Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपालिक्स २०१९: गैरकानूनी वैदेशिक लगानी र कर छलीको आरोप राजनीतिज्ञ र गैर आवासीय नेपाली माथि

Screen shot from Centre for Investigative Journalism, Nepal's website

Screen shot from Centre for Investigative Journalism, Nepal's website Source: cijnepal.org.np

गैरकानूनी वैदेशिक लगानी देखि कर छली लगायतका गतिविधिमा संलग्न भएको आरोपका साथ् चर्चित उद्यमी, एक राजनीतिज्ञ र केहि गैर आवासीय नेपाली लगायत ५५ जनाको नाम नेपाल खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको छ। नेपालिक्स २०१९ नाम रहेको उक्त रिपोर्टका सह-लेखक पत्रकार कृष्ण आचार्यले आफ्नो छानबीन र त्यसबाट भएका खुलासाहरुको नतिजा के होला त भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


गैरकानूनी वैदेशिक लगानी देखि कर छली लगायतका गतिविधिमा संलग्न भएको आरोपका साथ् चर्चित उद्यमी, एक राजनीतिज्ञ र केहि गैर आवासीय नेपाली लगायत ५५ जनाको नाम नेपाल खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको छ। नेपालिक्स २०१९ नाम रहेको उक्त रिपोर्टका सह-लेखक पत्रकार कृष्ण आचार्यले आफ्नो छानबीन र त्यसबाट भएका खुलासाहरुको नतिजा के होला त भन्नेबारे एसबीएस नेपालीसँग गरेको कुराकानी।


पत्रकार कृष्ण आचार्यसँगको कुराकानी माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्

सम्पत्तिको स्रोत नखोजिने र कर छल्नका लागि सुरक्षित मानिने ‘टयाक्स हेवन’ को रूपमा प्रयोग हुने मुलुकबाट नेपालका दर्जनभन्दा बढी व्यावसायिक समूहहरूमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको खुलासा भएको छ।

‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले  २०१७ मा गरेको पनामा ‘लिक्स’ मा केहि नेपाली व्यवसायीहरूको पनि नाम उल्लेख गरीय पश्चात,  खोज पत्रकारिता केन्द्र नेपाल (सीआइजे) को थप अनुसन्धानले सो खुलासा गरेको हो।

समाचारहरूमा जनाइए अनुसार गैरकानुनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्‍याएर त्यसलाई वैदेशिक लगानीका रूपमा नेपाल भित्र्याइने गरेको सीआइजेको ठहर रहेको छ।

‘टयाक्स हेवन’ मानिने १७ वटा मुलुकबाट ६६ अर्ब ९० करोड बराबर लगानी गर्ने अनुमति नेपाल सरकारले दिएको भए पनि- अहिले, अनुमति दिएभन्दा लगभग १५ अर्ब ७५ करोड बढी अर्थात् ८२ अर्ब ६५ करोडको हाराहारीमा लगानी भइ रहेको  उल्लेख गरिएको छ।

‘टयाक्स हेवन’ भनेर चिनिने १७ मुलुकमध्ये नेपालमा ठूलो लगानी भित्र्याउनेमा ब्रिटिस भर्जिन आइल्यान्ड् रहेको समाचारहरूले जनाएका छन्।

सीआइजेका अनुसार नेपाल लगानी भित्र्याउनेहरूमा केहि प्रमुख उद्योग व्यवसायीहरू, राजनीतिक दलका नेता, गैर आवाशीय नेपाली संघ (एनआरएनए) मा वरिष्ठ पदमा रहेका लगायत ५५ जनाको नाम उल्लेख गरिएको छ।

केहि वर्ष अगाडी खोज पत्रकारहरुको अन्तराष्ट्रिय संजाल द्वारा जुन - मोसक फोनसेका नामक संस्था मार्फत पानामा मा कथित कर छलीको लागि नक्कली कम्पनिहरु स्थापना गरिएको भन्ने बारे  समाचारहरु आएको थियो।

अस्ट्रेलियाका पुर्व प्रधान मन्त्रि माल्कल्म टर्नबुल तथा अभिनेत्री निकोल किडम्यान लगायत अस्ट्रेलियाका ठुला व्यापारीहरूको नाम पनामा पेपरमा भएको खबर आउँदा अस्ट्रेलियामा देखिएको तरंग यतिखेर नेपालमा देखिएको छ।

पनामा पेपर भनेको के हो त ?

२०१५ मा अज्ञात स्रोतबाट सार्वजनिक गरिएको पनामा पेपर यस्तो दस्तावेज हो जहा सन् १९७० देखि नै धनि र चर्चित व्यक्तिहरूको आर्थिक विवरण राखिएको छ।

गोप्य सुचना सार्वजनिक गर्ने व्यक्ति  जोन डोई ले असमान आयलाई कारण देखाउँदै सो पेपर एक जर्मन पत्रिकालाई दिए पछि पनामा पेपरको चर्चा चलेको थियो र यसलाई आधिकारिक रुप दियो आईसीआईजे ले - उक्त दस्तावेजको पूर्णपाठ आफ्नो वेबसाइटमा प्रकासित् गरेर।

मोसक फोनसेका नामक संस्था मार्फत पानामा मा कथित कर छलीको लागि नक्कली कम्पनिहरु स्थापना गरिएको भन्ने विषय केहि समय अगाडी निकै चर्चाको विषय बनेको थियो। 

उक्त दस्तावेजमा नेपालका केहि चर्चित व्यक्तिहरूको पनि नाम भेटे पछि नेपाल को खोज पत्रकारिता केन्द्र (सीआइजे) ले थप अनुसन्धान गरेको थियो। सीआइजे को अनुसन्धानले सम्पत्तिको स्रोत नखोजिने र कर छल्नका लागि सुरक्षित मानिने ‘टयाक्स हेवन’ मुलुकबाट नेपालका दर्जनभन्दा बढीव्यावसायिक समूहहरूमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको खुलासा गरेको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now