अस्ट्रेलियाको मौसम विभागले जनवरी महिनालाई आजसम्मकै सबैभन्दा धेरै गर्मी भएको महिनाको रूपमा रहेको जनाएको छ। जनवरी महिनाको मौसम सम्बन्धी संक्षिप्त विवरणले यस अवधिमा देशभरको औसत तापक्रम ३० डिग्रीभन्दा माथि रहेको देखाएको हो । अझै कहिले सम्म यस्तो अवस्था रहला त?
३० डिग्री औसत तापक्रम यस अघि कुनै पनि महिनामा नदेखिएको भन्दै मौसमविद्हरूले जनवरी महिनालाई गर्मीको हिसाबले अभूतपूर्व महिनाकै रूपमा लिएका छन्।
अस्ट्रेलियाभर जनवरी महिना इतिहासकै सबैभन्दा गर्मी महिनाका रूपमा रहँदा यसले औसत तापक्रममा मात्र होइन, दुवै अधिकतम र न्यूनतम तापक्रमको रेकर्ड पनि तोडेको छ।
अस्ट्रेलियन क्यापिटल टेरिटरी अन्तर्गत क्यानबेरा विमानस्थलमा ४ दिन सम्म ४० डिग्री भन्दा माथिको तापक्रम रेकर्ड भएको छ।
अस्ट्रेलियामा देखिएको सुख्खा र गर्मी मौसमका बारेमा मौसमविद् बिमल केसीले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।
मौसम विभाग द्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा वर्षा औसत भन्दा कम रहेको र न्यु साउथ वेल्स, भिक्टोरिया र नर्दर्न टेरिटरी मा यो जनवरी महिना नै सबैभन्दा बढी गर्मी हुने जनवरी महिना बन्यो।

त्यस्तै क्विन्सल्याण्ड, क्यानबेरा, दक्षिण अस्ट्रेलिया र पश्चिम अस्ट्रेलियामा यो वर्षको जनवरी महिना अघिल्ला केही धेरै गर्मी भएका जनवरी महिना मध्ये एक बन्यो।
त्यस्तै क्विन्सल्याण्ड, क्यानबेरा, दक्षिण अस्ट्रेलिया र पश्चिम अस्ट्रेलियामा यो वर्षको जनवरी महिना अघिल्ला केही धेरै गर्मी भएका जनवरी महिना मध्ये एक बन्यो।





