मुख्य बुँदाहरू
- मतदाता नामावलीमा नाम हुने सबैजनाले अस्ट्रेलियामा मतदान गर्नु अनिवार्य छ।
- भोट हाल्ने तरिका र यस सम्बन्धी सहायता थुप्रै भाषाहरूमा उपलब्ध छ।
- चुनावको दिन मतदान केन्द्र पुगेर भोट हाल्न नसक्ने मतदाताहरूका लागि वैकल्पिक व्यवस्थाहरू पनि उपलब्ध छन्।
- आफ्नो मत खेर नफाल्न, तपाईँले मतदान सम्बन्धी निर्देशनहरू राम्ररी पालना गर्नुपर्छ।
उपलब्ध अडियो सामाग्रीका लागि पेजको माथिल्लो भागमा रहेको प्लेयरमा प्ले बटन थिच्नुहोस्।
अस्ट्रेलियन इलेक्टोरल कमिसन वा एइसी भनिने एक स्वतन्त्र निकायले अस्ट्रेलियामा निर्वाचन सम्बन्धी प्रणालीहरूको व्यवस्था मिलाउँदै, सबै योग्य मतदाताहरूलाई हाम्रो सङ्घीय सरकार छान्ने अवसर प्राप्त रहेको सुनिश्चित गर्छ।
आफ्नो निर्वाचन क्षेत्र पहिचान गर्नुहोस्
हाल अस्ट्रेलियामा कूल १५० निर्वाचन क्षेत्र छन्।
आफू बस्ने निर्वाचन क्षेत्र बारे थाहा पाउन यहाँ जानुहोस्।
थप जानकारीका लागि १३ २३ २६ मा फोन गर्नुहोस् वा टेलिफोन दोभाषे सेवा प्रयोग गर्नुहोस्।
तपाईँको मतदान केन्द्र
एइसीकी एक प्रवक्ता जेस लिली भन्छिन् कि देशभर एइसीले प्राय: गरेर स्थानीय स्कूल र चर्चका हलहरूलाई मतदान केन्द्रका रूपमा रूपान्तरण गर्दै हजारौँ मतदान केन्द्रहरू सञ्चालन गर्छ तर तपाईँले भोट चाहिँ आफ्नै निर्वाचन क्षेत्रमा हाल्नुपर्छ।
यसबारे थप जानकारी एइसीको वेबसाइटमा उपलब्ध रहेको उनको भनाई छ।
लिलीका अनुसार एइसीको वेबसाइटमा गएर तपाईँले अन्य थुप्रै किसिमका जानकारीहरू पनि पाउन सक्नुहुन्छ।
कसैले पनि आफ्नो मताधिकार नगुमाएको सुनिश्चित गर्न एइसीको मोबाइल भोटिङ टोलीहरू आवासीय हेरचार केन्द्रहरू र दुर्गम समुदायहरू समक्ष पुग्ने गर्छन्।
अनि, चुनावको दिन, मतदान केन्द्र पुगेर भोट हाल्न नसक्ने मतदाताहरूका लागि वैकल्पिक व्यवस्थाहरू पनि उपलब्ध छन्, जस्तो कि पोस्टल भोट भनिने हुलाकद्वारा मतदान गर्न मिल्ने व्यवस्था।

आफ्नो भाषामा जानकारी पाउनुहोस्
माथि उल्लेख गरिए जस्तै मतदान सम्बन्धी जानकारीहरू थुप्रै भाषामा उपलब्ध छन्।
भोट दिन जाँदा, मद्दतका लागि आफुसँगै कसैलाई साथी लिएर मतदान केन्द्र जान सकिन्छ।
भोट हाल्ने अन्य विधि
चुनावको दिन, मतदान केन्द्र पुगेर भोट हाल्न नसक्ने मतदाताहरूका लागि वैकल्पिक व्यवस्थाहरू पनि उपलब्ध छन्, जस्तो कि पोस्टल भोट भनिने हुलाकद्वारा मतदान गर्न मिल्ने व्यवस्था।
अर्ली भोटिङ सेन्टरहरू चुनावको दिनभन्दा केही हप्ता अघि नै खुलिसेका हुन्छन्।
पोस्टल भोटको सुविधा प्रयोग गर्न तपाईँले एइसीको वेबसाइट गएर निवेदन हाल्न सक्नुहुन्छ।
अनि, चुनावको दिन आफू अन्य राज्य वा प्रदेशमा हुने तपाईँको योजना छ भने पनि, तपाईँले पोस्टल भोटको सुविधा प्रयोग गर्न सक्नुहुन्छ वा तपाईँले इन्टरस्टेट भोटिङ सेन्टरहरूमा पुगेर मतदान गर्न सक्नुहुन्छ।
चुनावका बेला तपाईँ देश बाहिर हुनुहुन्छ भने पनि तपाईँले भोट खसाल्न पाउनुहुन्छ।
यसका लागि आवश्यक पर्ने र तपाईँको व्यक्तिगत अवस्था अनुसार भर्न मिल्ने ओभरसिज नोटिफिकेसन फर्म एइसीको वेबसाइटमा उपलब्ध छ।

