Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालमा पहिलो पटक मानव दूध सङ्कलन र वितरण कोषको स्थापना: साप्ताहिक नेपाल सन्दर्भ

UNICEF_Amrit Kosh_Aug2022-208813

On 9 August 2022, at the Paropakar Maternity and Women's Hospital in Kathmandu, Nepal, Sunita Rai uses a spoon to feed her newborn son breastmilk. Credit: © UNICEF/UN0687366/Upadhayay/© UNICEF/UN0687366/Upadhayay

शुक्रवार अमृत कोष नाम दिइएको मानव दूध सङ्कलन र वितरण कोषको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्। यस लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


Published

By Sewa Bhattarai

Source: SBS



Share this with family and friends


शुक्रवार अमृत कोष नाम दिइएको मानव दूध सङ्कलन र वितरण कोषको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्। यस लगायत पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा,

  • आगामी नोभेम्बर महिनामा हुने चुनावका लागि राजनीतिक दलहरूले तयारी थालेका छन्। सत्तारूढ गठबन्धनले गठबन्धन नै अगाडि बढाउने निर्णय गरेको छ तर सिटको बाँडफाँड मिलाउन सकेको छैन भने पूर्व माओवादी नेता बाबुराम भट्टराई फेरी माओवादी पार्टीको चिन्हबाट चुनाव लड्ने भएका छन्। भट्टराईले यो भन्दा अगाडि माओवादी पार्टी छोडेर आफ्नै पार्टी खोल्ने र अर्को सानो राजनीतिक दलमा जोडिने कदम पनि लिएका थिए।
  • काठमान्डुको फोहोर व्यवस्थापनमा फेरी पनि समस्या देखा परेको छ। फोहोर लगेर विसर्जन गने ठाउँ सिसडोलका बासिन्दाले बारम्बार फोहोरका ट्रकलाई अवरोध गरेपछि काठमान्डुका घर र सडकमा फोहोरको समस्या झनै बढिरहेको छ।
  • चुनाव घोषणा गरिसकेपछि सङ्घीय संसद् विघटन गरिनुपर्ने माग लिएर सर्वोच्च अदालतमा रिट परेको छ। सङ्घीय संसद्ले अहिले पनि सक्रिय रूपमा विधेयकहरू पारित गर्ने काम गरिरहेको छ, तर यस्तो अवस्थामा सरकार कामचलाउ मात्र हुनुपर्छ भन्ने केही विज्ञको धारणा रहेको छ।
  • र, यस हप्ता नेपालमा पहिलो पटक मानव दूधको सङ्कलन र वितरण गर्ने कोष स्थापना भएको छ।

आमाको दूध नवजात शिशुका लागि अत्यावश्यक मानिन्छ, यो शिशुले सजिलै पचाउन सक्ने र यसले रोगसँग लड्ने क्षमता दिने चिकित्सकहरू बताउँछन्।

तर कतिपय अवस्थामा आमाको दूध उपलब्ध नहुँदा शिशुहरूलाई अरू आमाको दूधले पनि धेरै फाइदा पुर्‍याउन सक्ने बताइन्छ।

नेपालमा अहिले पनि बर्सेनि ८१ हजार भन्दा बढी शिशुहरू समयभन्दा पहिले नै जन्मिरहेका छन्, जसका लागि यस्तो दूध धेरै उपयोगी रहन्छ।

यस्ता शिशुको सहयोगका लागि काठमान्डुको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति अस्पतालमा मानव दूधको कोष स्थापना गर्ने तयारी करिब एक वर्ष अघि देखि नै सुरु भएको थियो।

परोपकार स्त्री तथा प्रसूति अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घको बालबालिका सम्बन्धी संस्था युनिसेफ, र युरोपियन युनियनसँगको सहकार्यमा यो कोष स्थापना गरेको हो।

यसै हप्ता शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले यस अस्पतालमा अमृत कोष नाम दिइएको यो दूध ब्याङ्कको उद्घाटन गरेकी छिन्।

अमृत कोषका लागि धेरै दूध आउने आमाको दूध सङ्कलन गरिन्छ, र त्यसलाई शुद्धीकरण गरेर चिसो तापक्रममा भण्डारण गरेर राखिन्छ। आवश्यकता अनुसार त्यो दूध नवजात शिशुलाई दिइन्छ।

यस्तो कोष देशका अन्य ठाउँमा पनि विस्तार गर्ने योजना रहेको परिवार कल्याण शाखामा महानिर्देशक डा. विवेक कुमार लालले बताएका छन्।

आमाको दूध शिशुका लागि सर्वोत्तम हुने भएकाले भविष्यमा कृत्रिम दूधको प्रयोग कम गर्दै लैजाने नीति अपनाउने अस्पतालले बताएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now