जनसङ्ख्याको आधारमा अस्ट्रेलियामा नेपालीहरूको सबैभन्दा बढी बसोबास रहेको राज्य न्यु साउथ वेल्सको सिड्नीस्थित मध्य शहरमा रहेका व्यस्त ट्रेन स्टेसनहरू मध्येको एक, सेन्ट जेम्समा गत डिसेम्बरमा बेवारिसे अवस्थामा भेटिएको एक शव बारे पछिल्ला केही दिनमा निकै चर्चा भएका छन्। उक्त शव सो ट्रेनको सब वेमा बस्दै आएका नेपाली नागरिक विक्रम लामाको हुनसक्ने भन्दै रिपोर्टहरू सार्वजनिक भएपछि नेपालमा समेत यस बारेमा समाचारहरू बनेका छन्। औपचारिक रूपमा भने उनको सनाखत हुन बाँकी रहेको बताइँदै गर्दा, विक्रम लामाको मृत्युका बारेमा तत्काल कोरोनियल छानबिन गर्न होमलेस्नेस एनएसडब्लुले आह्वान गरेको छ। यो पछिल्लो घटनाले राज्यमा घरबारविहीन अवस्थाबाट गुज्रिरहेका मानिसहरूले भोगिरहेका प्रणालीगत समस्याबारे चिन्ता बढाएको उक्त संस्थाले बताउँदै गर्दा हामीले संस्थाकी सीइओ डअम रोसँग कथित रूपमा नेपाली नागरिक विक्रम लामाको हुन सक्ने भनिएको उक्त मृत्यु बारे माग गरिएको 'कोरोनियल इन्क्वेस्ट' के हो र यो किन आवश्यक छ भन्ने लगायतका विषयमा एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धि सहायता चाहिएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुन्छ:
- लाइफलाइन: १३ ११ १४
- बियन्ड ब्लु: १३०० २२ ४६३६
- सुसाइड कल ब्याक सर्भिस: १३०० ६५९ ४६७
- पाँचदेखि २५ वर्ष उमेर समूहका लागि किड्स हेल्पलाइन: १८०० ५५ १८००
आपतकालीन अवस्थामा भने ट्रिपल जिरो अर्थात् ००० मा फोन गर्नुहोस्।
दोभाषे सेवाका लागि १३ १४ ५० मा फोन गर्नुहोस्।
मानसिक स्वास्थ्य सम्बन्धी बहुभाषी सामाग्रीका लागि एसबीएसको माइन्ड योर हेल्थ पोर्टलमा जानुहोस्।
इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थले सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई सहयोग प्रदान गर्दछ।





