Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

'नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे': राष्ट्रकवि माधव घिमिरे

Madhav Prasad Ghimire, National Poet of Nepal is no more.

Late Madhav Prasad Ghimire, national poet of Nepal passed away on Tuesday at the age of 100. Source: Sewa Bhattarai/SBS

मङ्गलवार लैनचौर स्थित आफ्नै निवासमा १०२ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु भएपछि बुधवार राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ।


Published

Updated

By सेवा भट्टराई

Source: SBS




Share this with family and friends


मङ्गलवार लैनचौर स्थित आफ्नै निवासमा १०२ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मृत्यु भएपछि बुधवार राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गरिएको छ।


प्रकृतिबाट प्रेरणा पाएको बताउने राष्ट्रकवि घिमिरेका सिर्जनामा प्रकृतिका विम्ब र सजीव चित्रण र नेपालको पहाडी क्षेत्रका लोक भाकाका लय पाइन्छन्।

उनको सबभन्दा महत्त्वपूर्ण योगदान नेपाली छन्द कविताको क्षेत्रमा रहेको थियो।

छन्द कविताका नियममा भावना र संवेदना कायम गर्न सजिलो नभए पनि राष्ट्रकविले भने छन्दमा नै मिठासका साथ मानवीय संवेदनाको चित्रण गर्ने गरेका थिए।

बाल्यकालदेखि नै कविता र गीत रचना गर्ने घिमिरेले पहिलो श्रीमतीको निधनपछि लेखेको शोककाव्य 'गौरी' धेरै लोकप्रिय भएको थियो।

र, अहिलेसम्म पनि पाठकहरूले यसको वाचन गर्न रुचाउँछन्।

उनका कृतिमा आधारित मालती मङ्गले जस्ता गीति नाटक पनि निकै सफल रहेका थिए।

मालती मङ्गले [Malati Mangale]
Source: साझा प्रकाशन

घिमिरे सकारात्मक सोचका कारण आफ्नो लामो आयु भएको बताउँथे र युवाहरूले समाजमा सकारात्मक योगदान पुर्‍याउनु पर्छ भन्ने सन्देश दिन्थे।

१०० वर्षको उमेरसम्म पनि सक्रिय लेखनमा व्यस्त रहने राष्ट्रकविको त्यस्तै भावमा कोरिएको एउटा कविता:

केही काम नौलो नगरी नजाऊँ अकालमा नै म मरी न जाऊँ आयुष्य देऊ र भविष्य देऊ पवित्र जीवन त मनुष्य देऊ

विगत एक दशकदेखि घिमिरे 'ऋतम्भरा' नामक कृति लेख्नमा व्यस्त भएको बताउँथे।

प्रविधिमा भुलेको संसारमा प्रेम र मानवीय संवेदनाको महत्त्वका विषयको त्यो कवितामा उनले अन्तिम समयसम्म पनि काम गरिरहेका थिए।

Late poet Madhav Prasad Ghimire of Nepal
Source: Sewa Bhattarai/SBS

राष्ट्रकवि घिमिरेका कविता सरल र गेय हुने हुनाले पाठक र समालोचक दुवैमाझ लोकप्रिय थिए, र कवितामा आधुनिक र स्वच्छन्द शैली लोकप्रिय भइरहँदा पनि छन्द कविताको साख जोगाइरहेका थिए।

छन्द कविताका दर्जनौँ कृति लेखेका घिमिरेका थुप्रै सृजनाहरू लोकप्रिय गीत बनेका छन्।

'गाउँछ गीत नेपाली', 'नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे' जस्ता राष्ट्र प्रेमका भावनाले ओतप्रोत घिमिरेका थुप्रै कविताहरू राष्ट्रिय गीत बनाइएका छन्।

२०६० सालमा उनलाई राष्ट्रकविको पदवीले सम्मानित गरिएको थियो।

माधवप्रसाद घिमिरे को निधनपछि एक व्यक्तिको मात्र नभएर नेपाली साहित्यको एक कालखण्डको अवसान भएको मानिएको छ।

सन् १९१९ मा लमजुङको पुस्तुन गाउँमा उनको जन्म भएको थियो भने लोकगीतहरू सुन्दै हुर्केका घिमिरेले काठमान्डु र बनारसमा उच्च शिक्षा हासिल गरेका थिए।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now