कोरोनाको महामारी बढ्दो र सर्वदलिय राजनीतिक बैठक निष्कर्ष बिहीन: गत ७ दिन नेपालमा

Nepal Prime Minister KP Sharma Oli

Nepal Prime Minister KP Sharma Oli Source: RSS

यस हप्ता ८०० सम्मको दरले कोरोनाभाइरस सङ्क्रमितहरुको संख्या बढेको र प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलिय बैठक राजनीतिक निष्कर्ष बिना टुंगिएको लगायत गत ७ दिनका नेपालका प्रमुख समाचार।


रिपोर्ट सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्

कोरोना

नेपालमा कोरोनाको माहामारी बढ्दो क्रममा छः संक्रमितको संख्या गत हप्ता प्रति दिन ३०० जनाको दरले बढिरहेको थियो भने यस हप्ता प्रति दिन ७०० देखि ८०० को दरले बढिरहेको छ ।

मृत्यु हुनेको संख्या झण्डै ३०८० छ भने कुल संक्रमित झण्डै ८४ हजार पुगेका छन् र सकृय संक्रमितको संख्या ५५ सय भन्दा बढि भएको छ।

कोरोनाको युके भ्यारिएन्टको पनि तिव्र गतिमा संक्रमण फैलिईराखेको हुँदा हरेक सरकारी अस्पतालले संक्रमितका लागि घटिमा ५० बेड छुट्याउनुपर्ने मापदण्ड तोकिएको छ। 

यसै क्रममा भर्खरै मात्र नेपालको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न मन्त्रीपरिषद्लाई सिफारिश गरेको छ र संसदले पनि त्यसलाई समर्थन गरेको छ।

A Nepalese health worker sticks a paper that mentions resting time on the hand of elderly people after they received Covishield COVID-19 vaccine in Kathmandu, Nepal, Sunday, March 7, 2021
A Nepalese health worker sticks a paper that mentions resting time on the hand of elderly people after they received Covishield COVID-19 vaccine in Kathmandu, N Source: AP Photo/Niranjan Shrestha via AAP

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिकी अध्यक्ष तारादेवी भट्ट भन्छिन्, "विद्यालयमा विद्यार्थीहरु भौतिक उपस्थिति हुने सिकाइ तत्काल बन्द गरि वैकल्पिक विधिबाट वर्तमान अवस्था अनुसार पठनपाठन कडाइका साथ गराउन यो समिति नेपाल सरकारलाई निर्देशन दिन्छ।" 

यस हप्ता नेपालमा चीन सरकारबाट अनुदान स्वरुप आएको ‘भेरोसेल’ खोप देशका विभिन्न अस्पतालहरुमा लगाईयो र यो आईतबारसम्म लगाइँदैछ। जम्मा खोप लिने मानिसको सङ्ख्या १९ लाखको हारहारीमा पुगेको छ। 

सरकारले आगामी हप्ता अप्रिल २० देखि २४ सम्म गत जनवरीमा पहिलो चरणको कोभिशिल्ड खोप लगाउने व्यक्त्तिहरुलाई दोस्रो चरणको खोप प्रदान गर्ने घोषणा गरेको छ।   

सर्वदलीय बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बोलाएको सर्वदलिय बैठक राजनीतिक निष्कर्ष बिना टुंगिएको छ।

प्रधानमन्त्रीले बोलाएको यस बैठकमा हालको राजनीतिक गतिरोधको बारेमा छलफल गरिने अपेक्षा गरिएको थियो। तर त्यसो नभएर यो बैठक कोरोना लगायतका समसामयिक विषयमा केन्द्रित रहेको बताइएको छ। 

प्रधानमन्त्रीले सभामुख अग्नी साप्कोटालाई संसदमा अमेरिकासँगको अनुदान सम्झौता (एम्. सि. सि.) को प्रस्तुती नगरेको आरोपमा आक्रोश पोखेका थिए। 

दुई वर्षयता एम.सी.सी. को काम अड्किएको विषयलाई प्रधानमन्त्रीले आलोचना गर्दै गर्दा अन्य दलका नेताले पनि यसको समर्थन गरेको सहभागी नेताहरुको भनाई छ। 

सर्वदलीय बैठक भनिएतापनि बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित थिए, र उनको पार्टीको प्रतिनिधिका रुपमा सभामुख साप्कोटा मात्र उपस्थित थिए।  

Nepali political leaders at a meeting in Budhalinkantha, Nepal.
Nepali political leaders at a meeting in Budhalinkantha, Nepal. Source: RSS

नायव सुब्बाको आन्दोलन

बिहिबार सिंहदरबारभित्र नायब सुब्बाहरुले संसदको राज्य व्यवस्था तथा सुसाशन समितिबाट पारित भई संसदमा पुगेको संघीय निजामती सेवा ऐनको विरुद्धमा आन्दोलन गरेका छन्।

उनीहरुले उक्त्त ऐन कर्मचारी मैत्री नभएको दावी गरेका छन्। त्यो ऐन उनीहरुको मनोबल घटाउने खालको रहेको हुनाले यस्तो कदम चाल्न पुगेको उनीहरुको भनाई छ।

उनीहरुका तीनवटा माग छन्: राजपत्र अनङ्कित तृतिय श्रेणीको पदपूर्तीमा ३० प्रतिसत बढुवा कायम गरिनुपर्ने, रिक्त्त पदहरुमा आन्तरिक प्रतिस्पर्धाबाट पूर्ति गर्नुपर्ने तथा राजपत्र प्रथम र द्वितिय श्रेणीको खुला विज्ञापनमा राजपत्र अनङ्कित अनुभवलाई पनि मान्यता दिनुपर्ने।

