SKIP TO MAIN CONTENT

तेस्रो खेलमा जीत पछि भारत क्लिन स्विपबाट जोगियो

India's Virat Kohli, left, celebrates with teammates after defeating Australia in their one day international cricket match at Manuka Oval in Canberra, Australia, Wednesday, Dec. 2, 2020. India won the match by 13 runs. (AP Photo/Mark Baker)
India's Virat Kohli, left, celebrates with teammates after defeating Australia in their one day international cricket match at Manuka Oval(AP Photo/Mark Baker) Source: AP

एक दिवसीय सिरिजका दुई खेलमा लगातार हार बेहोरेपछि तेस्रो खेलमा भने भारतले प्रशसंकहरुको मन जित्न सफल भएको छ ।


Published

Updated

By SBS Nepali

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

एक दिवसीय सिरिजका दुई खेलमा लगातार हार बेहोरेपछि तेस्रो खेलमा भने भारतले प्रशसंकहरुको मन जित्न सफल भएको छ ।


क्यानबेराको मनुका ओभलमा भएको खेलमा १३ रनको अग्रताले भारतले रोमाञ्चकारी विजय हासिल गरेको छ । 

भारतीय अलराउन्डर हार्दिक पाण्डेयले रवीन्द्र जडेजा सँग छैटौँ विकेटका लागि अविजित १ सय ५० रनको साझेदारी गरी भारतलाई अस्ट्रेलिया विरुद्धको श्रृखलामा क्लिनस्विप हुन बाट जोगाएका छन् । 

तेस्रो वान डे सिरिजमा अस्ट्रेलियालाई १३ रनले हराएर भारत पहिलो जित हात पार्न सफल भएको हो ।

अस्ट्रेलियाको टिम २–१ ले जित्नलाई सफल भएको छ भने भारतले दिएको ३ सय ३ रनको  टार्गेटलाई पिछा गदै अस्ट्रेलियाले २ सय ८९ रन बनाउन सफल भयो ।

An Indian cricket fan reacts as rain delayed the start of the third Twenty20 international cricket match between India and New Zealand in Thiruvananthapuram, India, Tuesday, Nov. 7, 2017. (AP Photo/Aijaz Rahi)
An Indian cricket fan reacts as rain delayed the start of the third Twenty20 Thiruvananthapuram, India, Tuesday, Nov. 7, 2017. (AP Photo/Aijaz Rahi) Source: AAP Image/AP Photo/Aijaz Rahi

भारतको तर्फबाट शार्दु ठाकुर शानदार बलिङका कारण ३ विकेट लिन सफल रहे ।

यसै गरी टी नटराजनले उनको डेव्यु एक दिवसीय खेलमै २ रन बनाउन सफल भए । 

भारतका तर्फबाट ४ र अस्ट्रेलियाका तर्फबाट तिन खेलाडी प्रतिस्थापन भएपछि दुवै टिम नयाँ र फरक देखिएको थियो  । 

हार्दिकले ७६ बलको इनिङ्समा ७ चौका र १ छक्का प्रहार गरे । उनले रवीन्द्र जडेजा सँग १८ ओभरमा छैठौ विकेटका लागि अविजित १ सय ५० रनको साझेदारी गरी भारतलाई क्लिन स्विप हुनबाट जोगाएका हुन् ।

यी दुईको प्रयासमा टस जितेर ब्याटिङ रोजेको भारतले ५ विकेट गुमाई ३ सय २ रन बनाएको थियो । 

भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहाले अस्ट्रेलिया जित भन्दा ३५ रन टाढा रहेको समयमा ग्लेन म्याक्सवेललाई आउट गरेपछि मात्र भारतीय टोलिको जित सफल भएको हो । 

अस्ट्रेलियाबाट एस्टर एगरले दुई तथा जोस हेजलउडले ,सिन एबोट र जाम्पाले १–१ विकेट लिए ।

Australia's Glenn Maxwell bats against India during their one day international cricket match at Manuka Oval in Canberra, Australia, Wednesday, Dec. 2, 2020. (AP Photo/Mark Baker)
Australia's Glenn Maxwell bats against India during their one day international cricket match at Manuka Oval in Canberra, Australia (AP Photo/Mark Baker) Source: AP

खेल पछि ग्लेन म्याक्सवेलले बलको कुशलता हरेक दिन परीक्षण हुने भन्दै एक दिवसीय क्रिकेटमा खेलको विकासको फरक अनुभव हुने बताए । 

भारतमाथि एकदिवसिय अन्ताराष्ट्रिय श्रृखंलामा २–१ को जित हात पारेपछि अस्ट्रेलिया पुरुष क्रिकेट विश्वकप सुपर लिगको अङ्कतालिकाको शीर्षस्थानमा पुगेको छ ।

अस्ट्रेलियाको ४० अङ्क पुगेको छ भने भारत ९ अङ्क सहित छैटौँ स्थानमा रहेको छ । 

पहिलो दुई खेल जितेर अस्ट्रेलियाले एक दिवसीय श्रृखंला आफ्नो पक्षमा पारिसकेको थियो ।

यसैबिच भारतीय कप्तान विराट कोहलि एकदिवसिय अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १२ हजार रन पुरा गर्ने खेलाडी बनेका छन् ।

India Australia
Hardik Pandya of India (left) and Ravindra Jadeja of India celebrate their partnership (AAP Image/Lukas Coch) Source: AAP

बुधवार २ सय ४२ इनिङ्स खेल्दै यो आकडालाई छोएका हुन् ।  श्रृखलामा हार बेहोरेता पनि, अन्तिम खेलको जितले उत्साहित गराएको भारतीय हप्ता विराट कोहलीले बताए ।

कोभिड १९ को प्रतिबन्धका बाबजुद खेल हेर्नका लागि ठुलो भिड जम्मा भएको थियो ।

यी टोलीबिच शुक्रवार क्यानबेरामै तीन ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय श्रृखंलाको पहिलो खेल हुनेछ । 

 

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now