नेपाली नागरिक रविन्दर सिंह सेठीले नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी गरिएका तीन विभिन्न दरका सिक्काहरू अस्ट्रेलियाका दुई गुर्रद्वाराहरूलाई हस्तान्तरण गरेका छन्। सेठीले पूर्वी मेलबर्न स्थित ब्लाकबर्नमा रहेको श्री गुर्रद्वारा शाहिब ब्लाकबर्नलाई २०२२ नोभेम्बर १३ मा र दक्षिणी सिड्नीको रिभ्सबी स्थित श्री गुरु सिंह सभा गुर्रद्वारालाई २०२३ ज्यानुअरी १५ मा ती सिक्काहरू अर्पण गरेका हुन्। यसै सन्दर्भमा हामीले मेलबर्नमा सेठी लगायत कार्यक्रममा उपस्थित रहेका भिक्टोरियाका लागि नेपाली दूत चन्द्र योञ्जन, अस्ट्रेलियाका लागि भारतीय राजदूत मनप्रीत बोहरा लगायत समुदायका मानिसहरूसँगका साथै सिड्नी कार्यक्रमका दिन उनले एसबीएस पन्जाबीसँग गरेको कुराकानीहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





