Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

'ओपल कार्डको समस्या नेपाल सरकार वा मिडियाले हल गर्दैन': विजय सापकोटा

International and local students protest in Sydney, Wednesday, Sep. 2, 2009. The students called for a national concession card, greater equality and cultural tolerance.

International and local students protest in Sydney Source: AAP

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिषद् (सिसा) का अध्यक्ष विजय सापकोटाले नेपाली विद्यार्थीहरूमा कुन मुद्दा कहाँ राख्ने भन्ने बारे धेरै बुझ्न बाँकी रहेको बताएका छन्।


नेपाली विद्यार्थीहरूले अस्ट्रेलियामा रहँदा देखिने समस्याको समाधानका लागी सही निकाय छनौट गर्न निकाय र प्रक्रियाका बारेमा थप जानकारी राख्नु पर्ने बताएका छन्। 

कार्यक्षेत्रमा हुने शोषणका लागी फेयर वर्क अम्बुड्सम्यानमा जाने जस्तै शैक्षिक संस्थाद्वारा ठगिएको, बेरोजगारी, मानसिक स्वास्थ्य समस्या, ओपल कार्डका सम्बन्धमा आफ्नो सरोकार राख्न छुट्टा छुट्टै निकाय हुनेमा उनले जोड दिए।

ओपल कार्डका विषयमा नेपाल सरकार वा नेपाली मिडियासँग गुनासो गर्नु भन्दा सही निकायमा जानका लागी अस्ट्रेलियाका प्रणाली र सम्बन्धित निकायबारे थप जानकारी राख्नु पर्ने उनको भनाइ छ।

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिषद्का अध्यक्ष विजय सापकोटा सँग नेपाली विद्यार्थीहरूका सरोकारका समसामयिक विषय र आगामी १५ जुलाई देखि १९ जुलाई सम्म पर्थमा हुन गइरहेको सिसाको सम्मेलन लगायतका विषयमा कुरा गरेका छौँ।

पुरा कुराकानी सुन्न माथिको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

कुराकानीमा समावेश भएका केही विषयहरू :

ओपल कार्ड

विजय सापकोटाले ओपल कार्डमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि सहुलियत दिइनु पर्ने भन्दै सिसाले धेरै अगाडी देखि आवाज उठाई रहेको भए पनि यो सरकारी नीति भएकाले नीति परिवर्तन गर्न समय लाग्ने बताएका छन्।

उनले यसमा सामुदायिक सङ्घ सङ्गठनले सहयोग पुर्‍याउन सक्ने बताएका छन्।

International students call for end to 'transport discrimination'
Source: SBS

त्यस्ता सङ्गठनहरू पनि सहयोग गर्ने उद्देश्य राखेर आएमा यस सम्बन्धमा आवाज दरिलो हुने उनको भनाइ छ।

"सामुदायिक सङ्गठनहरूको छुट्टै तहको सम्बन्ध हुन सक्छ राजनीतिकर्मीहरू सँग त्यस्तो हुँदा यसलाई अभ्यासमा ल्याउन सकिन्छ। तर यो एकदम चुनौतीपूर्ण मुद्दा हो।"

साथै उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको पक्षमा हुनु पर्ने कतिपय निर्णयहरू नहुनुमा केही राजनीतिक नेताहरूको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई हेर्ने दृष्टिकोण पनि प्रमुख रहने गरेको बताएका छन्।

"अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलिया आएर के कस्ता योगदान दिए भन्ने बारे उनीहरूलाई ज्ञान पुगेको हुँदैन र कतिले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भारको रूपमा हेर्छन्।"

यो पनि पढ्नुहोस्

International students call for end to 'transport discrimination'

एआइबिटी प्रकरण 

केही महिना अगाडी सिडनी र ब्रिस्बेनमा अध्यनरत सयौँ अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रभावित गर्ने गरी अस्ट्रेलियन स्किल्स क्वालिटी अथोरिटी (आस्क्वा)ले एक शैक्षिक संस्थाको सम्बन्धन खारेज गरेको विषय निकै चर्चामा रह्यो।

ठुलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू पनि प्रभावित भएको भनिएको अस्ट्रेलियन इन्स्टिट्युट अफ बिजिनेस एन्ड टेक्नोलोजीको दर्ता खारेजीलाई सापकोटाले सम्बन्धित निकायबिचको समन्वयको कमीको संज्ञा दिएका छन्।

विद्यार्थीहरूलाई झुक्क्याउने खालको गलत मार्केटिङ सहित धेरै सर्तहरू उल्लङ्घनको गरेको भन्दै उक्त नियामक संस्थाले एआइबिटीको रद्द गरेको बताइएको थियो।

Nepali Students at an event in Sydney in 2019
Nepali Students affected by AIBT deregistration at a town hall meeting in Sydney on 22 February 2019, Thursday. Photo: Facebook/Bijaya Sapkota Source: Facebook/Bijaya Sapkota

यसरी शैक्षिक संस्था बन्द हुने विषय एकदम नयाँ नभएको बताउने सापकोटा औपचारिक उजुरी नआई केही कदम चाल्न नसकिने भएकोले यस्ता विषयमा धेरै चर्चा नभएको बताउँछन्।

