SKIP TO MAIN CONTENT

मोतीबिन्दु लगायत आँखाको समस्याको उपचारका लागि 'मिराकल मन्थ': साप्ताहीक नेपाल सन्दर्भ

Rabin.jpeg

सामान्यतया सबै मानिसलाई जीवनमा एक पटक हुनसक्ने मोतीबिन्दु हरेक देशको प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो, र यसलाई दृष्टि फेरी फिर्ता पाउन सकिने अन्धोपनाको सबैभन्दा ठुलो कारण मानिन्छ।


Published

By Sewa Bhattarai

Source: SBS



Skip to podcast episode content

सामान्यतया सबै मानिसलाई जीवनमा एक पटक हुनसक्ने मोतीबिन्दु हरेक देशको प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो, र यसलाई दृष्टि फेरी फिर्ता पाउन सकिने अन्धोपनाको सबैभन्दा ठुलो कारण मानिन्छ।


एउटा साधारण शल्यक्रियाले यसको समाधान गर्न सकिने मोतीबिन्दु समस्याका कारण नेपाल जस्तो ठाउँमा स्वास्थ्य सेवा महँगो हुने हुनाले धेरै मानिसले अन्धोपना सहेर बाँचिरहेका हुन्छन्।

यसै सन्दर्भमा परोपकारी संस्था सिबिएम (क्रिस्चियन ब्लाइन्ड मिसन)को सहयोगले नेपालमा केही चिकित्सकले अत्यन्त सस्तोमा मोतीबिन्दुको शल्यक्रिया गरिरहेका छन्।

नेपाल नेत्र ज्योति सङ्घका लहान र विराटनगरमा रहेका दुई वटा अस्पतालमा वयस्कका लागि १२०० रुपैयाँमा, बालबालिकाका लागि ४००० रुपैयाँमा, र अति विपन्न मानिसका लागि निःशुल्क नै यो सेवा दिने गरिन्छ।

सिबिएमले अगस्ट महिनालाई मिराकल मन्थ भनेर मनाइरहेको छ, जस अन्तर्गत निःशुल्क शल्यक्रिया लगायत विभिन्न कार्यक्रमहरू गरिएका छन्।

यसै सन्दर्भमा विराटनगर स्थित आँखा अस्पतालका दुई जना चिकित्सक – क्याटाराक्ट एन्ड ग्लकोमा अप्थाल्मोलोजिस्ट डा. रक्षा पन्त सिटौला र पेडियाट्रिक (बालबालिका विशेषज्ञ) अप्थाल्मोलोजिस्ट डा. पवन श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now