Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नियम परिवर्तन पछि सीप युक्त आप्रवासीहरूको दक्षिण अस्ट्रेलिया तर्फ झुकाव

Adelaide city CBD at sunrise reflecting in still waters of torrens river

आगामी महिनादेखि कार्यान्वयन हुने ग्रामीण आप्रवास कार्यक्रम अन्तर्गतका परिवर्तनहरू पछि, अधिक सङ्ख्यामा सीप युक्त आप्रवासीहरू दक्षिण अस्ट्रेलिया तर्फ बसाई सर्ने क्रम बढ्ने देखिएको छ।


Published

Updated

By Jarni Blakkarly

Source: SBS




Share this with family and friends


आगामी महिनादेखि कार्यान्वयन हुने ग्रामीण आप्रवास कार्यक्रम अन्तर्गतका परिवर्तनहरू पछि, अधिक सङ्ख्यामा सीप युक्त आप्रवासीहरू दक्षिण अस्ट्रेलिया तर्फ बसाई सर्ने क्रम बढ्ने देखिएको छ।


सङ्घीय सरकारले आप्रवासीहरू भित्र्याउने दरमा कटौती गरेता पनि नयाँ तथ्याङ्कले भने विभिन्न राज्यहरूमा देखिएको कामदारहरूको कमीलाई परिपूर्ति गर्न, सीप युक्त आप्रवासीहरूको सङ्ख्या ती  स्थानहरू निरन्तर बढिरहेको देखाएको छ।

पाकिस्तानबाट अस्ट्रेलिया आउने सोच बनाउँदै  गर्दा, इश्तिआक अहमदले आफ्नो परिवारका लागी एडिलेडलाई पहिलो प्राथमिकतामा राखे।

“एडिलेड अस्ट्रेलियाभर रहेका उत्कृष्ट गन्तव्यहरू मध्य एक हो - पढाई, घर र काम बिचको दुरी, मनोरम सामुद्रिक तटहरू अनि पहाडहरू। यहाँ सबै उपलब्ध छ। मानिसहरूले पनि हामीलाई खुल्ला हृदयले स्वागत गरे। मौसम पनि गज्जबै  को रहेछ,” उनले भने।

adelaide report
Glenelg beach, Adelaide Source: Supplied

३२ वर्षीय मेकानिकल इन्जिनियर अहमद  सन् २०१७ मा आफ्ना बालबच्चा र श्रीमतीका साथ अस्ट्रेलिया आएका थिए र निकै कम समयमा उनले आफूले औपचारिक शिक्षा हासिल गरेकै क्षेत्रमा काम पनि पाए।

सङ्घीय सरकारले सिड्नी तथा मेलबर्न लगायतका प्रमुख सहरहरूमा सीमित आप्रवासी मात्र स्विकार्ने बताउँदै गर्दा दक्षिण अस्ट्रेलिया तर्फ आफ्नो ध्यान केन्द्रित गर्ने अहमद अपवाद पक्कै होइनन्।

नयाँ ग्रामीण भिसा कार्यक्रम अन्तर्गत भिसा पाउनेहरूको सङ्ख्या गत वर्षको यही समयको तुलनामा दोब्बरभन्दा बढी रहेको छ।

क्विन्सल्याण्डमा त यो दर अझ बढी रहेको  बताइएको छ। 

तर, प्राय भिसाहरू दक्षिण अस्ट्रेलियाका लागी प्रदान गरिएको छ, जुन न्यु साउथ वेल्स र भिक्टोरियाका लागि भन्दा अधिक हो।

Shri Ganesh Temple Adelaide
Shri Ganesh Temple Adelaide Source: Getty Images

थप रिपोर्ट माथिको मिडिया प्लेयरमा प्ले थिचेर सुन्नुहोस् 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now