SKIP TO MAIN CONTENT

विश्व पर्यटन दिवसः प्लेनको टिकट किन्दा नेपालीले कत्तिको मोल-मलाई गर्छन्?

gettyimages-2182068921.jpg
A representative image of a flight taking off. Credit: Getty Images/fhm

तपाईँ टिकट किन्दा कत्तिको मोलतोल वा ‘प्राइस कम्पेर’ गर्नुहुन्छ?


Published

By SBS Nepali

Source: SBS



Skip to podcast episode content

तपाईँ टिकट किन्दा कत्तिको मोलतोल वा ‘प्राइस कम्पेर’ गर्नुहुन्छ?


हरेक वर्ष २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाउने गरिन्छ।

यसै अवसरमा, मेलबर्नस्थित एकजना नेपाली पृष्ठभूमिका ट्राभल एजेन्ट तथा टुर अपरेटर भीम न्यौपानेसँग केही समय अगि एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।

विश्वभरका मानिसलाई जोड्ने पर्यटन क्षेत्रका अवसर र चुनौती लगायत उनको १८ वर्ष पुगेको यात्रा सम्बन्धी व्यवसाय, ग्राहकहरूले प्लेनको टिकट किन्दा गर्ने मोल-मलाई अनि पछिल्लो समय मध्यपूर्वमा चर्किएको द्वन्द्वले पारेको प्रभावबारे न्यौपानेले बताएका छन्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन। साथै, यस शृङ्खलामा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो ट्राभल एजेन्टलाई सम्पर्क गर्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौं SBS Nepali का नाममा।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now