अस्ट्रेलियाले सन् २०२९–३० कार्यकालका लागि संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न औपचारिक अभियान सुरु गरेको छ।
प्रधानमन्त्री एन्थोनी आल्बनिजीले संयुक्त राष्ट्र सङ्घको महासभाको सामान्य बहसअघि न्युयोर्कमा सुरक्षा परिषद्को सदस्यताका लागि अस्ट्रेलियाको उम्मेदवारी घोषणा गरेका हुन्।
तर, सङ्घीय सरकारमाथि जेलमा आदिवासी बालबालिकाहरूको अत्यधिक प्रतिनिधित्व भएको विषयलाई सम्बोधन गर्न संयुक्त राष्ट्र सङ्घले तत्काल कदम चाल्न आग्रह गरेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।





