राष्ट्रिय अपाङ्गता बीमा (एनडीआईएस)मा ल्याइएका परिवर्तन सिनेटबाट पारित भएपछि अब लाखौँ मानिसहरूले उक्त सेवाबाट पाउँदै आएका सहयोग गुमाउने भएका छन्। विपक्षी गठबन्धनको समर्थनमा यी परिवर्तन यस हप्ता सिनेटबाट पारित भएका हुन्। तर ग्रीन्स, केही क्रसबेन्च सांसद र अपाङ्गता अधिकारका लागि काम गर्ने समूहहरूले यो प्रक्रिया हतारमा अघि बढाइएको र यसले अपाङ्गता भएका मानिसहरूलाई थप समस्या पार्न सक्ने भन्दै यसको विरोध गरेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।
Share





