Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

आदिवासी कलाः पहिचान र इतिहास हेर्न मिल्ने आँखीझ्याल

Lead Image.jpg

Gamilaraay/Bigambul and Yorta Yorta artist Arkeria Rose Armstrong Credit: Arkeria Rose

आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्‌को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।


Published

Updated

By Yumi Oba

Presented by Lowanna Grant

Source: SBS



Share this with family and friends


आफ्ना सांस्कृतिक कथा, आध्यात्मिक विश्वास र पृथ्वीका आवश्यक ज्ञानहरू एक पुस्ताबाट अर्को पुस्तासम्म लैजान, एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डर मानिसहरू कलालाई एक माध्यमको रूपमा प्रयोग गर्छन् । अस्ट्रेलिया बुझ्नुहोस्‌को यो भागमा हामी एबोरिजिनल मानिसहरू र टोरेस स्ट्रेट द्विप समूहका बासिन्दाहरूले कला विभिन्न रूपहरू प्रयोगमा ल्याएर आफ्नो मौखिक परम्पराहरू कसरी अङ्गालेका छन् भनेर बुझ्ने प्रयास गर्नेछौँ।


मुख्य बुँदाहरूः

  • आदिवासी कला विविध छ, केवल बिन्दुहरूले बनेका चित्र मात्र होइन।
  • कला एक आध्यात्मिक चिन्तन पनि हो।
  • कलाले आदिवासी मानिसहरूलाई आफ्नो जमिनसँग भावनात्मक रूपमा जोडिन मद्दत गर्छ।

आदिवासी तथा लोक कला एउटा धनी सम्मिश्रण हो जसले थरी थरीका शैली एवम् प्रविधिहरूलाई समेट्छ।

यस्ता शैली र प्रविधिहरू अस्ट्रेलियाका प्रथम बासिन्दाका आ-आफ्नै राष्ट्र, संस्कृति र समुदायसँग गहिरो सम्बन्ध गाँसिएको हुन्छ।

मारिया वाट्सन-ट्रजेट एक कुरी एवम् विराधुरी महिला हुनुका साथै उनी स्वयं प्रशिक्षित कलाकार र आदिवासी मामिला सम्बन्धी एक परामर्शदाता पनि हुन् जो आफ्नो अस्ट्रेलियाका प्रथम बासिन्दाहरूको संस्कृति बारे जानकारी अरू मानिसलाई दिन पाउँदा उत्साहित हुन्छिन्।

वाट्सन-ट्रजेट भन्छिन् कि आदिवासी कला के हो भन्ने बारे मानिसहरूमा अक्सर गलत धारणाहरू हुन्छन्।

MWT with artworks.JPG
Maria Watson-Trudgett is a First Nations consultant, a self-taught artist, and a storyteller Credit: Maria Watson-Trudgett Credit: Courtesy of Richmond Fellowship Queensland, 2019

हाल एबोरिजिनल कला भन्यो कि मानसपटलमा आउने, बिन्दुहरूको प्रयोगबाट बनाइने चित्रकला, वास्तवमा भन्ने हो भने, पपुन्याबाट सुरु भएको वेस्टर्न डेजर्ट आर्ट मुभमेन्ट वा अस्ट्रेलियाको पश्चिमी मरुभूमि कला आन्दोलनका साथ सन् १९७० को दशकदेखि मात्र देखा परेको हो।

पपुन्याको सानो सानो आदिवासी समुदाय एलिस स्प्रिङ्ग्सको पश्चिमोत्तरमा अवस्थित छ जहाँ एबोरिजिनल कलाकारहरूले पहिलो पटक तेल रङ्गहरू प्रयोग गर्दै थोप्लोहरूबाट बनेका परम्परागत कथाहरू चित्रण गर्न थाले।

आफू फुल टाइम विश्वविद्यालयमा पढ्दा खेरी तनावबाट मुक्तिका लागि सन् २००९ मा चित्रकारिता सुरु गरेको र कला मनलाई शान्ति दिने माध्यम मात्र नभएको बताउँछिन् वाट्सन-ट्रजेट्।

उनले अनुभव गरिन्।

वाट्सन-ट्रजेटका चित्रहरू अमूर्त कला र सांस्कृतिक आकृतिहरूको समकालीन मिश्रण हो।

आफ्ना चित्रकलाले पुर्खाहरूले जमिनमा छाडेका छाप कोरेका प्रतीकहरूको अनुसरण गर्ने उनी बताउँछिन्।

