१० वर्षे द्वन्द्वकालका बेला सरकारी सुरक्षा निकाय नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग गरी झन्डै ३ हजार हाराहारीमा मृत्यु हुनुका साथै थुप्रै घाइते भएका छन्। तर सरकारले उनीहरूको उपचार, सम्मान र भविष्यबारे बेवास्ता गरेको भन्दै सुरक्षाकर्मीहरूले द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्था खोलेर आन्दोलन गरिरहेका छन्। पछिल्लो समय उनीहरूले काठमान्डूमा धर्ना बसेर सरकारको ध्यानाकर्षण गरेको पनि झन्डै महिना दिन पुग्न लागि सक्यो। यसै सन्दर्भमा हामीले द्वन्द्व पीडित सुरक्षाकर्मी परिवार संस्थाकी एक सदस्य तथा हाल काठमाडौँ सञ्चालन भइरहेको धर्ना कार्यक्रमकी सञ्चालिका ममता नगालसंग कुराकानी गरेका छौँ।
हाम्रो कुराकानीको संक्षिप्त सार:
तपाईँहरूको माग के हो?द्वन्द्वको क्रममा मृत्यु भएकाहरूलाई स-सम्मान शहिद घोषणा गर्नु पर्छ। यस्तै द्वन्दका बेला अङ्गभङग भएकाहरूलाई उपचार गर्ने व्यवस्था सरकारले मिलाइदिनु पर्छ भन्ने हो।
विभिन्न जिल्लामा रहनुभएको तपाईहरु काठमाण्डू आएर धर्ना दिनु भएको पनि धेरै भइसक्यो। तपाईँहरूको माग कत्तिको सुनुवाइ भएको जस्तो लाग्छ?हाम्रो कुनै पनि कुरा सुनुवाइ भएको छ। हामीलाई भर्खरै प्राप्त जनाकारी अनुसार गृहमन्त्रीले हामीलाई वार्तामा बोलाउनु खोज्नु भएको छ। तर गृह सचिवले चाहिँ हामीसँग वार्ता गर्न खोज्नु भएको छैन।
तपाईँको श्रीमानको मृत्युको बखत तपाईँको छोरा कति वर्षको थिए?
मेरो एउटा छोरा छ। देशको सेवा गर्न खटिएका उसको बुवा बित्दा छोरा नौ महिना को थियो। उसलाई पढाउन र हुर्काउन मैले सरकारबाट कुनै किसिमको सुविधा पाइन। अहिले मेरो छोरा १५ वर्षको भइसक्यो।
हाम्रो पूर्ण कुराकानी मिडिया प्लेयरमा प्ले बटन थिचेर सुन्नुहोला





