के रिजर्भ बैङ्कले आफ्नो ब्याजदर घटाउला त?

Owner-occupiers home loans were up 0.5 per cent in January, while commercial loans were steady. (AAP) Source: AAP
हाम्रो मासिक वित्तीय कुराकानीको यो मे महिनाको संस्करणमा आर्थिक सल्लाहकार विश्वास भट्टराई रिजर्भ बैङ्कले के आफ्नो ब्याजदर घटाउला त भन्ने हाम्रो प्रश्नको उत्तर दिदैं हुनुहुन्छ। अनि, के अन्य बैङ्क तथा अरू वित्तीय संस्थानहरूले त्यो नयाँ ब्याजदर आफ्ना ग्राहकहरूलाई “पास अन” गर्लान् त भनेर पनि हामीले उहाँलाई सोधेका थियौँ। साथै, हामीले छलफल गरेका अन्य विषयहरू: ऋण लिन गाह्रो भएको हो? बैङ्कहरूले ऋण लिन आफ्नो नियम खुकुलो बनाउलान् त? “फिक्स्ड रेट” किन घटेको हो र के “भेरियेबल रेट” भन्दा यो फाइदाजनक छ? बिटकोइन धनीबाट कर उठाउन कत्तिको सम्भव छ? बैङ्कले ब्याजदर घटाउन मानेन भने नि?
Share