Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

“हाम्रो आफ्नै स्कुलमा पनि नेपाली सिक्न पाए त गज्जब हुने थियो”: बाल संसार ग्लेनरोयका विद्यार्थीहरू

Nepali kids and their guardians from Bal Sansar - language school in Glenroy Melbourne Victoria Australia

नेपाली भाषा विद्यालय "बाल संसार" मा भाषा सिक्दै गरेका केही विद्यार्थीहरू अभिभावकका साथ एसबीएसको मेलबर्न स्टुडियो भ्रमणका क्रममा Source: आरन वान/एसबीएस

मेलबर्नको ग्लेनरोय स्थित नेपाली भाषा विद्यालय "बाल संसार" मा अध्ययनरत केही विद्यार्थीहरू र शिक्षिका र अभिभावकद्वयले विविध रमाइला विषयहरूमा एसबीएस नेपालीसँग गरेको कुराकानी।


Published

Updated

Source: SBS



Share this with family and friends


मेलबर्नको ग्लेनरोय स्थित नेपाली भाषा विद्यालय "बाल संसार" मा अध्ययनरत केही विद्यार्थीहरू र शिक्षिका र अभिभावकद्वयले विविध रमाइला विषयहरूमा एसबीएस नेपालीसँग गरेको कुराकानी।


अस्ट्रेलियामा हुर्किँदै गरेका नेपाली पृष्ठभूमिका ५ विद्यार्थी नानीहरूले यहाँ नेपाली भाषा सिक्न गाह्रो भए तापनि रमाइलो लाग्ने अनुभव हामीसँग बाँडेका छन्।

आफ्नो कुरा, बिना हिचकिचाहट व्यक्त गर्न सक्ने यी विद्यार्थी नानीहरूले यसरी नेपाली बोल्न अनि लेखपढ गर्न पाउँदा आफूहरूले नेपाली सामुदायिक कार्यक्रमहरूमा जाँदा वा नेपालबाट विभिन्न पाहुनाहरू अस्ट्रेलिया घुम्न र बस्न आउँदा कुराकानी गर्न सजिलो भएको बताएका छन्।

भाषा र संस्कृतिको महत्त्व

प्रत्येक आइतबार ३ घण्टासम्म चल्ने उक्त भाषा कक्षामा, पहिलो घण्टामा नेपाली भाषा लेख्न र बोल्न सिकाइने अनि दोस्रो उत्तरार्द्ध भने नेपाली गीत-सङ्गीत एवं नृत्य सिकाइने जानकारी शिक्षिका मल्लिका अर्यालले दिइन।

यो भाषा स्कुल सञ्चालन गर्नुको मुख्य उद्देश्य, अस्ट्रेलिया विशेषतः मेलबर्नमा जन्मेका नेपाली पृष्ठभूमिका बालबालिकाहरूलाई नेपाली भाषा एवं संस्कृति चिनाउनु रहेको बाल संसारकी एक सक्रिय सदस्य सुजाता श्रेष्ठले बताइन।

श्रेष्ठ एक अभिभावकका रूपमा पनि उक्त नेपाली भाषा स्कूलसँग सम्बन्धित छिन्।

Mallika Aryal and Sujata Shrestha
बाल संसार भाषा स्कूलकी शिक्षिका मल्लिका अर्याल र अभिभावक सुजाता श्रेष्ठ Source: SBS Nepali

नेपाली भाषा बोल्न भन्दा लेख्न अलि गाह्रो लाग्ने भन्दै ८ बर्सिया निर्जला गौलीले, घरमा आमा बुवा र हजुरबुवा हजुरआमासँग नेपाली नै बोल्ने बताइन।

यस्तै अनुभव सायिशा अर्याल, सुरेजा श्रेष्ठ र वर्षा पन्तको पनि थियो। उनीहरू सबैले, घरेलु वातावरणमा नेपाली भाषा बोल्न रमाइलो लागे पनि सबै कुरा प्रस्टसँग व्यक्त गर्न नसक्दा, अङ्ग्रेजी भाषा प्रयोग गर्ने तथ्य उजागर गरे।

दसैँको बखतमा कुराकानी गर्ने मौका मिलेको हुनाले यी नानीहरूलाई हामीले दसैँ के हो त भनेर प्रश्न पनि गरेका थियौँ। निकै उत्साहपूर्वक “पैसा”को बारे मा कुरा गर्दै उनीहरूले नेपाली लुगा लगाउने, आफू भन्दा ठुलो मान्छेको हात बाट रातो टिका र जमरा लगाएर पैसा पाउने बताए।

यसै क्रममा, अर्की विद्यार्थी सहारा घिमिरेले आफूलाई स्कुलमा कसैले नेपालको बारेमा सोधे, नेपाल “माउन्ट एभरेस्ट” भएको देश हो जहाँ धेरै मन्दिरहरू छ भन्छु भनिन्। साथै, नेपालमा एकदमै मिठो चिया पाइने पनि उनको भनाइ थियो।

“अरू भाषा पनि सिक्दै छौँ”

Bal Sansar Melbourne Kids at SBS Studios
Source: Aaron Wan/SBS

नेपाली र अङ्ग्रेजी भाषा मात्र होइन आफूहरूले इटालियन, इन्डोनेसियन र जापानी भाषा पनि सिकिरहेको ती विद्यार्थीहरुले सुनाए।

ती भाषाहरू यी नानीहरूले आफ्नो नियमित जाने स्कुलमा सिक्दै गरेको र यसरी नै “आफ्नो स्कुल”मा नेपाली भाषा पनि सिकाइदिए धेरै सजिलो हुने उनीहरूको भनाई थियो।

विद्यार्थीहरू, शिक्षिका अर्याल र अभिभावक श्रेष्ठसँग हामीले गरेको कुराकानी सुन्न यो पेजको माथि रहेको मिडिया प्लेयरमा थिच्नुहोस्

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now