SKIP TO MAIN CONTENT

शहिद स्मारक ए डिभिजन लिग फुटबल कम प्रतिष्पर्धात्मक र म्याच फिक्सिंगका विवादका बीच सम्पन्न

sanjeev sharma
Source: sbs nepali

अखिल नेपाल फुटबलसँग (एन्फा)ले पाँच वर्षपछि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आयोजना गर्‍यो। करिब चार महिना चलेको लिग मङ्गलवार सकियो। फ्रेन्ड्स क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दि क्लब लिग च्याम्पियन बन्यो।


Published

By Pratichya Dulal

Source: SBS



Skip to podcast episode content

अखिल नेपाल फुटबलसँग (एन्फा)ले पाँच वर्षपछि सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आयोजना गर्‍यो। करिब चार महिना चलेको लिग मङ्गलवार सकियो। फ्रेन्ड्स क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दि क्लब लिग च्याम्पियन बन्यो।


रेलिगेसन नहुने भएका कारण खेलहरू प्रतिस्पर्धात्मक हुन नसकेको र सोचे जति गोल पनि हुन नसकेको भन्दै कतिपयले लिगको आलोचना पनि गरेका छन्।

उक्त लिगका निर्देशक सञ्जीव मिश्रसँग हाम्रीले यिनै विषयमा गरेको कुराकानीको सारंश:

पाँच वर्षपछि एन्फाले ए डिभिजन लिग सञ्चालन गर्‍यो, कस्तो रह्यो?

पाँच वर्षपछि लिग हुँदा फुटबल प्रेमीहरूमा यो कस्तो हुन्छ भन्ने कौतुहलता थियो। फेरी रेलिगेसन पनि नहुने भनेपछि क्लबहरू बिच प्रतिस्पर्धा नहुने हो की भन्ने आलोचना भएको थियो तर त्यस्तो भएन।

क्लबहरूले बलियो टिम बनाए केही विदेशी खेलाडी पनि ल्याए र निकै प्रतिस्पर्धात्मक खेलहरू भए। त्यसैले ठुलो अन्तरको नतिजा पनि आएन।

तर कतिपयले चाहिँ रेलिगेसन नहुने भएका कारण क्लबहरू बिच प्रतिस्पर्धा भएन र त्यही कारण धेरै गोहरु भएनन् भन्छन् नि?

-रेलिगेसन नहुने भए पनि यो लिगका पुछारका दुई टिमको एन्फलाले दिने आर्थिक अनुदान कटौती गर्ने र अर्को वर्ष हुने लिगमा उनीहरूको अङ्क निकाल्ने निर्णय भएको थियो। त्यसले गर्दा सुरुमा केही क्लबहरू हिचकिचाए पनि पछि सबैले बलियो टिम बनाए। तर हरेक टिमको गोलकिपरहरूले राम्रो प्रदर्शन गरे र दुईटा उत्तिकै राम्रो टिम खेल्दा स्वाभाविक रूपमा गोल कम हुन्छ।

लामो समयपछि लिग भए पनि सोचे जति नयाँ प्रतिभा त्यसमा पनि नेपालले चाहेको जस्ता स्ट्राइकर चाहिँ भेट्न सकिएन भनिन्छ नि?

यस वर्षको लिगमा सोचे जस्तो धेरै नयाँ प्रतिभा नदेखिएको हो। जम्मा तीन जना खेलाडीले सबैभन्दा धेरै सात-सात गोल गरेको हो। जसमा एक जना विदेशी खेलाडी थिए। आर्मीका भरत खवास र थ्री स्टारका रञ्जित धिमाल अर्का खेलाडी हुन्। डिफेन्डर धिमाल नै धेरै गोल गर्नेमा पर्नु भनेको स्ट्राइकरहरूले सक्दो राम्रो गर्न नसकेकै हो।

केही प्रशिक्षकहरूले लिगको दौरानमा म्याच फ़िक्सिङ्गको कुरा उठाउनु भएको थियो यसबारे एन्फाले कसरी हेरेको छ?

केही प्रशिक्षकले जानेर नजानेर म्याच पश्चात् प्रेस कन्फेरेन्समा टिमहरू बिच सेटिंग भएको छ भन्नु भएको छ, त्यो माइन्ड गेम पनि हुन सक्छ। तर हामीले स्पष्टीकरण माग्दा मैले नजानेर बोलेको हो भन्नु भयो तर अनुसन्धान जारी छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now