आन्दोलनकारीहरुका अनुसार उक्त्त कर्मचारीहरुको सेवा, सुविधा र अवसरहरुलाई घटाईएको छ। प्रदर्शनको क्रममा प्रहरीले केहि नायब सुब्बाहरुलाई नियन्त्रणमा लिएको छ।

यसअघि मङ्गलबार नेपाल निजामति कर्मचारी युनियन संघले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरेर यस विधेयक फिर्ता गर्न माग गरेको थियो र त्यो पुरा नभएमा आन्दोलन गर्ने चेतावनी दिएको थियो।   

वातावरण र मौसम

शुक्रबार र शनिबार परेको भिषण वर्षाले गर्दा नेपालमा वायू प्रदुषण घटेको छ। गत हप्ता काठमाडौंको एक्यूआई अनुसार यो सहर विश्वकै अत्याधिक प्रदुषण भएका मध्येको सुचीमा परेको थियो।

 गण्डकी प्रदेशमा बिहिबार दिउँसो नै गाढा बादल लागेको कारण अध्याँरो भएको थियो। 

प्रदुषण र प्रिमनसुनको बादलको कारण यस्तो भएको अनुमान गरिएको छ। देशभर लागि राखेको डढेलोले पनि चरम रुप लिन पुगेको थियो र डढेलो पनि अँध्यारोको कारक मनिएको छ।

यस हप्ताको एक तथ्यांकको अनुसार डढेलोले लाङटाङ राष्ट्रिय निकुञ्जको २५ हेक्टर जंगल सखाप पारेको छ। प्रदुषण बढेतापनि मानिसहरुले सडकमा सवारी साधन चलाउन छोडेका छैनन् र बाटोमा उत्तिकै चाप देखिन्छ।

 बिहीबार देखि मौसम बदलिन थालेर देशभर हावाहुरी आउनुका साथै पानी र असिना समेत परेको छ। धनकुटमा बिहिबार साँझ भिषण असिना पानी परेर एकै दिनमा करोडौँको बाली नष्ट भएको छ।  

A helicopter pours water in an effort to douse a forest fire in Shivapuri National Park on the outskirts of Kathmandu, Nepal, Sunday, April 11, 2021. (AP Photo/Niranjan Shrestha)
A helicopter pours water in an effort to douse a forest fire in Shivapuri National Park on the outskirts of Kathmandu, Nepal, Sunday, April 11, 2021. Source: Nirajan Shrestha/AP via AAP

नयाँ वर्ष

नेपाली नयाँ वर्ष २०७८ को अवसर पारेर विभिन्न राजनीतिज्ञले आफ्नो शुभकामना सन्देश दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो वक्तव्यमा गत वर्ष निरर्थक नरहेको दावी गरेका छन्।   

"कोभिडको महामारी भएपनि, केही राजनीतिक अस्वस्थता भएपनि, यो वर्ष र पछिल्लो वर्ष निरर्थक वर्ष रहेनन्। उपलब्धिको वर्ष नै रह्यो। पुनर्निर्माणका कामहरु पुरा गर्यौं। नयाँ र्निर्माणका कामहरु पुरा गर्यौं। नयाँ नयाँ, असाधारण, दूरगामी महत्वका थुप्रै योजनाहरु अगाडि बढायौं।"  

उनको यो भनाईलाई धेरैले आलोचना गरेका छन्, र मानिसहरुले विभिन्न सामाजिक सञ्जाल तथा अन्य मिडियाहरु मार्फत आफ्नो धारणा पोख्दै, प्रधानमन्त्रीले आफ्नो सरकारको अलोकप्रियता ढाकछोप गर्नका लागि यस्तो भनेको आरोप लगाएका छन्।

यसैगरि पूर्वराजा ज्ञानेन्द्र शाहले पनि नेपाली जनतालाई संबोधन गरेर नयाँ वर्षको शुभकामना सन्देश दिएका छन् र सर्वसाधारणको जिवनस्तरमा उन्नती हुनुपर्ने कुरा गरेका छन्। उनको यो शुभकामना सन्देस हरिद्वारको कुम्भमेलाको माहोलबाट दिइएको हो, जहाँ उनी त्यसताका पुजाआजामा सम्मिलित थिए। 

धेरै मानिसले शाहको यस्तो बढ्दो धार्मिक गतिविधि र वक्तव्यलाई नेपाली राजनितिमा सकृय हुने प्रयासका रुपमा अनुमान गरेका छन्।  

Peoples from the Newari community play traditional instruments while throwing vermilion Powder (Sindoor) to each other during the Sindoor Jatra festival.Revelers carried chariots of the Hindu gods and goddesses and hurled vermillion powder onto each other
Peoples from the Newari community play traditional instruments while throwing vermilion Powder to each other during the Sindoor Jatra festival. Source: Sipa USA Prabin Ranabhat / SOPA Images/Si

बिस्का जात्रा

गत वर्ष कोरोनाका कारणले रोकिएको बिस्का जात्रा मनानउन पाउँदा भक्तपुरवासी खुशी बनेका छन्।

भक्तपुरको मुख्य पर्व बिस्का जात्रामा एक हप्ता छुट्टी दिइन्छ, र जात्राका क्रममा रथ तानातान र सिन्दुर जात्रा लगायतका कार्यक्रम रहन्छन्।

यस वर्षको बिस्का जात्रा आईतबार सम्पन्न भएको छ। कोरोनाको महामारी बढ्द रहेको सन्दर्भमा हजारौं मानिसको सहभागिता रहेको जात्राले जनस्वास्थ्यका बारेमा चिन्ता भने बढाएको छ।

A Nepali man pierces his tongue during festival in Bhaktapur, Nepal
A Nepali man pierces his tongue during festival in Bhaktapur, Nepal Source: RSS
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now