Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शेपर्टनवासी नेपालीभाषीका कथाहरू: विशालजङ्ग कुँवर र भेषराज बराल

Bhesh Raj Baral (L) and Bishal Jung Kunwar (R) at the South Shepparton Community Centre on Friday, 12 June 2026.

Bhesh Raj Baral (L) and Bishal Jung Kunwar (R) at the South Shepparton Community Centre on Friday, 12 June 2026. Credit: SBS Nepali/Dinita Rishal

एसबीएस अडियोको टोली हालै नेपालीभाषीहरूको ठुलो जनसङ्ख्या रहेको भिक्टोरियाको राजधानी मेलबर्नको सीबीडीबाट झन्डै १८० किलोमिटर उत्तरमा पर्ने रिजनल सहर शेपर्टनमा, त्यहाँ बसोबास गर्ने विविध समुदायहरूसँग अन्तर्क्रियाका लागि शुक्रवार, जुन १२ मा पुगेको थियो। पछिल्लो समय शेपर्टन नेपालीभाषीहरूको पनि रोजाइको गन्तव्य हुँदै गएको समुदायका सदस्यहरूले एसबीएस नेपालीलाई बताएका छन्। पोडकास्टको यो अङ्कमा ग्रेटर शेपर्टन नेपाली कम्युनिटीका सचिव तथा स्थानीय ग्रेटर शेपर्टन सिटी काउन्सिलमा अर्ली काल्ड आउटरिच अफिसरका रूपमा कार्यरत रहेका विशालजङ्ग कुँवर र काउन्सिलमा पार्क्स सर्भिस अफिसर रहनुका साथै नेपाली राइनोज फुटबल क्लबका कार्यकारी सदस्य भेषराज बरालसँग शेपर्टनको बसाइँ, समुदायका अवसर तथा चुनौती लगायतका विषयमा गरिएको कुराकानी सुन्नुहोस्। हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Published

By SBS Nepali

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ।
साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुकइन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now