध्यम र सरकाले थारूहरूको राक्षसीकरण गर्यो। त्यो किन गर्यो त? भन्ने प्रश्नबाट मैले टिकापुर सम्बन्धी कामहरू गरें। 

तपार्इंको प्रदर्शनीमा धेरै खालका प्रयोगहरू छन्। चित्रकला मात्रै होइन कि छतबाट झुण्ड्याइएका कलाकृतिहरू,माटोको भाँडामा प्वाल पारेर त्यसभित्र बत्ती बालेर गरिएका इन्सटलेशनहरू र भित्तामा माटोले बनाइएको अष्टिम्कि कला छ। त्यसको सँगसँगै तपार्इंले चित्रकलामा थारू तरीका र शैलीहरू पनि प्रयोग गर्नुभएको छ। आजको समसमायिक कलामा यस्तो आदिवासी कलाको कस्तो प्रभाव देख्नुहुन्छ?र समसामयिक कलामा प्रयोगहरूलार्इ कसरी हेर्नुहुन्छ?

ललितकला भनेको र्इतिहास र संस्कृतिसंग सम्बन्धित कुरा हुन्छ। तर हामीले मास्टर्स पढि सक्दासम्म पनि त्यस्तो कुरा पढेनौं किनकी हामीले धेरैजसो पश्चिमा संस्कृति र कलाका बारेमा पढ्छौं। हाम्रो आफ्नै खालको कला र संस्कृति भने पढार्इ हुँदैन। त्यसैले मैले आफ्नो र्इतिहासको खोजी र 'रिक्लेम'पनि गर्न खोजेको हो। जस्तै मैले जोखन रत्गैयाँ भन्ने थारू लेखक /नेता/ अभियन्ताको डायरीमा काम गरेको छु। वहाँलार्इ द्वन्द्वकालमा शाही सेनाले सुराकी गरेर मारेको थियो। वहाँले प्रधानमन्त्री, मन्त्रीजस्ता मान्छेलार्इ उठाउनु भयो, जसको अभिलेख भोलि गएर शिलालेखमा पार्इन्छ। तर जोखन रत्गैयाँको अभिलेख कतै पनि पाउँदैनौं। त्यसैले मैले वहाँको डायरीलार्इ काठमा कुँदेर बनाएँ। थारूहरूको जंगलसँगको सम्बन्धका कारण काठ प्रयोग गरें। त्यसलै विभिन्न माध्यममा प्रयोग गरेको हुँ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now