SKIP TO MAIN CONTENT

एनसेल कार्यालयको गेटमा बम विस्फोट, एकको मृत्यु दुई घाइते

This image shows shards of glass shattered from roadside showrooms littering on street outside Ncell office in Nakkhu, Lalitpur, on Friday, February 22, 2019. The blast outside Ncell office left three people injured. Photo: Naresh Shrestha/THT
After the blast outside Ncell office in Nakkhu, Lalitpur, on Friday, February 22, 2019. Photo: Naresh Shrestha/THT Source: Naresh Shrestha/THT

शुक्रवार राती करिब ७:५५ बजे ललितपुरको नख्खुमा अवस्थित एनसेलको कार्यालय अगाडी बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घटनामा घाइते भएका ललितपुर उपमहानगरपालिका- १८ का सिंघ बहादुर गुरुङ, ४९, को उपचारका क्रममा शुक्रवार राती एक बजे मृत्यु भएको हो।


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

शुक्रवार राती करिब ७:५५ बजे ललितपुरको नख्खुमा अवस्थित एनसेलको कार्यालय अगाडी बम विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। घटनामा घाइते भएका ललितपुर उपमहानगरपालिका- १८ का सिंघ बहादुर गुरुङ, ४९, को उपचारका क्रममा शुक्रवार राती एक बजे मृत्यु भएको हो।


घटनामा घाइते हुनेहरूमा २६ वर्षीय ललितपुर उपमहानगरपालिका-४ मा बसोबास गर्ने प्रतीक्षा खड्का र बनेपा घर भएकी २५ वर्षीय उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ।

घटनामा घाइते दुई जना भएका अस्पतालमा उपचाररत रहेका छन्। घाइतेहरूको उपचारमा संलग्न चिकित्सकहरूले दुवै जना खतरा मुक्त रहेको जानकारी दिएका छन्।

घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझ्न शनिवार गृहमन्त्री राम बहादुर थापा र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायत अस्पताल परिसरमा पुगेका थिए।

घाइते उरुसा खड्का मेडिसिटी अस्पतालमा नै कार्यरत रहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता पूजा सिंह ले जानकारी दिएकी छन्।

घटनाको जिम्मेवारी कसैले नलिएको र घटना स्थलमा कुनै पर्चाहरू पनि नभेटिएको हुँदा यही कारणले विस्फोट गराइएको हो भनेर यकिन गरी भन्न नसकिएको उनको भनाइ थियो।

उनले बम विस्फोटबाट एनसेल कार्यालय वरपरका घरहरूको झ्यालको सिसा फुटेको पनि जानकारी दिएकी छन्।

घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now