भोट हाल्न सिकाउने सामाग्री बारे
मतदान केन्द्र बाहिर विभिन्न पार्टीहरूले भोट हाल्ने जानकारी वितरण गरिरहेको तपाईँले देख्न सक्नुहुन्छ।
तर, चुनावी मामिला सम्बन्धी एक विश्लेषक विलियम बोओ भन्छन् कि यस्ता पर्चामा देखाएकै जस्तो गरी तपाईँ भोट हाल्नु पर्दैन।
भोट हाल्ने तरिका
तपाईँलाई मतदानको बेला दुईवटा मतपत्र दिइन्छ, एउटा हरियो अनि अर्को चाहिँ सेतो।
हरियो मतपत्र
तपाईँको निर्वाचन क्षेत्रबाट उठेका कुनै एक उम्मेदवारलाई हाउस अफ रिप्रेसेन्टेटिभ्स वा लोअर हाउस अफ पार्लियामेन्ट पनि भनिने संसद्को तल्लो सदनसम्म पुर्याउन हरियो मतपत्रमा भोट हालिन्छ।
हाल अस्ट्रेलियाको हाउस अफ रिप्रेसेन्टेटिभ्समा प्रत्येक निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने कूल १५० सिट छन्।
र, तल्लो सदनमा सबैभन्दा धेरै सिट जित्ने पार्टीले प्राय सरकार निर्माण गर्ने बोओको भनाई छ।
अनि, यसरी धेरै सिट जित्ने पार्टी वा गठबन्धनको नेता नै प्रधानमन्त्री बन्छन्।
हरियो मतपत्रमा भोट हाल्न तपाईँले आफ्नो छनौटमा परेको उम्मेदवारको नाम सँगै अङ्ग्रेजी अक्षरको अङ्कमा १ वा वन् भनेर लेख्नुपर्छ अनि त्यसै गरी क्रमैसँग आफूलाई मन परेको दोस्रो, तेस्रो लगायतका सबै उम्मेदवारहरूको नामसँगैका बाकसमा क्रमश: 2, 3 गर्दै उक्त मतपत्रमा रहेका सम्पूर्ण प्रत्याशीहरूको नामसँगको बाकसहरू भर्नुपर्छ।
सेतो मतपत्र
सेतो मतपत्र चाहिँ सिनेट वा अपर हाउस भनिने उपल्लो सदनमा रहेका ७६ सिटमा आफ्नो राज्य वा प्रदेशबाट एकजना सिनेटर निर्वाचित गर्न प्रयोग हुने भएकाले यसमा भोट हाल्ने प्रक्रिया अलिक छ भन्छन्, विलियम बोओ।
राज्य वा प्रदेशभरका सबै उम्मेदवारहरूको नाम उल्लेख हुने भएकाले यो सेतो मतपत्र ज्यादै नै लामो हुने पनि उनी बताउँछन्।
र, यो मतदान प्रणालीलाई प्रिफरेन्सियल भोटिङ भनिन्छ।
आफूले चाहेको क्रममा उम्मेदवारहरूको नामसँगको बाकसमा १ देखि क्रमश: नम्बरहरू लेख्दा सोही अनुसार तपाईँको भोटको वजन कायम हुन्छ।

इन्फरमल भोट
आफ्नो मत खेर नफाल्न, तपाईँले मतदान सम्बन्धी निर्देशनहरू राम्ररी पालना गरेको हुनुपर्छ।
तपाईँको मतपत्र सही तरिकाले भरिएको छैन भने यसलाई ‘इन्फरमल भोटिङ’ को रूपमा लिइन्छ र यसरी बदर भएका मत चुनावको नतिजामा गणना हुँदैनन्।
उम्मेदवारको नामसँगको बाकसहरूमा अङ्ग्रेजी अक्षरका अङ्कहरूको सट्टा अन्य कुनै चिन्ह वा मतपत्रमा आफ्नो पहिचान खुल्ने केही लेखिएमा, ती भोटहरू इन्फरमल हुन्छन्।
मतदान नगर्दा के हुन्छ?
अस्ट्रेलियामा मतदान अनिवार्य छ।
भोट नहाल्ने जायज कारणहरू एइसीको निर्णयमा निर्भर हुन्छन् जसले तपाईँले भोट नहाल्न दिएका कारणहरूको जाँच गर्नेछ।
जस्तो विदेशमा रहेका केही मानिसहरू मतदानमा भाग लिन असमर्थ हुन सक्छन्।
एइसीका अर्का प्रवक्ता इभान एकिन-स्मिथ भन्छन् कि बिना उपयुक्त कारण तपाईँ मतदानमा अनुपस्थित रहनुभयो भने, तपाईँले जरिमाना तिर्नुपर्ने हुनसक्छ।
AEC disinformation register
The AEC is independent and impartial, and the election process is extremely robust. The AEC has launched its Disinformation Register to address misleading and deceptive information surrounding the Australian election process.
Find out more about how to vote at aec.gov.au or call 13 23 26.
This episode was originally created in 2022. It has been fact-checked and updated.
Subscribe or follow the Australia Explained podcast for more valuable information and tips about settling into your new life in Australia.
Do you have any questions or topic ideas? Send us an email to australiaexplained@sbs.com.au






