SKIP TO MAIN CONTENT

'चम्किलो तारा': जुडिथ डर्रमको निधन पछि साङ्गीतिक क्षेत्र शोकमा

 Royal Festival Hall.jpg
ROYAL FESTIVAL HALL Photo of Judith DURHAM- 3rd July 2003. Source: Getty / C Brandon/Redferns

अस्ट्रेलियाली सङ्गीत क्षेत्रकी उज्ज्वल तारा एवम् द सिर्कस नामक साङ्गीतिक समूहकी प्रमुख गायिका जुडिथ डर्रमको निधन प्रति देशैभरबाट श्रद्धाञ्जलीका स्वरहरू सुनिएका छन्।


Published

Updated

By Brooke Young

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

अस्ट्रेलियाली सङ्गीत क्षेत्रकी उज्ज्वल तारा एवम् द सिर्कस नामक साङ्गीतिक समूहकी प्रमुख गायिका जुडिथ डर्रमको निधन प्रति देशैभरबाट श्रद्धाञ्जलीका स्वरहरू सुनिएका छन्।


७९ वर्षको उमेरमा निधन भएकी अस्ट्रेलियाली साङ्गीतिक क्षेत्रकी उज्ज्वल तारा जुडिथ डर्रमको निधनबाट विदेशमा समेत उनका श्रोताहरू दुखी बनेका छन्।

गायक, गीतकार र सङ्गीतमा आफ्नो गहिरो छाप छाडेर गएकी गायिकाको ६ दशक लामो यात्रा अन्त्य भएको छ।

सन् १९६२ मा निर्माण भएको 'दि सिकर्स' नामक साङ्गीतिक ब्यान्डमा उनी प्रमुख गायिकाका रूपमा रहेकी थिइन्।

अस्ट्रेलियाली फोल्क ब्यान्डका रूपमा चिनिएको उक्त समूहका 'आइ विल नेभर फाइन्ड अदर यु', 'द कर्निभल इज ओभर' र 'जर्जी गर्ल' जस्ता गीतहरूले अस्ट्रेलियामा मात्र नभएर संसारभर ख्याति कमाएका थिए।

विश्वभर ती गीतका ५ करोड रेकर्डहरू बिक्री भइसकेका छन्।

उक्त व्याडले दक्षिणी गोलार्धमै सबैभन्दा बढी दर्शक बटुल्न सफल भएको रेकर्डलाई अझै पनि कायम राखेको छ।

मार्च १९६७ मा भएको कन्सर्टका बेला २००,००० दर्शक उतारेर रेकर्ड कायम गरेको थियो भने त्यसै बेला ब्यान्डका सबै सदस्यलाई अस्ट्रेलियन अफ द इयरको उपाधि दिइएको थियो।

डर्रमले सन् १९६८ मा उक्त ब्यान्डसँगको आबद्धता तोडेर एकल गायन यात्रा सुरु गरेकी हुन्।

उनीहरूका लागि म चाहिँदैन होला भनेर मैले जहिल्यै सोच्थे, तर केही वर्ष पछि मैले आफ्नो आवाज साँच्चीकै अरूको भन्दा फरक रैछ भन्ने भान पाए

सन् १९९५ मा भने गायिका जुडिथले साङ्गीतिक क्षेत्रमा गरेको सेवा बापत अर्डर अफ अस्ट्रेलियाबाट पनि सम्मानित बनिन्।

सन् २०१५ मा उनलाई भिक्टोरीयन अफ द इयर २०१५ पनि घोषणा गरिएको थियो।

र सन् २०१४ मा द सिकर्सले अन्तिम पटक आफ्नो साङ्गीतिक प्रस्तुति दिएको थियो।

हामीलाई संसारले माया गर्यो र सायद यो कहिल्यै अन्त्य हुने थिएन, यो एक अचम्मको सफलता थियो, जसलाई दश लाख बर्षमा पनि कसैले भविष्यवाणी गर्न सक्दैनथ्यो

उनको मृत्यु पछि, उनका सहकर्मीहरू एथोल गाइ, ब्रुस उड्ली र किथ पोजरले विज्ञप्ति मार्फत उनलाई श्रदाजंली दिँदै भनेका छन् कि आफ्नो 'आजीवन साथी' गुमाएपछि उनीहरूको जीवन 'सदाका लागि परिवर्तन' भएको छ।

उनीहरूले डर्रमको सघर्ष 'तीव्र र वीरतापूर्ण' रहेको र उनले आफ्नो भाग्यप्रति कहिल्यै गुनासो नगरेको बताएका छन्।

प्रधानमन्त्री एन्थोनि एल्बनिजीले पनि डर्रमको निधन प्रति श्रद्धाञ्जली व्यक्त गर्दै, उनले राष्ट्रलाई दिएका धुनहरू कहिल्यै कसैले नर्बिसने बताए।

भिक्टोरीयन प्रिमीयर ड्यानिएल एन्ड्रुजले पनि एसेन्डनमा जन्मिएकी गायिकाले सङ्गीतका माध्यमबाट संसार जित्न सफल भएको र राष्ट्रले एउटा अमूल्य खजाना गुमाएको बताएका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now