Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

कोरोनाभाइरस: घरबाटै काम गर्दा ८० सेन्ट प्रतिघण्टा सम्मको दाबी ट्याक्स रिटर्नमा गर्न सकिने

Tax claim should not be lodge too early: ATO warns

Tax claim should not be lodge too early: ATO warns Source: Pixabay

कोभिड-१९ का कारण आफ्नो घरबाटै काम गरिरहेका १० लाख बढी मानिसहरुले त्यसबापत प्रत्येक घन्टा ८० सेन्टका दरले आफ्नो करमा छुट दाबी गर्न सकिने गर्न सक्ने बताइएको छ।


Published

Updated

By SBS Nepali, Stephanie Corsetti

Source: SBS




Share this with family and friends


कोभिड-१९ का कारण आफ्नो घरबाटै काम गरिरहेका १० लाख बढी मानिसहरुले त्यसबापत प्रत्येक घन्टा ८० सेन्टका दरले आफ्नो करमा छुट दाबी गर्न सकिने गर्न सक्ने बताइएको छ।


कोरोनाभाइरस सङ्क्रमणलाई फैलन बाट रोक्न भन्दै ल्याइएका नियमहरुका कारण अस्ट्रेलियामा ठुलो सङ्ख्यामा मानिसहरुले हाल आफ्नै घर बाटै काम गरिरहेका छन्।

सामान्य रूपमा वार्षिक ट्याक्स रिटर्न गर्दा मानिसहरुले आफ्नो काम अन्तर्गत भएका खर्चहरुलाई दाबी गर्न सक्ने अवस्था रहने गर्दछ। तर कोभिड-१९ का कारण अहिले घर बाटै आफ्नो कार्यालयको झैं काम गर्नुपर्दा के घरको बिजुली र पानीको लगायतका शुल्कहरुलाई पनि कर बाट फिर्ता लिन सकिने छ त?

थप रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यस शृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि अस्ट्रेलियाली कर कार्यालय, आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

e968806e-f4c6-4c94-be3c-371e46b231f8


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now