बिल हेडेनको सन् १९८५ भ्रमण पछि झन्डै ४० वर्षमा नेपाल पुग्ने पहिलो सङ्घीय अस्ट्रेलियाली मन्त्री टिम वाट्सले आफ्नो भ्रमणको पूर्व सन्ध्यामा एसबीएस नेपालीसँग विशेष कुराकानी गरेका थिए।अस्ट्रेलियाका सङ्घीय सहायक विदेश मन्त्री वाट्सले हामीसँगको कुराकानीका क्रममा अस्ट्रेलियाले स्थानीय नेपाली समुदायलाई मो:मो:सँग मात्र जोडेर नहेरेको स्पष्ट पारेका छन्। अस्ट्रेलिया-नेपाल द्विपक्षीय सम्बन्ध, दुई देश बिचको सिधा हवाई सम्पर्कबाट व्यापार वाणिज्यमा हुन सक्ने फाइदा लगायतका विषयमा उनीसँग गरिएको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