मारिया वाट्सन-ट्रजेट भन्छिन् कि आफ्नो पुर्खाद्वारा कोरिएका ती भित्ते चित्रहरूको अनुसरण गर्दै लामा धर्साहरू र एबोरिजिनल चिन्हहरू आफूले कोर्ने चित्रकलामा उनी प्रयोग गर्छिन्।

IMG_0580.jpg
Art has always been part of Arkeria Rose Armstrong’s life. Credit Arkeria Rose Armstrong

गामीलाराय/बिगाबल अनि योर्ता योर्ता कलाकार अकेरिया रोज आर्मस्ट्रङ कला सधैँ आफ्नो जीवनको हिस्सा भएको बताउँछिन्।

आर्मस्ट्रङ भन्छिन् कि उनको कला आफ्ना कलाकार हजुरबा र हजुरआमाबाट धेरै प्रभावित छ।

उनकी हजुरआमा गामीलाराय महिला थिइन्, जो उक्त क्षेत्रकी अन्तिम बालुवा चित्रकारहरू मध्ये एक थिइन्।

अनि आफ्नो हजुरबुबा, जो एक योर्टा योर्टा अग्रज थिए, उनले आफूलाई परम्परागत चित्रकलाका प्रविधिहरू बारे शिक्षा दिएको अकेरिया रोज आर्मस्ट्रङ बताउँछिन्।

संस्कृतीसँगको सम्बन्ध

आर्मस्ट्रङ आफ्नो कलालाई आफ्ना दुई राष्ट्रहरूको जुगलबन्द भनेर वर्णन गर्छिन्।

उनी भन्छिन् कि कलाकृतिमा काम गर्दा आफूलाई कन्ट्री वा राष्ट्रको अर्थ के हो भनेर धेरै भावनाहरू जगाउँदै मनन गर्न समय मिल्छ।

र अहिले आफू यी कुराहरू आफ्नी छोरीसँग साटासाट गर्ने उनको भनाई छ।

दविन्दर हार्ट, वेस्टर्न अस्ट्रेलियामा पर्ने नुनगा राष्ट्रको दक्षिण पश्चिम क्षेत्रसँग पारिवारिक नाता भएका कलाकार हुन्।

IMG_20231021_143030_105.jpg
Davinder Hart at Saudi Arabia, UN gala dinner, 2023. Credit Davinder Hart

आफ्नो बाल्यकाल एडिलेडमा बिताएका हार्टले न्यु साउथ वेल्सको नीइम्बा राष्ट्रमा हुँदा आफ्नो संस्कृतिसँग पुनः घुलमिल हुने मौका पाएका थिए।

आफ्नो सुरुवाती दिनहरूमा निकै चुनौतीहरूको सामना गर्नुपरेको उनको अनुभव छ।

सोह्र वर्षको उमेरमा स्कुल छाडेका दविन्दर हार्ट त्यसपछि काम खोज्दा निकै कठिनाइहरूको महसुस गरेको बताउँछन्।

फलस्वरूप उनी गलत सङ्गतमा पर्दै दुर्व्यसनी भए।

यद्यपि, आफ्ना मामा, काका, दाजुभाइहरूको मार्गदर्शन र समर्थन पाएपछि भने आफूले जीवनको दिशा बदलेको उनको भनाई छ।

जीवन भएका घटनाहरूबाट पाएको ज्ञान हार्ट आफ्ना कलाकृतिमा प्रतिबिम्बित गर्छन्।

उनी भन्छन् कि कला भनेको कथाहरू आउँदो पुस्तालाई हस्तान्तरण गर्ने माध्यम मात्र नभएर उनको लागि चित्त शान्त पार्ने माध्यम पनि हो।

गैर आदिवासी मानिसहरूका लागि, अस्ट्रेलियाका प्रथम बासिन्दाहरूको कलाले उनीहरूको अद्वितीय संस्कृति र रचनात्मक रीतिरिवाजहरूबारे गहिरोसँग घुलमिल हुने मौका दिन सक्छ।

आर्मस्ट्रङ भन्छिन् कि कलाकृतिमा देखाइएका कथाहरूको बारेमा सोध्नु एउटा राम्रो सुरुवाती बिन्दु हो।

उनी आफ्नै प्रदर्शनीहरूमा उपस्थित हुन र कलाकृतिको बारेमा मानिसहरूलाई विस्तारपूर्वक बताउन पाउँदा आफूलाई रमाइको लाग्ने बताउँछिन्।

हार्ट अगाडी थप्छिन् कि कामको बारेमा प्रश्न सोध्दा सम्बन्धहरू विकासमा टेवा पुग्छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now