"तर एआइबिटीको सम्बन्धमा विद्यार्थीहरूले हामीलाई प्रत्यक्ष सम्पर्क गर्नु भयो र गर्दा बित्तिकै हामीले राष्ट्रिय सरोकारवाला पक्षसँग तुरुन्तै सम्पर्क गर्‍यौँ।"

यो विषयलाई नजिकबाट नियाली रहँदा समन्वयको कमी भएको पाएर सरोकारवाला पक्षलाई साथमा राखेर छलफल गरिएको विजय सापकोटा बताउँछन्।

"आस्क्वाले यति धेरै कलेजहरूलाई सम्बन्धन दिदैं गर्दा नियमन किन नगरेको?"

पहिले कलेजहरूको मात्र कमजोरी हो र उनीहरू मात्र सजायका भागीदार हुन् भन्ने सोचाइमा परिवर्तन आएको पनि उनले बताए।

"यो एउटा संस्थाको मात्र होइन यो एक क्षेत्र कै समस्या हो। यो नियमनकारी निकायको लागी चुनौती हुन सक्छ।" 

उनी थप्छन्,"आस्क्वाले यति धेरै कलेजहरूलाई सम्बन्धन दिदैं गर्दा नियमन किन नगरेको?"

यसरी सम्बन्धन दिने, एक्कासि खारेजी गर्ने र खारेजी फिर्ता गर्नाले धेरै द्विविधा सिर्जना गरेको सापकोटाको भनाइ छ।

"अहिले कस्तो सम्म सुनिएको छ भने कति कलेजहरूले राम्रै काम गर्न खोज्दा पनि त्यहाँ अपरिपक्व लेखा परीक्षकहरू आएर अडिट गरिदिने र एक्कासि कलेज नै बन्द गरिदिने र त्यो निर्णय फेरी फिर्ता लिनाले धेरै द्विविधा बढेको छ।"

अस्ट्रेलिया र करियर

विजय सापकोटा अस्ट्रेलियामा राम्रो भविष्यको आधार स्वयम् सेवा र त्यसमा पनि अर्थपूर्ण स्वयम् सेवा भएको बिचार राख्छन्।

"एक हप्तामा पाँच घण्टा पनि नहुने भन्ने हुँदैन किनभने हामी ड्रिंक गर्न बस्दा पनि ५ -६ घण्टा बितिराखेको हुन्छ। अर्थपूर्ण स्वयम् सेवा गरेर त्यो ५ -६ घण्टालाई सदुपयोग गर्न सकिन्छ।"

आफ्नो अस्ट्रेलिया आउनु पूर्वका दिनहरू सम्झँदै उनले आफू खासै पढाइमा पनि राम्रो नभएको बताए।

तर अस्ट्रेलिया आए पछि त्यतिखेर पैसा कमाउने बारे भन्दा केही जोखिम उठाएर स्वयम् सेवा गर्न तर्फ लागेको उनको भनाइ छ।

उनी भन्छन् आफ्नो रेज्युमीमा थप्न मिल्ने किसिमको स्वयम् सेवाले तत्काल ठुलो प्रतिफल नदिए पनि भविष्यमा आफ्नो करियर बनाउँदा त्यो सबैभन्दा महत्त्वपूर्ण हुन जान्छ।

यसबाट चिनजान सँगै सञ्जाल बन्ने र त्यस सँगै धेरै अवसरहरू आउने बताउँदै सापकोटाले भने, "आफ्नो महत्त्वपूर्ण समयमा अन्य समुदायका मान्छेहरू सँग कुराकानी गर्ने कोसिस गर्नुस्।"

"आफ्नो वरपर चर्च छ भने चर्च जानुस् केही फरक पर्दैन, हिन्दु भएर चर्च जाँदा केही असर पर्दैन। स्थानीय चर्चमा आबद्ध भइरहँदा नयाँ चिनजानले नयाँ अवसरहरू आउन सक्छ।"

सिसाको राष्ट्रिय सम्मेलन 

अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको परिषद् (सिसा) को राष्ट्रिय सम्मेलन आगामी १५ जुलाई देखि १९ जुलाई सम्म पर्थमा हुन गइरहेको छ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूका सम्बन्धमा सरोकार राख्ने हरेक सरोकारवालाहरूको उपस्थिति रहने भन्दै विजय सापकोटा सम्मेलनलाई अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी महत्त्वपूर्ण कार्यक्रमहरू मध्येको एक भएको बताउँछन्।

पाँच दिने सम्मेलनमा यो वर्षभर सिसाद्वारा प्राथमिकतामा राखिएका कुनै पनि क्षेत्रको दिगो विकास, विद्यार्थीहरूको लगानीको मूल्य, महिला अधिकार लगायतका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ।

सम्मेलनको पहिलो दिन सिसाको साधारण सभा हुनेछ भने सम्मेलनको अन्त्यसम्ममा सिसाले नयाँ नेतृत्व पाउने छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now