फेब्रुअरीमा नेपालको राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपको छनोट खेल खेल्नका लागि ओमान गएको बेलामा नेपाली क्रिकेटर आसिफ शेखले देखाएको स्पोर्ट्स्म्यानशिपको चर्चा भएको थियो। प्रतिद्वन्द्वी आयरल्यान्डका एण्डी म्याकब्राइन रन लिने क्रममा लडे पछि विकेट लिने अवसर पाउँदा पनि शेखले विकेट नलिएको भन्दै उनको प्रशंसा गरिएको थियो। उनै शेखसँग गरिएको कुराकानीका साथै पछिल्ला सात दिनका प्रमुख समाचार सुन्नुहोस्।
यस हप्ताका प्रमुख समाचारमा:
- झन्डै ३२ महिना संसद्मा अड्किएपछि यस हप्ता नेपालको प्रतिनिधिसभाले एमसीसी पारित गरेको छ। मिलेनियम च्यालेञ्च कर्पोरेसन अर्थात् अमेरिकाले नेपाललाई दिएको हालसम्मकै ठुलो आर्थिक सहयोग मुख्यतः विद्युत् प्रसारण लाइन बनाउनमा खर्च गरिनेछ। ५० अर्ब रुपैयाँ भन्दा बढीको यो सहयोगलाई नेपालमा थुप्रैले विरोध गरेका थिए र पारित गर्नु अघि र पछि संसद् भवन अगाडि थुप्रै प्रदर्शन भएका थिए। नेपालको संविधान यो सम्झौताभन्दा माथि रहेको र नेपाल अमेरिकाको कुनै सामरिक नीतिमा समावेश नभएको भन्ने व्याख्यात्मक घोषणासहित गरिएको अनुमोदनलाई एमसीसी मुख्यालयले स्वीकार गरेको छ।
- नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ, जसको कारण रुस र युक्रेनको युद्ध बताइएको छ। पेट्रोलियम डिलरहरूले आफ्नो कमिसन भने नबढेको भन्दै केही पेट्रोलियम डिलरहरूले पेट्रोल किनेर बेच्नै छोडेका छन्।
- पार लैङ्गिक महिला रूक्शना कपालीले मतदाता परिचयपत्रमा आफूलाई तेस्रो लिङ्गी भनिएकोमा महिला लेखिएको मतदाता परिचयपत्र पाउँ भनी दर्ता गरेको रिटमा सर्वोच्च अदालतले रिट निवेदनको टुङ्गो नलगेसम्म उनको लैङ्गिकता नखुल्ने गरी मतदान सम्बन्धी कागजात बनाइदिन निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको छ। पार लैङ्गिक व्यक्तिको लैङ्गिक पहिचानलाई सम्बोधन गर्ने यो नेपालकै पहिलो आदेश मानिएको छ।
- महाशिवरात्रिमा पशुपति आर्यघाट नजिकको वाग्मती पुल भत्किँदा पुलबाट खसेर १ जना घाइते भएका छन्। पर्वको दिनमा धेरै भिडभाड हुँदा त्यस्तो भएको बताइएको छ।
- फेब्रुअरीमा नेपालको राष्ट्रिय क्रिकेट टोली टी-२० विश्वकपको छनोट खेल खेल्नका लागि ओमान गएको बेलामा नेपाली क्रिकेटर आसिफ शेखको स्पोर्ट्स्म्यानशिप चर्चित भएको थियो।

शेखले आयरल्यान्डका एण्डी म्याकब्राइनसँग ठोक्किएर पनि उनलाई रन आउट गर्न नमानेपछि क्रिकेटका थुप्रै हस्ती र कमेण्टेटरहरुले उनको प्रशंसा गरेका थिए, र उनको यो कदम सामाजिक सञ्जालमा भाइरल पनि भएको थियो। यसै सन्दर्भमा नेपाल फर्केपछि क्रिकेटर शेखसँग गरेको कुराकानी सुन्नुहोस्।
नेपाली क्रिकेटर आसिफ शेखले विकेट नलिएर देखाएको उदारताको प्रशंसा: साप्ताहिक नेपाल सन्दर्भ
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





