Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

"विदेशी कामदारको शोषण नै धेरै अस्ट्रेलियाली व्यवसायहरूको पैसा कमाउने रणनीति बन्दै"

Foreign worker exploitation exposed in latest ABF operations

प्रत्येक वर्ष अस्ट्रेलिया आउने आप्रवासीहरू मध्ये हजारौँको सङ्ख्यामा आफ्ना रोजगार दाताहरूबाट ठगिने गरेको विभिन्न रिपोर्टहरू आउने गरेका छन्। विज्ञहरूले यसलाई प्रत्येक वर्ष अरबौँ डलर दाबी नगरिएका वा बेरुजु ज्याला देखिनुको मुख्य कारण भएको पनि बताएका छन्।


Published

Updated

By SBS Nepali, Marty Smiley

Source: SBS




Share this with family and friends


प्रत्येक वर्ष अस्ट्रेलिया आउने आप्रवासीहरू मध्ये हजारौँको सङ्ख्यामा आफ्ना रोजगार दाताहरूबाट ठगिने गरेको विभिन्न रिपोर्टहरू आउने गरेका छन्। विज्ञहरूले यसलाई प्रत्येक वर्ष अरबौँ डलर दाबी नगरिएका वा बेरुजु ज्याला देखिनुको मुख्य कारण भएको पनि बताएका छन्।


मौनिब अहमद पाँच वर्ष अगाडी अस्ट्रेलिया आएका हुन्। र अस्ट्रेलिया आउँदा उनका धेरै सपना र अपेक्षाहरू थिए।

तर शरणार्थीको आफ्नो आवेदन पछि तीन वर्ष सम्म अध्यागमन बन्दी गृहमा बस्न बाध्य भएका उनले त्यस अवधिमा काम गर्ने मौका पनि पाएका थिएनन्।

जब उनले अस्थायी भिसा प्राप्त गरे तब बल्ल उनले काम गर्ने पनि अनुमति पाए।

प्रति घण्टा १४ डलर पारिश्रमिकमा उनले मेलबर्नको हयात सुपर मार्केटमा काम गर्न थाले।उनले पाउने सो रकम न्यूनतम पारिश्रमिक भन्दा निकै कम हो।

साथै उनले न त बिरामी बिदा पाउँथे न त ओभर टाइम वा बिदाको दिनमा काम गरे बापतको अतिरिक्त रकम नै।

Young workers and workers from a migrant background are particularly vulnerable to workplace exploitation
Young workers and workers from a migrant background are particularly vulnerable to workplace exploitation Source: The Feed

१८ महिना पछि अहमदले आफ्नो मुद्दा लिएर आप्रवासी कामदारहरूको अधिकारका लागि कार्यरत रहेको एक सहायक केन्द्र सम्म पुगे, त्यसपछि मात्र उनले थाहा पाए कि उनलाई पारिश्रमिकमा ठगिएको रहेछ।

उनले भिक्टोरियामा रहेको माइग्रेन्ट वर्कर्स सेन्टरका निर्देशक म्याट कन्कललाई भेटे। कन्कलका लागी अहमदको समस्या नौलो भने थिएन।

अघिल्लो महिना फेयर वर्क अम्बड्सम्यानले सबवे, जमाइका ब्लु र मफिन ब्रेक नामक व्यावसायहरुलाई आफ्ना कामदारहरूलाई कम पारिश्रमिक दिएको भन्दै जरिवाना तिराएको थियो।

युनियन्स न्यु साउथ वेल्सका मार्क मर्री भन्छन् यस प्रकारका तलब शोषणका उदाहरणहरू देशमा बढ्दै गएको पाइन्छ।

केही अस्ट्रेलियाली व्यावसायहरुले विदेशी कामदारहरूको शोषणलाई नै आफ्नो व्यवसाय चलाउने रणनीतिको रूपमा प्रयोग गरिएको देखिने उनी बताउँछन्।

तर अहमदले चाहेको एउटा कुरा मात्र हो: इमानदारीका साथ गरिएको कामको लागी इमानदारीका साथ पारिश्रमिक दिइयोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now