Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

ब्राजिल र पोर्चुगल विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल

QATAR SOCCER

Cristiano Ronaldo (L) and Bruno Fernandes of Portugal celebrate after their FIFA World Cup 2022 group H win over Uruguay Credit: JOSE SENA GOULAO/EPA

बुर्नो फर्नान्डेजले दुई गोल गरे पछि उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।


Published

By Sunil Awasthi

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


बुर्नो फर्नान्डेजले दुई गोल गरे पछि उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।


पाँच पटकको विश्वकप विजेता ब्राजिलको खेल प्रति दर्शकको अपेक्षा धेरै नै हुने गर्दछ, यद्यपि अपेक्षित खेल नतिजा निकाल्न नसक्दा भने विश्वकपको आठौं दिनको खेलमा दर्शकहरू केही निराश बने।

यद्यपि स्वीजरल्याण्डसँगको खेलका क्रममा २७औं मिनेटमा स्ट्राइकर भिनीसियस जुनीयरले गोल गरेको भए पनि अफसाइड भएको भन्दै उक्त गोललाई मान्यता दिइएन।

स्टार खेलाडी नेमार विश्वकपको सुरुवाती चरणमै सर्बियासँगको खेलका क्रममा खुट्टामा चोट लागेका कारण खेल्न सकेनन्, खेलका दौरान उनको आवश्यकता दर्शक र खेलाडी दुवैले गरे।

यद्यपि ८३औं मिनेटमा पुग्दा मिडफिल्डर कासामिराले गोल गरेपछि ब्राजिल अन्तिम १६ मा पर्न सफल भयो।

ब्राजीयिलन प्रशिक्षक टिटेले नेमार बिनाको खेल खल्लो भएको बताए यद्यपि उनले कासामिरालाई खेलको स्टार भएको पनि बताएका थिए।

यता समूह 'जी' अन्तर्गतको क्यामरुन र सर्बिया बिचको खेल भने केही खल्लो लाग्थ्यो।

खेलको २९ औं मिनेटमा जिन कार्लेसले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जा पाब्लोभिकले बराबरी गोल फर्काएका थिए ।

त्यसको एक मिनेट नबित्दै सर्जेज मिलिनकोभिकले गोल गर्दै सर्वियालाई २–१ को अग्रता दिलाए ।

खेलको ५३औं मिनेटमा एकेक्सानेडर मिट्रोभिकले सर्वियाका लागि तेस्रो गोल गरे ।

दुई गोलले पछि परेपछि भने केही आक्रामक शैलीमा प्रस्तुत भएको क्यामरुनका लागि खेलको ६३औं मिनेटमा भिन्सेन्ट एबोउबाकरले दोस्रो गोल गरे ।

त्यसको तीन मिनेट नबित्दै इरिक माक्सिम चोउप माटिङले क्यामरुनका लागि गोल फर्काए ।

क्यामरुनको पहिलो प्राथमिकतामा परेका गोल किपर एन्ड्रे ओनानाले आफ्नो खेल शैली परिवर्तन गरेको भन्दै उनको सट्टामा डेभिस इपासीलाई ल्याइएको थियो।

क्यामरुनले अन्तिम १६ मा स्थान बनाउन लागि ब्राजिललाई जित्नु पर्नेछ।

यता ग्रुप 'एच' अन्तर्गत उरुग्गोलाई दुई शून्यले जितेसँगै पोर्चुगल पनि अन्तिम १६ मा पर्न सफल भएको छ।

खेल अवधिभर उरुग्वे माथि हाबी रहेको पोर्चुगलले दोस्रो हाफ पछि मात्र गो गर्न सफल भएको थियो।

दुवै गोल बुर्नो फर्नान्डेजले गरेका थिए।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५४औं मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

खेलको अधिकांश समय उरुग्वेमाथि दबाब सृजना गरेको पोर्चुगलका लागि इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै फर्नान्डेजले दोस्रो गोल गर्दै जित पक्का गरे ।

पहिलो खेलमा घानालाई २–१ गोलको नतिजा पराजित गरेको पोर्चुगलले अन्तिम खेलमा शुक्रवार दक्षिण कोरियासँग खेल्नेछ ।

यता समूह 'एच' अन्तर्गतको घाना र दक्षिण कोरियाबिचको खेल भने रोमाञ्चक रहन पुग्यो।

घानालाई जित दिलाउन मोहमेद कुडुसले दुई गोल र माहमेद सालिसुले एक गोल गरे । दक्षिण कोरियाका चो गुवी सुङले दुई गोल गरे ।

खेलको २४औं मिनेटमा सालिसुको गोलमा अग्रता लिएको घानाले ३४औं मिनेटमा कुडुसले गाल गरेसँगै अग्रता दोब्बर पारेको थियो ।

पहिलो हाफमा दुई गोलले पछि परेको कोरियाका सुङले ५८औं मिनेटमा पहिलो गोल फर्काएका थिए । त्यसको तीन मिनेट नबित्दै सुङले दोस्रो गोल गर्दै खेल २–२ को स्थितिमा ल्याएका थिए ।

तर, ६८औं मिनेटमा कुडुसले गोल गरेसँगै घानाले दक्षिण कोरिया माथि ३–२ गोलको रोमाञ्चक जित सुनिश्चित गरेको थियो ।

कुडुस खेलका क्रममा नायक साबित बनेका थिए।

यद्यपि उनले जोर्डन आईव र इन्की विलियम्सलाई यसको श्रेय दिए।

रेफ्रिसँगको विवादका कारण रेड कार्ड पाएपछि दक्षिण कोरियाका प्रशिक्षक पाउल बेन्टोले भने आफ्नो टिमबाट बढी अपेक्षा राखेको बताए।

घानाले अब उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।

नवौँ दिनको खेल रोमाञ्चक हुने मानिएको छ।

नेदरलयाण्ड कतारसँग भिड्नेछ भने इक्वेडरले सेनेगलसँग खेल्नेछ।

यसै गरी वेल्स र इङ्गल्यान्ड भिड्नेछन् भने इरान र अमेरिकाबिच पनि खेल हुनेछ।

मिनी म्याच, रिप्ले र हाईलाइट्स हेर्नका लागि एसबीएसको अनडिमान्डमा जानुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now