SKIP TO MAIN CONTENT

SBS Examines: के अस्ट्रेलियामा 'हाउजिङ क्राइसिस'को दोष आप्रवासनलाई दिन मिल्छ?

Aerial of suburban Melbourne and CBD
The impact of migrants on the housing crisis is small, despite what some suggest. Source: Getty / Charlie Rogers

अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?


Published

By Olivia Di Iorio

Presented by Abhas Parajuli

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियामा हाल आवास सङ्कट बढ्दै गइरहेको छ। र अस्ट्रेलिया आउने आप्रवासीहरूको सङ्ख्या पनि बढेको छ। त्यसो भए के आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिएको हो त?


आम मानिसलाई के लाग्न सक्छ भने, आप्रवासनका कारण अस्ट्रेलियामा घरहरूको मूल्य आकासिँदै छ। तर विज्ञहरू भन्छन् कि यो त्यति सजिलो छैन।

पिटर मक्डोनल्ड जनसाङ्ख्यिकी विषयका इमिरिटस प्रोफेसर हुन्। प्रोफेसर मक्डोनल्ड अस्ट्रेलियन नेश्नल युनिभर्सिटीमा डेमोग्राफी पढाउँथे।

उनले एसबीएस एक्जामिन्सलाई बताए कि आप्रवासनलाई दोष दिनु ध्यान भड्काउने कुरा हुनसक्छ।

“टिप्पणीकार र राजनीतिज्ञहरूले आवास बजारमा देखिएका सबै समस्याको दोष आप्रवासनलाई दिएर समाधानबाट पन्छिन खोज्दैछन्,” प्रोफेसर मक्डोनल्डले बताए।

“यो एक सङ्कट हो र यसको सम्बोधन गरिनु पर्छ। र आप्रवासन माथि औँला उठाउँदैमा यो समस्या हल भइहाल्ने होइन। आप्रवासन घट्दैमा यो समस्या समाधान हुनेवाला छैन।”

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा घरहरूको मूल्य बढ्नुका कारण र हाउसिङ क्राइसिसका लागि आप्रवासीहरूलाई दोष दिँदाको प्रभावबारे बताइएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now